Logo

Student Corner

Articles

रमाइलाे घुमघाम
- Anushree Acharya - 28002, Gra ... 22 December, 2022

२०७८/०१/०१
शनिवार 
बिहानीका रविका किरण मेरो कोठाको झ्यालमा परेसँगै मेरा आँखाका ढकनी खुले। घरमा चहल पहल थियो। आज वर्षको नयाँ दिन थियो भन्ने कुरा मैले सम्झिएँ। मेरा आफन्तहरू हाम्रो घरमा रमाइलो र जमघट गर्न आउनुभएको थियो। सबैको मुहारमा हर्षको उज्यालो देखेर मेरो मनमा हर्षको बिउँ छरिएर हुर्किदै गएको थियो। 

सबैको आ-आफ्नो व्यस्तता र काम हुन्छ । नयाँ वर्ष भए पनि सबै जना आफ्नो घरको व्यस्ततामा बाँधिएका कारण सबै जना घर फर्किनुभयो। सबैसँग भएको उत्सुकता र रमाइलोका कारण घर मलाई सुनसान र नरमाइलो लाग्यो । मैले यो कुरा आमा र बुबाबालाई पनि भनेँ । हामीले घुम्न जाने भनेर सोच्यौँ। हामीले घुम्न जाने भनेर सोँचे पनि कहाँ जाने टुङ्गो भएको थिएन।  अन्तिममा हामी कीर्तिपुर जाने निधोमा पुग्यौँ  । हामीले गाडी बोलाएर त्यहाँ गयौँ। 

हामी कीर्तिपुर जाने भनेर गाडीमा चढेर जादैँ थियौँ । त्यही बेला मैले धेरै व्यक्ति माथि  गएको देखेँ । उत्सुक हुँदै मैले आमालाई माथि के छ भनेर सोधेँ । आमाले मलाई टौदहको सुन्दर व्याख्या गर्नुभयो। मेरो मन लोभियो । त्यसैले हामी कीर्तिपुरको सट्टा टौदह जाने भयौँ । हामी त्यहीँबाट टौदहको यात्रामा लाग्यौँ ।


टौदह जाँदै गर्दा मैले धेरै कुरा देखेँ । त्यहाँ मैले सालको पात पनि देखेँ । मैले त्यो दिन थाहा पाएँ कि हामीले सालको पातमा टेक्यौँ भने हामी चिप्लिन सक्छौँ । त्यहाँ मैले चोभार पनि देखेँ। मेरा शिक्षकले भन्नुभएको थियो, “काठमाडौं पहिला एउटा पोखरी थियो। मन्जुश्रीले चोभारलाई काटेपछि सबै पानी बाहिर निस्कियो। त्यसपछि गोपाल वंश आएर त्यहाँ राज गरेका थिए।”
केही समयपछि हामी टौदह पुग्यौँ । त्यहाँको सुन्दर दृश्यले मलाई पुलकित बनायो । टौदह एउटा ताल रहेछ । त्यहाँ सुन्दर सुन्दर माछाहरू थिए। हामीले माछालाई दिने आहारा लियौँ। नयाँ वर्षको दिन भएर होला त्यहाँ भिड थियो। त्यहाँ हामीले माछालाई चारो हाल्दा सबै माछा झुम्मिएर आउँथे । आमा र बुबा थकित भएर विश्राम लिनुभयो। म र दिदी भने माछालाई चारा हाल्दै गयौँ। साझ पर्न लागेको थियो। अस्ताउँदो घामको छायाँ पानीमा पर्दा त आहा! त्यो दृश्य हेर्नै पर्ने दृश्य थियो । हामीले सबै हेरेपछि घर फर्किने बेला बाटोमा मिठा मिठा परिकार मैले देखेँ । मैले परिकारहरू खाएर जाने भनेर हामी मिठा मिठा परिकार खाएर घर फर्किन लागेका थियौँ । अचानक बाटोमा एकदम धेरै भिड देख्यौँ । के रहेछ भनेर रोकिएर हेर्यौँ त्यहाँ त फिल्म सुटिङ पो हुँदै रहेछ । मलाई पनि बाल कलाकार भएर खेल्ने रहर जाग्यो । यस्तै यस्तै कुरा मनमा खेलाउँदा खेलाउँदै गाडी अगाडि बढ्यो । एकैछिनमा घर आइपुग्यौँ । मेरो मष्तिस्कमा बाल कलाकार हुने रहरले डेरा जमाइरहेको छ अहिलेसम्म पनि । 

