Logo

Student Corner

Articles

बालबालिका र विद्यार्थीका अधिकारहरू
- Eshanee Manandhar - 28004, Gr ... 06 December, 2022


अधिकार भनेको सबैलाई समान रूपमा दिनु पर्ने कुरा हो। अर्को शब्दमा भन्नुपर्दा, अधिकार भनेको व्यक्तिसँग हुनुपर्ने त्यस्तो चीज हो जुन मानिसहरूबाट खोस्नु हुँदैन। । यो समयमा हामीमध्ये धेरैले आफ्नो अधिकार पाएका छौं तर विगतमा धेरैले आफ्नो अधिकार पाएका थिएनन् । यस समयमा हाम्रा उमेरका केही बालबालिकाहरूलाई पाउनुपर्ने अधिकार प्रदान गरिएको छैन । ती बालबालिकाले उचित शिक्षा ,खाना, लत्ताकपडा, बास आदि पाउँदैनन् जसले गर्दा हाम्रो देशमा नकारात्मक प्रभाव पर्छन् तर सरकारले अझै पनि ती मानिस तथा बालबालिकाहरूलाई अधिकार दिएको छैन । ती बालबालिकाले शिक्षा पाए पनि उनीहरूलाई उचित विद्यार्थी अधिकार प्रदान गरिएको छैन ।

वयस्क व्यक्तिहरू स्वतन्त्र रूपमा एक्लै हिँड्न सक्छन्, उनीहरूले चाहेको स्वतन्त्रता प्राप्त गर्न सक्छन् । ठुला मानिसहरूलाई मन नपर्ने कुराहरूको विरुद्ध जान सक्छन् तर विद्यार्थी वा बालबालिकालाई चाहिँ के गर्ने त  ? कतिपय अभिभावकका अनुसार विद्यार्थी वा बालबालिकालाई बाहिर घुम्न जानु राम्रो होइन । उमेरले गर्दा हामी कुनै कुराको विरुद्धमा जान सक्दैनौँ ।  हाम्रो आवाज उठाउन सक्दैनौँ । यस्ता कुराले कुनै अर्थ राख्दैन । यस प्रकारको नराम्रो गतिविधि, धेरै वर्ष पहिलेदेखि अवस्थित छ जुन धेरै खराब छ । धेरै जसो विद्यालयमा, विशेष गरी सार्वजनिक विद्यालयमा शिक्षकहरू एकदमै कडा हुन्छन् र कहिलेकाहीँ उनीहरूले विद्यार्थीहरूलाई हानि पुर्‍याउन हात र अन्य विभिन्न प्रकारका सामग्रीहरू पिट्न वा हप्काउन प्रयोग गर्छन् जुन पूर्ण रूपमा बालबालिकाको अधिकारको विरुद्धमा जान्छन् ।  बालबालिकाले /विद्यार्थीहरूले धेरै प्रकारका अधिकारहरू प्राप्त गर्नु आवश्यक छ जस्तै शिक्षाको अधिकार, छनोटहरूको अधिकार , मनोरञ्जनको अधिकार, स्वतन्त्रताको अधिकार , सार्वजनिक रूपमा कुनै कुराको विरुद्धमा जाने अधिकार  आदि ।  किनकि यदि बालबालिकाले ती प्रकारका अधिकारहरू पाएनन् भने हामी भन्न सक्छौं कि हाम्रो भविष्य र उनीहरूको भविष्य नष्ट हुन सक्छ । किनभने हामीलाई थाहा छ कि ती बालबालिकाहरू हाम्रो राष्ट्रको भविष्य हुन्।

सबै प्रकारका अधिकारहरू प्राप्त गर्नका लागि हामी विद्यार्थी र बालबालिकाले पनि हामीले दिएको काम वा जिम्मेवारी पूरा गर्नुपर्छ । आजकल, हामीले यो पनि देखेका छौं कि अधिकांश अभिभावकहरूले आफ्नो बच्चालाई डाक्टर, पाइलट, वकिल आदि बन्न दबाब दिइरहेका छन्  । जुन स्वतन्त्रताको अधिकारको विरुद्ध पनि हुन्छ । प्रत्येक बालबालिका र विद्यार्थीहरूको आ-आफ्नै प्रकारका अधिकारहरू छन् र मेरो विचारमा त यदि उनीहरूले आफ्नो कर्तव्य वा जिम्मेवारी पूरा गर्छन् भने उनीहरूलाई ती सबै अधिकारहरू प्रदान गर्नुपर्छ ।


