Logo

Student Corner

Article Of The Week

स्थापित गर्नु छ समानता


 

हेर्दै छु मानिसको भाग्य कस्तो हुन्छ 

पढ्न पाउनेहरू 

पढ्दिनँ भन्छन� ...

Read More

By Anushree Acharya

Articles

सिंहासनको युद्ध: सम्राट र मन्त्रीको कथा
- Sauharda Bajracharya - 26010, ... 30 October, 2023

भारतको एउटा राज्यमा एक व्यक्ति बस्थे, देवेन्द्र । सबैको आखाँमा देवेन्द्र एक नेक र भलाद्मी थिए । उनको मुस्कान र आचरणको कारण उनलाई राज्यमा सबैले सम्मान र प्रशंसा गर्थे । तर, नम्रता र दयाको यो अनुहार मुनि, देवेन्द्रले ठुलो एउटा षड्यन्त्र रचिरहेको थियो ।


 

देवेन्द्र बस्ने राज्य, एक परोपकारी र असल सम्राट, राजा विक्रमले शासन गर्थे । सबैलाई न्याय दिने र बुद्धि लगाएर मात्र निर्णय लिने उनको राम्रो बानी थियो । देवेन्द्र भने राजाको मन्त्री र निर्णय निर्माण गर्ने व्यक्ति थियो । राजा र उनको दाहिने हातले बनाएको निर्णयहरूबाट राज्यका सबैजना सहमत हुन्थे । राज्यको एउटा मुख्य भाग भए पनि देवेन्द्रलाई राजाको छायामा बस्ने इरादा थिएन । त्यसै कारण देवेन्द्रले राजालाई मारेर सिंहासन आफैँलाई दाबी गर्ने योजना बनायो ।


 

देवेन्द्र राज्यको हरेक काममा आचरण र बुद्धिमत्ता देखाएर राजाको झन् नजिक हुन खोजे । उनले दरबारमा आफ्नो निर्णयको हरेक भागमा आफ्नो बुद्धि चलाएझैँ गरे । उनले शासन, कुटनीति र निर्णय लिने काममा सहयोग गर्दै राजाको लागि अपरिहार्य बन्न खोजे । चाँडै उनी महाराजा विक्रमको विश्वास र स्नेह कमाउँदै मन्त्रीको श्रेणीबाट माथि पुग्दै थिए ।

समयसँगै राजामाथि देवेन्द्रको प्रभाव बढ्दै गयो । राजाको निर्णयलाई गलत निर्णयाउदै, राजालाई आफूलाई नै शङ्का गर्न लगाए । तर पनि राजातर्फ कुनै पनि नराम्रो चाल चलेनन् । देवेन्द्रको वास्तविक मनसाय लुकेको थियो । कसैलाई पनि देवेन्द्रमाथि शङ्का नै थिएन । कसैले पनि देवेन्द्रमाथि कुनै प्रश्न गर्न चाहेनन् ।

दिनहरू बित्दै गए कैयौँ महिना बित्यो, देवेन्द्रले बिस्तारै आफ्नो योजना बिस्तार गर्न थाल्यो । आफैँ एक्लैले यो काम गर्न नसक्ने उसलाई राम्रोसँग थाहा थियो । यसै कारण, उसले राज्य भित्रको मानिसहरूलाई नै चलाखीपूर्वक हेरफेर गरेर आफ्नो नजिक बनायो । आफू जस्तै समान विचार धारा भएका मानिसहरूलाई आफ्नो तर्फ ल्याउने । अनि काम सकिपछि सबैलाई एकै चोटि मारिदिने उसले योजना बनायो ।

