Logo

Student Corner

नेपाली भूमि

Written by: Roji Gurung - 26007, Grade X

Posted on: 22 December, 2023

तिम्रो सौन्दर्यले हुन्छ शान्तिकाे अनुभव,

हिमाली चुचुराहरूले गर्छन् बिहानीको स्वागत, 

हिमाली छाया छन् जहाँ अग्ला शिखर,

सगरमाथाको जस्ताे शिर हुन्छ आशीर्वाद, 
 

हिमालयको मुटुमा तिमी एक दुर्लभ 

नेपाल तिम्रो सौन्दर्य तुलना काेसँग गरूँ ?

चुचुराहरूमा ठाेक्किएर भन्छन् बादल मरूँ 

जहाँ प्रकृतिका चमत्कारहरू चम्किरहेछन् ।
 

प्रकृति सौन्दर्यको र समृद्धि

नेपाल तिम्रो सौन्दर्य विश्वमा एक

 बग्ने कञ्चन हिमनदीहरू यहाँ

के नाम लिनु एक, छन् यहाँ अनेक ।
 

नदीहरू बग्छन्, धुनहरूका साथमा

आकाश छुने माथ जुन् हाे सगर माथमा

 गहिरो विश्वका उपत्यकाहरूमा

तराईका सम्मा फाँटहरूमा

चम्किरहेछ, याे सुन्दर प्रकृति
 

चिसाे हावा, आत्माकाे शान्ति र मुक्ति

ऋषिले तपस्या गरेकाे याे देव भूमि

हाे याे, अनेक सुन्दरताकाे कर्म भूमि

बसेका छन् जन यहाँ सारा विश्व एक मानी ।