Logo

Student Corner

दसैँ

Written by: Abhashri Adhikari - 2029005, Grade III

Posted on: 27 January, 2021

दसैँ  नेपालीहरूको महान चाड हो । दसैँ  १५ दिनसम्म मनाइन्छ । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यसको दशौँ दिन विजयादशमी हो । यस दिनमा हामी आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाउँछौँ । ठूलाले सानालाई आशीर्वाद दिन्छन् । यो चाडमा हामी  मिठा मिठा खानेकुरा खान्छौँ ।दसैँमा राताे टीका  निधारमा लगाई टाउकामा जमरा राखिन्छ । आफूभन्दा ठूलाले दिएको आशीर्वाद पनि थाप्ने गरिन्छ । हामी टीका थाप्न र आशीर्वाद लिन आफन्तको घरमा जान्छौंँ । आफन्तसँग भेटघाट गरी रमाइलो पनि गर्छौँ । दसैँ  हामी आनन्द र खुसियालीका साथमा  मनाउँछौँ ।