एक साँझ, राज्यमा एउटा भव्य उत्सव मनाइने थियो र यही दिन देवेन्द्रको महान् योजना अघि बढ्ने थियो । चाडपर्वको समयमा देवेन्द्रद्वारा सञ्चालित मानिसहरूले राजामाथि अचम्मको हमला गरे । यो आक्रमण भने राजालाई डराउन मात्र गरिएको थियो । तिनीहरूले राजाको गाडी रोके र राजालाई चक्कु प्रहार गरे । कसैले केही गर्नु अघि नै आक्रमणकारीहरू लुक्न गए । 

राजा भने यस घटनापछि अत्यन्त डराए । देवेन्द्र भने राजालाई सहयोग गर्दै केही नहुने भन्दै हौसला दिए । देवेन्द्रले राजालाई अझै धेरै हेरफेर गरिरहेको थियो । उसले आफ्नो अर्को आक्रमणको योजना बनायो । अर्को आक्रमण भने केही महिनापछि मात्र हुने थियो । उसले आफ्नो टोलीलाई भेला गर्यो र अर्को आक्रमणको योजना बनायो ।

एक महिनापछि राजा अत्यन्त बिरामी भए । उनको रोग दिन प्रतिदिन बढ्दै गयो । कैयौँ हप्ता बित्यो, उनी आफ्नो ओछ्यानबाट उठ्न पनि सकेनन् । उनी मर्न लागेका थिए । मर्नु अघि राज्य कसको हातमा दिनेभन्दा, राजा विक्रमले ‘देवेन्द्र’ भने । देवेन्द्र भने यो कुरा सुनेर छक्क परे । 


 

राजालाई मारेर राजगद्दी लिन्छु भन्नेले यस्तो हुँदा चाँहि राजगद्दी लिने कि नलिने ? देवेन्द्रले आफूभित्र अपराधी महसुस गरे र केही हुनुअघि नै राज्य छोड्ने निर्णय गरे । पछि गएर राजाको मृत्यु नै भएन र राजा विक्रम फेरि आफ्नो राज्यको सम्राट बने । 


 


Read More
चितवन यात्रा
- Suphiyana Ghimire - 27016, Gr ... 03 October, 2023

नेपाल विश्वकाे सांस्कृतिक विविधता र भएकाे देश हो । नेपाल भौगोलिक रूपमा हिमाल, पहाड र तराई  क्षेत्रहरूमा विभाजित छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा पनि यही देशमा छ । नेपालमा विभिन्न जीवजन्तु, प्राणीहरू र वनस्पतिहरूले सुन्दरता भरेका छन् । यस देशका मानिसहरूले पनि विभिन्न चाडपर्वहरू मनाउँछन् । वि.सं. २०७२ सालपछि ७७ जिल्लाहरूमा   विभाजित नेपालका सबै जिल्लाहरूको आ-आफ्नै विशेषता छन् । नेपालका यी सुन्दर ठाउँहरूमध्ये चितवन पनि एक हो ।