Read More
पछिको तनाब
- Eshaan Kumar Rajbhandari - 27 ... 05 December, 2022

एका बिहानै बुनुकी आमा चिच्याई , “ ए बुनु !!! तैँले कति बेर लगाएकी, तैँले आफ्नो स्कुल जाने झोला मिलाइस्  ?” । बुनु त्यहाँ टि. भी. हेर्दै थिई उसका बारेमा न आमालाई  थाहा थियो न त बुवालाई। ऊ लुकी लुकी टि. भी. हेर्दै थिई । उसको भाइले उसकी आमालाई कुरो लगाइदिएछ । त्यसपछि बुनुलाई बुनुकी आमाले अत्यधिक गाली गरेर पिटी। पछि जब सबै जना खाजा खानको लागि टेबुलमा बसे, बुनु सुक सुक गर्दै थिई । हजुरमाले सोध्नुभयो “ नातिनीलाई कोसले रुआएकी ?” साथै हजुर बुवा  र  काकाले थपे “अँ बुनु तिमी किन रोएकी ?” । त्यसपछि बुवाले पनि भन्नुभयो कि “ तिमीले किन बिहान आमाले बोलौँदा जवाफ नदेकी ?” । बुनुको भाइ मुसु मुसु हाँस्दै थियो। सबै जना हतारमा थिए। बुनु रुँदारुँदा थाकिसकेकी  थिई । बुनु र बुनुको भाइ भुन्टेलाई स्कुल उनीहरूका  काकाले पुर्‍याइदिनुभयो ।

बुनुले आफ्नो स्कुलको बिहानको प्रार्थना छुटाइछिन् । उसको कक्षाको पहिलो कक्षा चाहिँ नेपाली विषय थियो  । जुन चाहिँ गुरुआमाकाे । उहाँ   एकदमै डर लाग्दो हुनुहुन्थियो। बुनुको गुरुआमाले सोधिन् “ देविका,आज पनि ढिलो उठिछ्यौ कि के हो ? ल अब आफ्नो गृहकार्य देखाऊ  त !” बुनुले कहिले पनि झुटो बोल्दैनथी न त उनले आफ्नी साथीलाई नचाहिने काममा  सहयोग गर्दैनथी । यी चाँही उसका कुनै कुनै न कुनैबाट दुइटा राम्रो बानी हुन्। त्यसैले उसले भनी “ मैले  आफ्नो गृहकार्य गरेकी छुैन, गुरुआमा!” गुरुआमाले उसलाई कक्षा बाहिर उभाइदिनुभयो। 

बुनुको अल्छीपनले गरेरउनले धेरै दुख  पाएकी छिन् । जस्तै पहिले सुरुमा त उसलाई खेलकुदमा भाग लिन एकदमै मन लाग्थ्यो र हरेक वर्ष उनीहरूको स्कुलमा खेलकुदको प्रतियोगिता हुन्थ्यो ।
परीक्षा नजिक आउँदै थियो र साथै स्कुलको खेलकुद प्रतियोगिता।  स्कुलमा चाहिँ केही नियमहरू थिए ती मध्ये कुनै तलका हुन् :-
*जसले आफ्नो गृहकार्य परीक्षासम्ममा बुझाउँदैनन् । तिनीहरूले खेलकुदको प्रतियोगितामा भाग लिन पाउँदैन । 
*जसले परीक्षामा ५० भन्दा कम ल्याउँछन् तिनीहरू फेल हुन्छन र फेल हुनेहरूले पनि 
प्रतियोगितामा भाग लिन पाउँदैन

बुनुले आफ्नो गृहकार्य सबै सिध्याएर,बाकी भएका पनि गनेर र सबै सबै पढेर एक हप्ता मा भ्याइ न्।  उसले परीक्षामा पनि ८० दुखि ८५ सम्मको अङ्कहरू प्राप्त गरिन् । त्यसपछि प्रतियोगितामा भाग लिइन्  र जितिन् पनि ।

