Logo

Student Corner

आफूलाई पनि महत्त्व दिनुपर्छ

Written by: Rushina Tamang - 26008, Grade X

Posted on: 26 December, 2023

हरिराज शास्त्री आज ६७ वर्ष पुगे । हरिले आफ्नो ६७ वर्षको लामो आयुमा धेरै कुराहरू अपनाएका, पाएका र छोडेका छन् । नेपाली गाउँघरमा हुर्केका हरि निम्न आर्थिक अवस्थामा हुर्केको थियो । उसँग धेरै कुरा थिएन तर उसले सधैँ आफूसित भएको कुराले नै काम चलाउँथ्यो । ऊ अरूको जन्मदिनमा गएको थियो, रमेको थियो तर आफ्नो जन्मदिन मनाएको थिएन । न त उसको बुवाले न त उसकी आमाले न त उसका तीन भाइबहिनीले आफ्नो जन्मदिन मनाएका थिए । हरिलाई कहिले जन्मदिन मनाउने बानी नभएर होला उसलाई अहिलेसम्म गरिबबाट धनी भइसकेपछि पनि आफ्नो जन्मदिन मनाउन अफ्ठ्यारो लाग्थ्यो ।
 

हरिका आमाबुवा गरिब भए पनि असिना पसिना गरी छोराछोरीहरूलाई पढाएका थिए । हरि पढेलेखेको व्यक्तिलाई जन्मदिनको महत्त्व थाहा थियो र आफ्नो छोराछोरीहरूको हरेक वर्ष जन्मदिन मनाउने पनि गर्थ्यो तर जब पनि उसका छोराछोरीहरूले उसको जन्मदिन मनाउने कुरा ल्याउँथे उसले त्यो कुरा अस्वीकार गर्थ्याे ।

हरि सधैँ कक्षामा प्रथम आउने विद्यार्थी थियो । साथी, शिक्षक सबैले उसलाई मन पराउँथे । ऊ एकदमै राम्रो व्यक्ति थियो जो सधैँ अरूको लागि सोच्ने गर्थ्यो । उसलाई अरूलाई सहयोग गर्न पाउँदा धेरै राम्रो लाग्थ्यो । ऊ सधैँ अरूको मद्दत गर्ने मौकामा जुटेको हुन्थ्यो । र धेरै जसो बेला आफू आगाडि अरूलाई राख्ने गर्थ्यो । ऊ आफूबाहेक अरू सबैजनाको बारेमा सोच्ने गर्थ्यो।

हरिलाई सबैभन्दा धेरै प्यारो लाग्ने कुरा आफ्नो घर थियो । उसको गाउँ उसलाई सारै प्यारो थियो । उसले आफ्नो गाउँलाई विकास गरेर सहरझैँ बनाएर र आवश्यक सामग्री ल्याएर मद्दत गरेको थियो । सबै गाउँलेहरू हरिदेखि एकदमै खुसी थिए । उसलाई धेरै सम्मान पनि गर्ने गर्थे । तर, उसका लागि पनि केही गर्न मिल्छ कि भनेर सोध्दा हरिले मेरो लागि केही गर्नु पर्दैन । यो सबै तपाईंहरूले पाउने हक छ भनेर हरिले भन्याे । हरि सधैँ अरूबाट केही समान लिन हिचकिचाउँथ्याे । उसलाई लिन अफ्ट्यारो लाग्थ्यो तर दिनमा उभन्दा अब्बल काेही थिएन ।

उसको यो बानीले उसका परिवार धेरै निराश थिए । किनकि हरिले अहिलेसम्म आफ्नो लागी केही कुरा गरेको थिएन । उनीहरूलाई थाहा थियो कि हरि एकदमै राम्रो व्यक्ति थियो भनेर । तर, राम्रा व्यक्तिहरूले पनि आफ्ना लागि केही राम्रा कुरा त गर्न सक्छन् नि । अरूलाई मद्दत गरेर सुखी बनेर आफ्नो अवस्था नराम्रो राख्नु ठिक थिएन । हरिले अहिलेसम्म दिने बानीले जन्मदिन मनाउन असजिलाे मान्थ्याे । आज ६७ वर्ष पुगेकाे उसले आफ्नाे जन्मदिन यत्तिकै कुनै अर्को दिन जसरी बित्छ भनेर सोचिरहेको थियो ।


 

हरिकी छोरी, “ह्याप्पी बर्थडे टु यु बाबा।”


 

“आबुइ के हो यस्तो मैले भन्या हैन, मलाई बर्थडे मनाउन मन पर्दैन भनेर छोरी ! ”

“बाबा, तपाईं सधैँ हरेक वर्ष अरूको कति मद्दत गर्नुहुन्छ। कति मानिसहरूको जन्मदिन मनाउन मद्दत गर्नुहुन्छ । तर हरेक कामको फल हुन्छ बाबा । आजको दिन तपाईंकाे कामको फल सम्झिँदै यो केक खानुस् । बाबा ! हजुरले कहिलेकाहीँ त आफ्नो लागि पनि केही गर्नुपर्छ ल ल छिटो खानुस् । यसपछि हजुरलाई मनपर्ने सबै सामान किन्न जानु छ,  बाबा !