चितवन नेपालको सुन्दर र पर्यटकीय क्षेत्र हाे । याे धेरै पर्यटकीय आकर्षणको केन्द्र हो । यो पर्यटकीय आकर्षणको केन्द्र एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जमा देखिने भएकाले र यी जीवहरूसँग भेटघाटका लागि पनि हो । केही समय पहिले म र मेरो परिवार रातभर बसमा चितवन जाँदै थियौँ । त्यसैले हामीले धेरै खाजा प्याक गरेनौं तर यो गल्ती भएको हुन सक्छ किनकि हामी बसको बारम्बार शौचालयको लागि रोकिने कारणले हामीलाई हरेक पटक भोक लाग्ने गरेकाले हामी सुत्न सकेनौँ । उनीहरूले रोकेका शौचालयहरू डरलाग्दो र दुर्गन्धित थिए र त्यसरी नै एक निन्द्रा बिना हामी बिहान चितवन पुग्यौँ । हामी त्यहाँ हाम्रो आफन्तलाई भेट्न गयौँ जुन कुरा मलाई थाह थिएन । मेरो टाढाको आफन्तको घर पुगेपछि हामीले केही हल्का कुराकानीहरू साझा गर्यौं, जुन कुराकानी मलाई शिक्षकले बोल्ने व्यक्ति भनेर ट्याग गर्ने व्यक्तिलाई पनि अप्ठ्यारो थियो । त्याे अप्ठ्यारो अवस्था मेरो लागि परिवर्तन भएको थियो किनभने मैले थारु शैलीमा पिटेको भातसँग पकाइएको चिकन करीको प्रशंसा गर्न रोक्न सकिनँ । जुन मैले त्यहाँ खाएदेखि व्यक्तिगत रूपमा म त्यसको रूपमा ठुलो फ्यान भएको छु । हाम्रा टाढाका आफन्त जसको नाम राजलुन हो, उनले धेरै थारू कलाकारहरूले अभिनय गरेको महाकाव्य "रामायण" मा रहेको ऐतिहासिक नाटकको लागि मार्गदर्शन गराएका थिए, ताकि पर्यटकहरूले चितवनमा आफ्नो समय रमाइलो गर्न सकुन् । भोलिपल्ट हात्तीमा चढेर चितवन राष्ट्रिय निकुञ्ज घुम्न गयौँ । पछि हामीले मेरो मन पर्ने प्राणी एकसिङ्गे गैँडा पनि भेट्यौँ र त्यहाँ रहेका अन्य जनावरहरूबारे पनि धेरै कुरा बुझेँ र यसरी दिनको अन्त्य भयो । मेरो चितवन भ्रमणको नियम आइपुगेको छ र अन्तिम कुराको लागि हामीले पिकनिक गर्ने निर्णय गर्यौं, जुन मेरो जीवनको सबैभन्दा रमाइलो पिकनिक हुन पुग्याे ।

चितवनको मेरो रमाइलो यात्रापछि हामी हाम्रो घर फर्कियौँ । मेरा साथीहरूलाई यस रमाइलो यात्राका बारेमा पक्कै पनि बताउँछु" सायद मेरो आगमनपछि पहिलो विचार थियो । यस्ताे रमाइलाे यात्राले ज्ञान र मनाेरञ्जन दुवै दिँदाे रहेछ । चितवन घुम्नका लागि निकै मनमाेहक ठाउँ हाे । जहाँ अवश्य एक पटक सबै पुग्न सकियाे भने भरपुर आनन्द लिन सकिन्छ ।


 


Read More
मान्छे र जीवन
- Manaswi Sapkota - 26004, Grad ... 02 October, 2023

म आज बस चढ्दै थिएँ र मैले एउटा अनौठो मान्छे देखेँ । ऊ अग्लो थियो र टोपी लगाइरहेको थियो । म उभिरहेको थिएँ भने ऊ बसिरहेको थियो । ऊ किताब पढ्दै थियो। पुस्तकको शीर्षक थियो "शङ्का"। त्यो मान्छेले मास्क लगाएको थियो र मैले उसको अनुहार देखेको मात्रै थिए जब उसले मलाई र्हेरी । मैले उसलाई धेरै लामो समयदेखि हेरिरहेको रहेछु । मैले यति लामो समयसम्म उसलाई हेरिरहेको छु भन्ने पत्तै भएन । मैले अर्को दिशामा हेरे र ऊ किताब पढ्न फर्किई । म अर्को स्टपमा बसबाट ओर्लेँ । मलाई थाहा छैन किन मैले उसलाई अनौठो वा रोचक पाएँ । सायद त्यो किताबको शीर्षक थियो जसले मलाई जिज्ञासु बनायो । उसको लुगा एकदमै मनमोहक थियो जसले मलाई विश्वास गर्यो कि उसले बस चढ्नु हुँदैन, यसको सट्टा उसको सम्भवतः एउटा कार छ र आज मात्र म उसलाई भेट्ने दिन हो ।

