Logo

Student Corner

जिउनु छ मलाई

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 21 December, 2023

बरू सुतेरै बिताइदिऊँ कि म जीवन 

कि अरूको कुरा सुनेर बिताइदिऊँ जीवन 

कि अरूलाई कुरा सुनाएर बिताइदिऊँ जीवन 

जीवन जिउनु कसरी म बताऊ त जीवन । 
 

जीवन अझै जिउनु छ मलाई 

तर जिउने कसरी बताऊ त मलाई   

कसले भन्छ, के हाे जीवन जिउने कसरी

काेही भन्छन्,  नगर पिर बाँच यसरी

 

खै कता कता हराएको मेरो 

वरिपरि घुमेकाे सेराेफेराे

आत्मालाई  खोज्न हिडूँ कि म

खुला पन्छीझैँ उडेर  हावामा

आकाशमा डुली संसार तरूँ म 

जीवन जिउन कहाँबाट सुरु गरूँ म ।
 

पन्छीझैँ उडेर आकाशमा रमाउन सक्दिनँ

म मानिस हुँ आफ्नाे वास्तविकता आफैँमा छ

कुनै समय भुइँमा झर्ने पर्छ मलाई 

डर लाग्छ उचाइबाट झर्दा चोट लाग्ने पो हो कि 

छक्क पर्छु म उसरी जीवन जिउनु कसरी ?
 

आफ्नै तरिकाले खुल्ला भएर जिउने छु

नरोक मलाई अब टाढा कतै जाँदै छु म 

उडेर जानेछु म टाढ अनि  मेरो खुसीमा 

जिउनेछु म आफ्नै तरिकाले संसारमा