बुनुका शिक्षकहरू हरेक वर्षजस्तै यो वर्ष पनि चकित हुँदै भन्नुभयो, “कि यो केटीले नसक्ने पनि हैन सक्ने हो तर अल्छीपनले गर्दा दुख पाउने रहेछ । के गर्ने ? कर्मको फल !”।  उता बुनुको परिवार सबैले आफ्नी छोरी, नातिनी,भतिजी र दिदीको तारिफ गर्दै थिए । 


Read More
मेरा रहरहरू
- Barun Kadariya - 29053, Grade ... 05 December, 2022

म कक्षा ६ मा अध्ययनरत एक विद्यार्थी हुँ । म अध्ययनबाटै मेराे भविष्य उज्ज्वल बनाउन चाहन्छु । हरेक, दिन हप्ता वा महिना म हरेक व्यक्तिसँग साक्षात्कार गर्नु पर्ने हुन्छ । हरेक व्यक्तिले मलाई साेध्ने एउटै प्रश्न रहन्छ त्याे हाे तपाई भविष्यमा के बन्न चाहनुहुन्छ ?
यसको लागि हामीसँग धेरै उत्तरहरू छन्। तर अन्तिममा एउटै उत्तर छानिन्छ। मानिसले भविष्यमा आफूले चाहेको केही पनि काम गर्न सक्छ। हामीलाइ भविष्यमा धेरे कामहरू गर्न मन लागेको होला तर अन्तिममा १,२ ओटा मित्र काम गर्न सकिन्छ।

मलाइलाई पनि भविष्यमा धेरै कामहरू गर्न मन छ । मेरा आफन्तहरूले पनि यो प्रश्न गर्छन् । मलाई भविष्यमा के बन्न छ । मैले धेरै उत्तरहरू दिन्छु । मैले कहिले शिक्षक भन्छु । कहिले इन्जिनियर, डाक्टर, व्यापारी, कलाकार, सङ्गीतकार, खेलाडी, राजनीतिज्ञ भनेर भन्छु । मेरो जवाफ जहिले फेरिरहन्छ । मलाई यी कामहरूभन्दा चित्र बनाउन असाध्यै मनपर्छ । उनै ठाउँबाट मलाई एक चित्रकार बन्न मन छ । चित्र बनाउन मन लाग्ने मेरो सबैभन्दा ठुलो रहर हो । चित्रकार बनेर मैले आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन सक्छु । यसमा देशको र मेरो पनि फाइदा छ । मलाई कविताहरू लेख्न पनि मन पर्छ । कविता लेख्ने कवि हो । म कविता लेख्ने कवि बनेँ भने पनि मैले आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन सक्छु । नेपाली साहित्यलाई पनि विश्वभर चिनाउन सकिन्छ । मलाई एक साहित्यकार पनि बन्न छ किनभने नेपाली साहित्य लेखेर मलाई त्यो विश्व विश्वमा व्याप्त गराउन पनि मन छ। यो सबै तब मेरो दोस्रो काम पनि हुनसक्छ । मेरो पहिलो काम मेरो पहिलो पेसा भनेको डाक्टर, पाइलट ,इन्जिनियर किसान, वकिल, व्यापारी, आदि हुन सक्छन् । यी सबै कामहरूले समाज विकासमा पनि मद्दत गर्न 
सक्छन् तर मलाई यिनीहरू पनि नछानी शिक्षक बन्न मन छ । शिक्षकभन्दा पनि धेरै मलाई एक वैज्ञानिक बन्न मन छ किनभने मलाई अहिलेदेखि नै विज्ञान मनपर्छ र त्यसको बारेमा धेरै कुरा पनि थाहा छ । जे जसो भए पनि भविष्यमा मलाई जे बन्न छ । मैले त्यसको बारेमा अहिलेदेखि नै सोच्न थाल्छु ।

अहिलेदेखि नै मेहनत गर्‍याे भने पछि सफलताको किरण आउनसक्छ ।  मलाई आफ्नो कामबाट जम्मा देशको विकास गर्नुछ। त्योभन्दा पनि धेरै मलाई एक असल मानिस र एक असल नागरिक नै बन्नु छ।


