Logo

Student Corner

नेपालका सबैभन्दा अद‍्भूत ठाउँहरू

Written by: Prathana Kshetri - 29021, Grade VI

Posted on: 01 December, 2022

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण मुलुक हाे । यहाँ सहरी सभ्यतामा दिक्क भएका मानिसलाई लाेभ्याउने स्थलहरू छन् । ती स्थलमध्ये यहाँ केही  अद‍्भूत  स्थलहरूकाे वर्णन गरिएकाे छ ।

रानीवनः  नेपालको अछाम जिल्लामा अवस्थित छ । रानीवनमा एउटा यस्तो रुख छ जहाँ हरेक पटक महिलाको रोदन सुनिन्छ  । यो रूखको साँच्चै अँध्यारो विगत छ ।  एउटी केटीलाई रुखको तल्तिर बलात्कार गरी हत्या गरिएको थियो र हत्याराको झुण्डिएको शरीर मृत महिलाको माथि थियो। जब मानिसहरू त्यहाँ जान्छन् उनीहरूलाई लाग्छ कि कसैले उनीहरूलाई केही भन्न चाहन्छ ।
धापासीकाे खानेपानी ट्याङ्कीः धापासीमा एउटा पानीको ट्याङ्की छ । जहाँ मानिसहरूले मानिसको आत्माले आक्रमण गर्न खोजेको देखेका छन्। कसैले यो सत्य हो भन्छन्  तर कोही विश्वास गर्दैनन् । 
चितवनको देवघाटमा राति चारजना महिलाको आत्माले नाच्दै आक्रमण गर्न खोजेको जनताले देखेका छन् । सोही स्थानमा प्रहरीले चार महिलाको खप्पर फेला पारेको छ/
हाम्रो अग्लो सगरमाथाः  सगरमाथामा पनि एन्ड्रयु इर्विनको आत्माले ग्रस्त छ । जो यस पहाडमा आरोहण गर्दा गर्दै मरे । धेरै पर्वतारोहीहरूले उनको आत्मा देखेका छन् तर यो राम्रो कुरा हो कि स्प्रिटले अरूलाई आक्रमण गर्दैन । 
सुन्दरीजलः  सुन्दरीजलमा पौडी खेल्न  गएका मानिस फर्केर आउँदैनन्  । डुबेर मरेको हो कि बेपत्ता भयो भनेर कसैले पत्ता लगाउन सकेको छैन । 
पशुपतिनाथ मन्दिरः  यो मन्दिर नेपालको सबैभन्दा प्रसिद्ध मन्दिर हो। पशुपतिनाथ मन्दिरमा आत्माको शान्तिका लागि शव जलाउने गरिन्छ तर हामीले शव जलाउने ठाउँबाट मानिसले धेरै डरलाग्दो आवाज र चिच्याहट सुनेका छन् ।
काठमाडौमा धेरै मानिसले जीवन  परित्याग गरिएको घर फेला पारेका छन् जहाँ मानिसको शव भेटिन्छ । घरबाट डरलाग्दो आवाज निस्कन्छ ।