एक्दमै थकित भएको कारण मलाई धेरै असहज भएको थियो । त्यसैले हात मुख धोएर म खाटमा पल्टिएँ । म एकै छिन्मा भुसुक्कै निदाएछु । मनमा मेरो एउटै प्रश्न घुमिरहेको थि यो। के यो सपना नै रहन्छ कि बिपना बन्छ ?


Read More
नेपाली
- Srishad Shiwakoti - 27026, Gr ... 21 December, 2022

केही समय अगाडि हाम्रा पूर्वजका समयमा 
लगाउथे दौरा सुरुवाल ढाका टोपी शिरैमा
हिँड्थे  हलो जोत्न बल बोकी काधमा 
धेरै काम भए पनि हिँड्थे हाँसो लिएर ओठमा ।

अल्छीपना शब्दै थिएन उनीहरूको शब्दकोशमा 
जाँगर र बाध्यता नै थियो उनीहरूको प्रेरणा 
खाजा खान्थे चिउरा भटमास दाँत दुखे पनि 
खाना खान्थे गुन्द्रुक ढिडो नेपालको पहिचान मानी ।

अहिले हेर्‍याे दौरा सुरुवाल देखिन्छन् मात्र बिहेमा 
अल्छीपना जागिसक्यो नेपालीको शिर ढाकी मनमस्तिष्कमा
ढिडो त के गुन्द्रुक पनि हटिसक्यो नेपालीको खानामा
चिउरा भटमास मिठो भएन मम पिज्जा सबको पेटमा ।

कति मिहिनेत गरेर पुर्खाले बनाए हाम्रो साझा सुन्दर नेपाल 
तिनै पुर्खाको रगत पसिना बिर्सेर फेरि ध्वस्त पारिसक्यौ  नेपाल 
आधुनिकताको नाममा नेपाली संस्कृति भुलेर बन्दै छौँ गवार 
हडप्दै छौ तिनै पश्चिमेली विध्वंसकारीहरूको व्यवहार ।

छठ, ल्हाेसार हराइसक्यो आयो हालोवीनको अध्याँरो 
बालकदेखि वृद्धालाई लाग्न थाल्यो क्रिसमस प्यारो 
खान लाउन, रहनसहन, भेषभूषा सबै बदलिइसक्यो 
डर लाग्छ कुनै दिन नेपालको नाम नै बदलिने हो । 


Read More
Her Red Scarf
- Shuvee Lamichhane - 29033, Gr ... 20 December, 2022

There was a girl named Mia and she always wore a scarf. It was red and she would never leave it. She would wear it to school, in bed and she never took it off one day she woke up horrified. She was feeling suffocated. She was even more horrified to find that it was the scarf. The scarf was getting tighter and tighter. Mia cried “MOMMY HELP” her mother came in horrified to see her daughter beginning to slowly suffocate to death. “MOMMY TAKE IT OFF, TAKE IT OFF” Mia Cried again. The mother tried to take it off but it wasn’t coming off. After Mia’s sister Emily heard Mia screaming she also came into the room.

“Mommy what's happening?'' Emily asked. “No time to explain, Emily, I need to take Mia to the hospital, stay here stay here emily ”the mother said. So the mother took Mia to the hospital. And at the hospital passed away from suffocation. But after she passed away the red scarf came off. After the scarf came off Mia's body disappeared. Now only leaving her ashes and her red scarf. The mother took the red scarf knowing that someday she would have the same fate as her daughter and the red scarf would bring her to her death someday as well. The mother also buried Mia’s ashes in place of her body. After Mia’s death their mother wasn’t the caring loving mother as before. Something was always off about her. Then one day Emily found Mia's red scarf. She went to show her mother it became dead silent in the room. Her mother screamed at her “Take that off now”. Emily asked “but why”. “Just do as I say,” her mother replied. Emily took it off and placed it right where she found it.

