Logo

Student Corner

नेपाली सुन्दर भूमि

Written by: Roji Gurung - 26007, Grade X

Posted on: 17 January, 2024

तिम्रै सुन्दरतामा म रमाउँछु,

सबैभन्दा प्यारो लाग्छ मलाई तिमी मात्र ,

तिम्रै सुन्दरताको चर्चा छ सबै जहाँतही 

छानिएका तिमी लाखाैँमा कहीँकहीँ ।


 

नेपाल छौ तिमी यति राम्रो नेपाली भेषमा ?

जन्मिए म पनि यही प्रिय आफ्नै देशमा

जन्मे गौतम बुद्ध  तिम्रै तराई पाखामा,

गुनगुनाउँछन् लाेकभाका सुरिलाे भाकामा ।


 

वीरता र एकताका प्रतीक कति कति

गाउँछन् वीरगाथा सबैले यै देशका अति

पृथ्वीनारायण शाह, वलभद्र र भक्ति थापा

 रमाउँछन् सबै हेरेर  हिमाल र वनपाखा ।

 

 रातै लालीगुराँस फुलेका पाखामा,

बजाउँछन् मुरली सुरिलाे भाकामा, 

मन्दिर र स्तूपहरू, मस्जिद अनि गुम्बा

 मिल्ला र खुसी मलाई अरू के याे भन्दा ?


 

नेपालको सुन्दरतामा हामी रमाउँछाै

हाम्रा सपनाहरू उडिरहेकाे हामी पाउँछाै,

हिमालको अँगालोमा, प्रकृतिको काख,

नेपालको सुन्दरता नेपालमै राख ।