यस्तै कुरा सोच्दै म बसबाट ओर्ले । म आफ्नो काममा गएँ । काम पछि म यो स्थानीय चिया पसलमा चिया पिइरहेकी थिएँ, जब मैले एक परिचित व्यक्ति देखेँ । ऊ  मेरो कलेजको पुरानो साथी थिई । ऊ धेरै परिवर्तन भएकाी रहिछे । पहिले ऊ साँच्चै अर्थपूर्ण र अरूलाई दुख दिन्थी । आज मैले उसलाई एक सङ्कलित व्यक्तिको रूपमा देखेँ । उसले मलाई मेरो कामको बारेमा सोध्याे र मैले पनि सोधेँ । ऊ उडान परिचरको रूपमा काम गरिरहेकी थिई । र ५०  भन्दा बढी देशहरू उडेकी थिई । यसले मलाई आश्चर्यचकित तुल्यायो किनकि मैले उसलाई धेरै हासिल गर्न सक्ने व्यक्तिको रूपमा कहिल्यै देखेको थिइन । हामीले केही शब्दहरू साटासाट गर्यौं र म घर फर्किएँ ।


 

घर फर्किंदै गर्दा मैले फुटबल खेलिरहेका केटाकेटीहरू देखेँ । तिनीहरू चिच्याइरहेका थिए । एउटा बच्चाले "ओई बल एता पास गर" भनेर करायो र अचानक मलाई मेरो बाल्यकालको याद आयो । म फ्ल्यासब्याकमा डुबिरहेकी थिएँ । म एक हाईस्कुलर थिएँ, लगभग १६ वर्षकी । मसँग धेरै साथीहरू थिए र स्कुलपछि प्रशस्त खाली समय थियो । मैले राम्रो अङ्क ल्याउँथे त्यसैले मेरा आमाबाबुले मलाई दिनहुँ खेल्न बाहिर जान दिनुहुन्थ्यो। मैले मेरो छिमेकमा स्कुल बाहिर साथीहरू बनाएँ र तिनीहरूसँग हरेक दिन खेल खेलेँ । एक दिन म लडेँ र हड्डी भाँचियो । म लगभग २ महिनाको लागि दुखाइमा थिए । तर पनि मैले खेल्न छोडिनँ तर अन्ततः म ठुलीभएपछि पैसा कमाउन विभिन्न कामहरू गर्नुपर्‍यो । मैले जीवनमा स-साना कुराको आनन्द लिन छोडेँ, आजकल मसँग कुनै पनि प्रकारको रमाइलोको लागि समय छैन । एक बच्चाले उसलाई बल पास गर्न मलाई चिच्याएर मेरो विचारमा बाधा आयो । मैले उसलाई बल पास गरेँ र घर पुगेँ ।


 

मैले खाना खाएँ र बाँकी सबै कार्यालयको काम पुरा गरेँ । म मेरो ओछ्यानमा सुतेँ र मैले दिनको बारेमा सोचेँ। बसमा अनौठो मान्छे देखेर, मैले पनि पढ्नुपर्छ जस्तो लाग्यो । मैले अझै बुझ्न सकेकी छैन मैले किन उसलाई किन अनौठो पाएँ । मेरो पुरानो साथी भेट्न साँच्चै राम्रो थियो । तर यसले मलाई अलि दुःखी बनायो किनभने अहिले म हुर्किसकेको छु र जागिर पाएकी छु । मसँग धेरै साथीहरू छैनन् बरू मसँग धेरै सहकर्मीहरू छन् । जुन मसँग नजिक छैनन् । मैले जीवनको मजा लिन सकिरहेकी छुैन । केटाकेटीलाई स-साना कुरामा रमाइलो गरेको देखेर मलाई मेरो जीवन कति आलस्यमय छ भन्ने महसुस भयो । म सधैँ तनावमा हुन्छु । म सबै समय थकित छु । मेरो आमाबाबु जसले मलाई धेरै गर्व गर्नुहुन्थ्यो अहिले मबाट निराश हुनुहुन्छ, किनभने मैले अझै पनि पदोन्नति पाएको छैन । म अझै विवाहित छैन ।  म साँच्चै चाहन्छु कि म छुट्टीमा जान सकुँ र जीवनको यो सानो सुविधाको आनन्द लिन सकुँ।

