Logo

Student Corner

फोहोरमैला

Written by: Praneesha Shrestha - 31017, Grade III

Posted on: 19 November, 2021

 हामीले फोहोरमैला जथाभाबी फाल्नु हुँदैन । फोहोर ठिक ठाउँमा ठिक तरिकाले फाल्नुपर्छ । फोहरमैलाले हामीमा राेग निम्त्याउँछ । फोहोर हामीले गाड्न पनि सक्छौँ । कुनै फोहोरहरू हावा र पानीमा हुने जीवाणुले गलाएर मल पनि बन्दछ । फोहोर दुई प्रकारका हुन्छन्, सड्ने र गल्ने फोहोर अनि नसड्ने र नगल्ने फोहोर । सड्ने र गल्ने फोहोरलाई हामीले मल बनाउन सक्छौँ । नसड्ने र नगल्ने  फाेहाेरलाई  हामीले पुनः प्रयोग पनि गर्न सक्छौँ । फोहोरलाई जमिनमा गाड्नु पनि हुँदैन । कुनै गल्ने खालका फोहोरमैलामात्र गाड्नु पर्छ ।