Read More
तराई क्षेत्र
- Tanishq Shakya - 28011, Grade ... 02 December, 2022

समथर जमिन र उर्वर माटो भएकाले यस क्षेत्रमा धेरै मानिसको बसोबास छ । थारू, राजवंशी, मुसहर, राजपूत, सतार, धिमाल, यादव, झा, मुस्लिम आदि यहाँका मुख्य बासिन्दा हुन् । हावापानी तातो छ, त्यसैले मानिसहरू हल्का सुती लुगा लगाउँछन्। पुरुषले धोती, कुर्ता र महिलाले लेहेंगा, चोली र ब्लाउज लगाउँछन् । यस क्षेत्रका मानिसहरू थारू, मैथिली, भोजपुरी, अवधी आदि भाषा बोल्छन् । गाउँका घरहरू माटोले बनेका छन् र बाँस वा काठको खम्बाले घाँसको छाना बनाइएका छन् । यस्ता घरका भित्ताहरू चित्रकला, फूल र जनावरहरूले सुन्दर ढङ्गले सजिएका हुन्छन्। सहरहरूमा आधुनिक भवन र धेरै उद्योगहरू निर्माण भएका छन् । मुख्य खानेकुरा चामल, दाल, रोटी र तरकारी हुन् । छठ, होली, माघी, सिरुवा जस्ता चाडपर्व मनाउने गर्छन् । उनीहरूको मुख्य पेसा कृषि हो तर मानिसहरू व्यापार, र सेवामा पनि संलग्न छन् ।
 


Read More
नेपालका सबैभन्दा अद‍्भूत ठाउँहरू
- Prathana Kshetri - 29021, Gra ... 01 December, 2022

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण मुलुक हाे । यहाँ सहरी सभ्यतामा दिक्क भएका मानिसलाई लाेभ्याउने स्थलहरू छन् । ती स्थलमध्ये यहाँ केही  अद‍्भूत  स्थलहरूकाे वर्णन गरिएकाे छ ।

रानीवनः  नेपालको अछाम जिल्लामा अवस्थित छ । रानीवनमा एउटा यस्तो रुख छ जहाँ हरेक पटक महिलाको रोदन सुनिन्छ  । यो रूखको साँच्चै अँध्यारो विगत छ ।  एउटी केटीलाई रुखको तल्तिर बलात्कार गरी हत्या गरिएको थियो र हत्याराको झुण्डिएको शरीर मृत महिलाको माथि थियो। जब मानिसहरू त्यहाँ जान्छन् उनीहरूलाई लाग्छ कि कसैले उनीहरूलाई केही भन्न चाहन्छ ।
धापासीकाे खानेपानी ट्याङ्कीः धापासीमा एउटा पानीको ट्याङ्की छ । जहाँ मानिसहरूले मानिसको आत्माले आक्रमण गर्न खोजेको देखेका छन्। कसैले यो सत्य हो भन्छन्  तर कोही विश्वास गर्दैनन् । 
चितवनको देवघाटमा राति चारजना महिलाको आत्माले नाच्दै आक्रमण गर्न खोजेको जनताले देखेका छन् । सोही स्थानमा प्रहरीले चार महिलाको खप्पर फेला पारेको छ/
हाम्रो अग्लो सगरमाथाः  सगरमाथामा पनि एन्ड्रयु इर्विनको आत्माले ग्रस्त छ । जो यस पहाडमा आरोहण गर्दा गर्दै मरे । धेरै पर्वतारोहीहरूले उनको आत्मा देखेका छन् तर यो राम्रो कुरा हो कि स्प्रिटले अरूलाई आक्रमण गर्दैन । 
सुन्दरीजलः  सुन्दरीजलमा पौडी खेल्न  गएका मानिस फर्केर आउँदैनन्  । डुबेर मरेको हो कि बेपत्ता भयो भनेर कसैले पत्ता लगाउन सकेको छैन । 
पशुपतिनाथ मन्दिरः  यो मन्दिर नेपालको सबैभन्दा प्रसिद्ध मन्दिर हो। पशुपतिनाथ मन्दिरमा आत्माको शान्तिका लागि शव जलाउने गरिन्छ तर हामीले शव जलाउने ठाउँबाट मानिसले धेरै डरलाग्दो आवाज र चिच्याहट सुनेका छन् ।
काठमाडौमा धेरै मानिसले जीवन  परित्याग गरिएको घर फेला पारेका छन् जहाँ मानिसको शव भेटिन्छ । घरबाट डरलाग्दो आवाज निस्कन्छ । 
 