यी कुरा सोच्दै म निदाए । म भोलिपल्ट बिहान उठेँ र उही कुरा दोहोर्याएँ । म बसमा चढेँ, काममा गएँ, घर फर्किएँ, खाना खाएँ र आफ्नो जीवनलाई पछुताएँ, दोष लगाए ।


 


Read More
मानव शिक्षा
- Eshaan Kumar Rajbhandari - 27 ... 29 September, 2023

जीवन चलाउने माध्यम नै हो एक काम 

यसले हामीलाई सिकाउँछ कर्तव्य 

भोकाे राख्दैन यसले कहिले  

जीवनकाे गति सिकाउने शिक्षा हाे काम ।


 

जीवनका मोडहरूमा मात्र नभएर 

हरेक समयमा मद्दत गर्दछ 

बन्न सिकाउँछ हामीलाई केही 

हाम्रो जीवनको पाटाे बनाउँने शिक्षा  ।


 

भण्डार हो यो विभिन्न ज्ञानको 

सुरुवात भएको हो यसको घरैबाट  

हिँड्नेदेखि दरिनेसम्म पर्दछन् यसमा 

सबैभन्दा सर्वोत्तम सबैले भन्छन् शिक्षा  ।


 

शिक्षाले बनाउने मात्र होइन 

बिगार्छ पनि मानिसको मस्तिष्कलाई 

एक तर्फ सफलता अर्को तर्फ हानि पनि 

हामीलाई बनाउँने र बिगार्ने पनि शिक्षा 

असल र खराब सिकाउने पनि शिक्षा ।


 

लिनु, नलिनु मानिसको हातमा 

राम्रो  लिए मानिसलाई फाइदा 

बनाउने हो एक र अर्को बिगार्ने 

मानिसले लिएकाे शिक्षा ।


 

ठान्छन् सबै विद्यालय मात्र माध्यम हो 

तर वरिपरिका वातावरण बिर्सन्छ मानिसले 

प्राप्त गर्न सक्छ जहाँबाट पनि हामीले 

प्रकृतिसँगै जन्मेको मानव शिक्षा  ।


 


Read More
अन्तहीन यात्रा
- Rushina Tamang - 26008, Grade ... 28 September, 2023

तिम्रो लागि त यो बगेको रगत,

यो बगेको पसिना र यी तितो आँसु केही होइनन्,

यी घाउहरूको गहिराइले मलाई दुख्न छोडिसके माया,

किनकि यी घाउ तिम्रो अभावको भावना भन्दा गहिरो छैनन् । 


 

हाम्रो भेट फेरि होला कि नाई,

यसको उत्तर मेरो मनले फिर्ता पाउन सक्छ हाेला कि !

हामी धेरै अभागी परेछौँ माया,

अभाग्याले पनि हाम्रो मायालाई

 अन्त्य गर्न सक्दैन हाेला है ।


 

त्यसैले त्यो अन्तहीन पर्खाइको दुःखमा नडुब माया,

त्यो पनि साँचो भ्रमलाई आफ्नो सत्य नबनाऊ । 

हाम्रो बितेको पलहरूलाई सम्झिदै खुसी हुनु,

हाम्रो आउने पलको सोचमा आफ्नो मुहारमा मुस्कान ल्याऊ। 


 

आउने सुन्दर पलको आशामा,

तिम्रो  भावी जीवन साेचे जस्तै हाेओस् ।

यात्रा अन्तहीन र उजाड नबनाेस्

जीवन रङ्गीन र सफल बनाेस्  ।


 


Read More