But as the years passed she grew disinterested in it. But one day it was mentioned again by her best friend Amielia. When Amelia brought up the girl who died from the red scarf, Emily's face was white as a ghost. Emily told Amelia about her sister and about all the things that happened. They started to look more into the scarf and one day they found a note saying wear the scarf. So Emily stole the scarf and brought it to Amielia. But when Amelia wore the scarf it just got tighter and tighter. Eventually killing her. The same demise of Mia had also come to Amielia. After losing 2 loved ones to the red scarf Emily wore the scarf. Thinking there must be a way to take it off there must be but it never came off, also killing emily. The red scarf was later found to be an ancient artifact. Which would take the life of whoever wore it. What causes this is still unknown.
 


Read More
बल्ल आँखा खुल्याे ।
- Rushav Paneru - 28018, Grade ... 20 December, 2022

शिव नामक एउटा सानो बच्चा काठमाडौँमा बस्थ्यो उ निकै राम्रो पढ्थ्यो र सबैले उसलाई माया गर्थे । उनको व्यवहार निकै उत्तम थियो। ऊ सबैसँग विनम्र थियो धेरै शान्त स्वभावको मान्छे थियो, आफ्नो पढाइमा लगनशील तथा मेहनती  थियो, आफ्ना आमाबाबुप्रति सम्मानजनक व्यवहार गर्थ्याे  र आफ्नो कक्षाका सबै केटाहरूभन्दा चतुर थियो । दुवै वयस्क र सैमीका कान्छा भाइबहिनीहरूले उसलाई धेरै माया गर्थे । जे होस्, यसले धेरै अन्य केटाहरूमा ईर्ष्या उत्पन्न भयो । यी केटाहरू शिव जत्तिकै राम्रो हुन चाहन्थे।

शिव एउटा सचेत नामक केटासँग एउटै कक्षामा भर्ना भएको थियो । ऊ शिव जत्तिकै पढाइमा निपूर्ण थिएन र कक्षामा हुँदा प्रायः खेल्न रुचाउँथ्यो। उसले आफ्ना आमाबाबुको अनादर गर्‍याे, आफ्ना साथीहरूलाई कुट्थ्यो, र शिवसँग पनि निकै क्रुर थियो। उसले कक्षामा अन्य विद्यार्थीहरूको अगाडि शिवलाई अपमानित  गर्न लगातार प्रयास गर्थ्यो तर, प्रयासको बावजुद शिवका अङ्कहरू सुधार हुँदै गए । शिवले सबैबाट प्रशंसा पाइरहेको थियो, चाहे त्यो उनको शैक्षिक प्रदर्शनको कारण होस्, खेलकुद कौशलबाट होस्, वा आफ्ना साथीहरूबाट। शिवका आमाबाबुले उसलाई उसकाे नवौं जन्मदिनको लागि एक प्याराे कलम दिए।उसले त्यसलाई कक्षामा लग्यो र शिक्षकहरूले प्रस्तुत गरिएका व्याख्यानहरूमा टिप्पणीहरू लिनको लागि प्रयोग गर्‍याे। कलम अत्यन्तै राम्राे देखिन्थ्यो साथै द्रुत लेखनको लागि बनाइएको थियो। सचेतले यो कुरा पत्ता लगाएपछि ऊ शिवसँग असाध्यै ईर्ष्यालु हुन थाल्यो । उसले शिवलाइ सोध्यो, “ओए, तैले त्यो कलम कताबाट किनेको ह?।” “मेरा आमाबुबाले मलाई मेरो नवौँ जन्मदिनको लागि ल्याइदिनु भएको हो”, भनेर शिवले भन्यो। सचेत क्रोध र आक्रोशमा डुबेको थियो। ऊ एक धेरै नराम्रो बच्चा थियो, उसका आमाबाबुले उसलाई विरलै कुनै उपहार दिन्थे । उसले शिवको कलम लिने विचार गर्‍याे । जब कक्षाका विद्यार्थी खाना खानका लागि छरिएका थिए जब सचेतले शिवको झोलाबाट उसको कलम निकाल्यो। त्यसपछि आफ्नो झोलाभित्र कलम लुकाएर खाना लिन बाहिर निस्क्यो । शिवले आफ्नो शिक्षकलाई, “जब म फर्के र आफ्नो कलम निकाल्न खोजे मैले कलम फेला पार्न सकिन”।  भन्याे । कक्षा-शिक्षकले कक्षा-निगरानीलाई हराएको कलम खोज भन्नुभयो। खोज्ने भागको रूपमा प्रत्येक विद्यार्थीको झोला जाँच गर्ने भन्नुभयो। हराएको कलम चाँडै सचेतको झोलामा फेला पर्‍याे। शिक्षकलाई धेरै रिस उठेको थियो। शिक्षकले भने, “सचेत तैले शिवको कलम उसलाई नसोधी किन लिएको ? भन् अब के भन्छस्।” शिक्षकले यति भन्नासाथ सचेतको आँखाबाट दुई थोपा आसु झरे। सचेतले कही भन्न सकेन र शिवलाई त झन हेर्दा पनि हेरेन। सचेतलाई आँसु बगाएको देखेर शिवलाई दुःख लाग्यो । ऊ दयालु बच्चा थियो, उसँग आफ्नो सहपाठीको बारेमा भन्न केही पनि थिएन  । उसले चोरेको कलम फेला परेकोले अब सचेतलाई सजाय नदिने भनेर प्रशिक्षकलाई आग्रह गरे। यसबाट सचेतको आँखा खुल्यो । यस बिन्दुमा, उसले महसुस गर्‍याे कि शिव धैरै राम्रो केटा हो । उसले शिव र उसकाे प्रशिक्षकसँग माफी माग्यो र दुवै जनाले सचेतलाई माफ गरिदिए ।