Read More
My Dad Did Not Support Me
- Aaradhya Prasai - 28001, Grad ... 01 December, 2022

I was raised by my single dad. He named me Stary. He adored me very much and gave me everything I wanted. I adored him very much as well. When I was a kid, everyone used to bully me in school because I had no mom. In 7th grade, a girl named Sahasa joined our school. She had no dad. Everyone used to bully her for having no dad. We were both the same. Sahasa and I became best friends from that day on. She helped me when I got bullied, and I helped her when she got bullied. We did the same thing until middle school was over. At grade 8, we both did the same thing, and whenever Sahasa helped me, I always felt butterflies in my stomach. I would be blushing when she got near me. Finally, in grade 9, I found out that I had feelings for Sahasa. Since that day, I have always tried to make time for Sahasa. After middle school was over, we had a prom. I wanted Sahasa to be my partner. She didn't find any boys either. At the start of prom, I asked her if she had any partners, and she said no. So I asked her to be my partner, and she said sure. She was very excited. At the prom, we danced together, and I could feel butterflies all over me. I was really happy, and I could see happiness on her face too. The music went slow, and she pulled me close and started dancing with me. The same time I confessed my feelings to her, she said that she liked me in 8th grade. I was excited, and she was too. We considered marrying after high school but never told our parents. I was afraid to tell my dad about this. And she was afraid to tell her mom about this. Finally, after a lot of effort, we could tell our parents about this, which, as expected, they denied. They didn’t want us to be together. It was my birthday, and my dad asked me what I wanted, and I said that I wanted to live a happy life with Sahasa. My dad got really angry and slapped me hard. He scolded me. He never hurt me like this in my whole life. I was very upset, so I went to my room and slammed the door. I called Sahasa and told her everything that happened. Sahasa and I made plans to run away from home and stay together. The next day I went out of my window, and she also went out of her window. We both fled our homes, but we had to plan where to live. We both had some money to stay in the apartment for 2 months. In those 2 months, we worked really hard and were successful in staying in that apartment for 4 more months. I won a million-dollar lottery ticket during all of those times, so I told Sahasa. We purchased a home. We wanted a complete family, so we thought of adopting a child. We adopted a girl and named her Stasha. After that day, we started living like a complete family.
 


Read More
Learners Should Develop Learning Attitude
- Manshi Singh - 27008, Grade V ... 30 November, 2022

Children who put up a lot of effort in school gain knowledge and acquire abilities. That increases self-assurance and respect. Children who work hard are better prepared for higher academic levels. Good grades in middle and high school are typically correlated with success in elementary school. If we do hard work we can make a good future for us. Hardwork is the most important key to success. Work without effort is impossible. A student should do as much hard work as they can to be successful in life.

If one waits around aimlessly for a better opportunity, they will never succeed. Success and pleasure in life are possible for those who put in the necessary effort. Children who put up a lot of effort in school gain knowledge and acquire abilities. Working hard in middle and high school is very important for us because during these years we learn and shape our lives as per our want and choice and decide what we should be in future. If we don't work hard and work on ourselves  during this phase then we have less possibility of securing a happy future. Working hard can help children find their passion. Education helps us get the jobs we want. Education shapes us into a responsible citizen but mostly teaches us to be a good human. World really is in need of responsible and good people. Students need to have a learning attitude and not miss any opportunities to learn anything new.

Education gives us the ability to change the world. The more we learn, the more we can improve other people's lives. Through our formal duties as doctors and nurses as well as our informal roles, such as teaching a neighbour or helping a younger brother with their reading, doing hard in school helps us to serve people. People with more education are able to take part in public life in a meaningful way.

Thank You!
 


Read More