Logo

Student Corner

पछिको तनाब

Written by: Eshaan Kumar Rajbhandari - 27027, Grade VIII

Posted on: 05 December, 2022

एका बिहानै बुनुकी आमा चिच्याई , “ ए बुनु !!! तैँले कति बेर लगाएकी, तैँले आफ्नो स्कुल जाने झोला मिलाइस्  ?” । बुनु त्यहाँ टि. भी. हेर्दै थिई उसका बारेमा न आमालाई  थाहा थियो न त बुवालाई। ऊ लुकी लुकी टि. भी. हेर्दै थिई । उसको भाइले उसकी आमालाई कुरो लगाइदिएछ । त्यसपछि बुनुलाई बुनुकी आमाले अत्यधिक गाली गरेर पिटी। पछि जब सबै जना खाजा खानको लागि टेबुलमा बसे, बुनु सुक सुक गर्दै थिई । हजुरमाले सोध्नुभयो “ नातिनीलाई कोसले रुआएकी ?” साथै हजुर बुवा  र  काकाले थपे “अँ बुनु तिमी किन रोएकी ?” । त्यसपछि बुवाले पनि भन्नुभयो कि “ तिमीले किन बिहान आमाले बोलौँदा जवाफ नदेकी ?” । बुनुको भाइ मुसु मुसु हाँस्दै थियो। सबै जना हतारमा थिए। बुनु रुँदारुँदा थाकिसकेकी  थिई । बुनु र बुनुको भाइ भुन्टेलाई स्कुल उनीहरूका  काकाले पुर्‍याइदिनुभयो ।

बुनुले आफ्नो स्कुलको बिहानको प्रार्थना छुटाइछिन् । उसको कक्षाको पहिलो कक्षा चाहिँ नेपाली विषय थियो  । जुन चाहिँ गुरुआमाकाे । उहाँ   एकदमै डर लाग्दो हुनुहुन्थियो। बुनुको गुरुआमाले सोधिन् “ देविका,आज पनि ढिलो उठिछ्यौ कि के हो ? ल अब आफ्नो गृहकार्य देखाऊ  त !” बुनुले कहिले पनि झुटो बोल्दैनथी न त उनले आफ्नी साथीलाई नचाहिने काममा  सहयोग गर्दैनथी । यी चाँही उसका कुनै कुनै न कुनैबाट दुइटा राम्रो बानी हुन्। त्यसैले उसले भनी “ मैले  आफ्नो गृहकार्य गरेकी छुैन, गुरुआमा!” गुरुआमाले उसलाई कक्षा बाहिर उभाइदिनुभयो। 

बुनुको अल्छीपनले गरेरउनले धेरै दुख  पाएकी छिन् । जस्तै पहिले सुरुमा त उसलाई खेलकुदमा भाग लिन एकदमै मन लाग्थ्यो र हरेक वर्ष उनीहरूको स्कुलमा खेलकुदको प्रतियोगिता हुन्थ्यो ।
परीक्षा नजिक आउँदै थियो र साथै स्कुलको खेलकुद प्रतियोगिता।  स्कुलमा चाहिँ केही नियमहरू थिए ती मध्ये कुनै तलका हुन् :-
*जसले आफ्नो गृहकार्य परीक्षासम्ममा बुझाउँदैनन् । तिनीहरूले खेलकुदको प्रतियोगितामा भाग लिन पाउँदैन । 
*जसले परीक्षामा ५० भन्दा कम ल्याउँछन् तिनीहरू फेल हुन्छन र फेल हुनेहरूले पनि 
प्रतियोगितामा भाग लिन पाउँदैन

बुनुले आफ्नो गृहकार्य सबै सिध्याएर,बाकी भएका पनि गनेर र सबै सबै पढेर एक हप्ता मा भ्याइ न्।  उसले परीक्षामा पनि ८० दुखि ८५ सम्मको अङ्कहरू प्राप्त गरिन् । त्यसपछि प्रतियोगितामा भाग लिइन्  र जितिन् पनि ।

बुनुका शिक्षकहरू हरेक वर्षजस्तै यो वर्ष पनि चकित हुँदै भन्नुभयो, “कि यो केटीले नसक्ने पनि हैन सक्ने हो तर अल्छीपनले गर्दा दुख पाउने रहेछ । के गर्ने ? कर्मको फल !”।  उता बुनुको परिवार सबैले आफ्नी छोरी, नातिनी,भतिजी र दिदीको तारिफ गर्दै थिए ।