त्यस दिनपछि ऊ शिवसँग निकै नजिक बस्न थाल्यो र शिवसँग बराबरी नहुँदासम्म लगातार सुधार गर्‍याे र आफ्नो नराम्रो बानी सबै छोड्दै गयो । सचेतले सबैको मन जित्यो र शिव आफ्नो नयाँ साथीको लागि खुसी थियो । 
\


Read More
भेदभाव
- Sukriti Silwal - 27024, Grade ... 19 December, 2022

“ममतालाई छोएर नखेल।” आमाले मेरो कपाल कोर्दै भन्नुभयो । मैले केही भन्न नपाउँदै आमाले “फेरि उसको घरमा नि जाने नगर् र केही दियो भन्ने नखा। बुझिस् नि?”भन्नुभयो। किन भनेर मैले प्रश्न उठाउनै सकिन।

ममता मेराे विद्यालय कि नयाँ विद्यार्थी थिइनँ । उसको पहिलो दिन मै हामी खुब मिल्याैँ तर घरमा आएर मैले आमालाई सुनाउँदा मैले धेरै गाली खाएँ । त्यसपछि आमा दिनकै मलाई उसलाई नछुनु र उसले दिएको खाने कुरा नखानु भन्नुहुन्छ र म केही बोल्दिनँ। ममता अहिले हाम्रो विद्यालयमा आएको ७ महिना भैसक्यो र अहिले हामी अविभाज्य छाैँ ।  सबै कुरा एकअर्कालाई हामीले सुनाए पनि मैले उसलाई मेरी आमासँग उसको बारेमा भनेका कुराहरू मैले उसलाई भन्न सकिनँ।

एकदिन हाम्रो खाजा खाने छुट्टीमा उनले मलाई सोधिन्  “माया! तिमी त मेरी एकदमै मिल्ने साथी हाै तर तिमीलाई मेरो साथी भएको भएर घर कि गाउँमा गाली गर्दैनन् ?” मैले केही भन्न नपाई उनले फेरि भनिन्,”म त तल्लो जातकी छोरी रे, मलाई त कसैले नि छुँदैनन। मैले छोको पानी पनि असुधा हुन्छ रे। थाहा छ ? मलाई अरू मानिसहरूले मन्दिर र धारा नजिक पनि जान दिँदैनन् त्यसैले मैले अहिलेसम्म मन्दिरभित्र गएर सबैले मान्ने भगवान लै देखेको पनि छुइन।” यस्तो सुनेपछि मलाई सारै नराम्रो लाग्यो र मैले आमाले भनेको सबै बुझेँ ।

