Logo

Student Corner

मेराे घर

Written by: Sangay Sherpa - 2029033, Grade III

Posted on: 20 January, 2021

मेरो नाम साङ्गे शेर्पा हो । म जयबागेश्वरीमा बस्छु । मेराे घर तीन तल्लाको छ । भुइँ तल्लामा बुबाआमाले पसल चलाउनुहुन्छ । दोस्रो तल्लामा पनि पसल नै छ । म तेस्रो तल्लामा बसेर पढ्छु । छतमा हाम्रो खेल्ने र घाम ताप्ने ठाउँ छ । यहाँ सानाे बगैँचा पनि छ । मेराे घर दुईवटा घरका बीचमा छ । मेरो घरको छेउमा कपडा पसल छ । मेरो घरको छतमा चारवटा पानी ट्याङ्की छन् । मेरो घरमा एउटा साइकल छ । मेरो घरबाट जयबागेश्वरी मन्दिर देखिन्छ । मेरो घरबाट पशुपतिको पारिपट्टिको जङ्गल पनि देखिन्छ । मेरो घरबाट धेरै राम्रा-राम्रा दृश्यहरू देखिन्छन् । मेराे घर राम्रो छ ।