त्यस दिनबाट म र ममता हात समाउँदै हिड्न थाल्याैँ, एक अर्का सित खाजा बाँडेर खायाैँ र मलाई केही पनि भएन । न त म बिरामी भएँ न त पापी तर एकदिन आमाले हामीलाई सँगै देख्नुभयो र मलाई तानेर घर ल्याउनुभयो “मैले तलै के भनेकी थिएँ ? बुझेको छैनस्  हो ? ऊ तल्लो जात कि केटी हो । उसले छोएको पानी पनि खानुहुँदैन। एसरी हात समौदै खेलेको गाउँलेहरूले देखे भने के भन्ला सोचेको छस ?” आमाले चर्को स्वरमा भन्नुभयो तर यो पालि म चुप लागेर बसिन "के हुन्छ त ऊ तल्लो जातको भएर ? ऊ पनि त एक मान्छे नै हो ! मैले उसले छोएको पानी, खाजा खाएको धेरै भैसक्यो, मलाई त केही पाप लागेको छैन थाहा छ ?  उसलाई कति गारो भाको छ तपाई हरूको साँघुरो दिमागले गर्दा ? सबै मानिस एउतै हो एसरी भेदभाव गर्न मिल्देना।”

मैले यति भनिसकेपछि म आँखाभरि आसुँ बोक्दै ममताकोमा गएँ र उसलाई सबै कुरा भनेँ।  मलाई लागेको थियाे कि मेरी आमाको कारण ऊ मसित रिसाउछे  भनेर तर उसले मलाई अँगालोमा बेरेर केही भनिन
। १० मिनेटपछि म रुन बन्द गरेँ र ममताले मलाई भनिन् “यो पहिलो चोटी कसैले मेरो लागि लडेको छ । धन्यवाद माया।” यस्तो सुनेपछि म साह्रै खुसी भएँ र मलाई अब घर जान डर लागेन। घरमा आमाले मलाई केही भन्नुभएन र भोलि बिहान मेरो कपाल कोर्दा पनि यस्तो देखेर मलाई सारै खुसी लग्यो।

त्यसपछि मैले ममतालाई मन्दिर लगेँ । धारामा पानी भर्न, उसलाई मेरो घर ल्याएँ, तर म  पापी भइनँ। हुन त ममता नि पापी थिइनँ  ।  पापी भनेको त हाम्रो यो समाजको सोच हो ।  जुन हामीले मिलेर परिवर्तन गर्नुपर्छ। 


Read More
जनावरकाे पिर
- Agraj Rijal - 29004, Grade VI ... 19 December, 2022

अति नै स्वार्थी मानिस जाति संसारभर फैलेका
जङ्गल फाड्ने जीवजन्तु मार्ने यिनै काम गरेका ।

जनावरहरू राेइरहन्छन् मानिसलाई देखेमा
पीडाले कति छट्पटाउँछन् टाउकाेमा टेकेमा ।

पसलमा जब बिक्न पुग्दछन् चित्त पाे दुखाउँछन् 
बाच्ने इच्छा त धेरै भए नि जीवन टुङ्ग्याउँछन् ।

जनावरका पीडित आत्मा राेएका छन् धेरै 
रगत देखे तर्सिन्छन् धेरै तड्पिन्छन् मनभित्रै ।

हिमाल पहाड तराईमा थुप्रै जनावर  रहे नि
तिनका अङ्ग अङ्ग लिनलाई मानिस लागे नि ।

जिउने अधिकार उनकाे पनि  छ मानिस बुझ्दैनन् 
प्राणीप्रतिकाे माया ममतामा किन हाे  रुझ्दैनन् ।

जब मानवले प्राणीकाे मनमा बसेर रुने छाै 
जनावरहरूकाे जीवन बुझे महान हुने छाै  । 


Read More