Logo

Student Corner

हिन्दू समुदाय

Written by: Manasbhi Niraula - 29015, Grade V

Posted on: 22 November, 2021

म हिन्दू समुदायबाट हुँ। हिन्दू समुदायमा जन्मेदेखि मृत्युसम्मका विभिन्न  संस्कार छन्। बच्चा जन्मेको छ दिनमा छैठि समारोह गरिन्छ ,जसमा भावीले बच्चाको भविष्य लेखिदिने विश्वास गरिन्छ ।  बच्चा जन्मेको ११ दिनमा बच्चाको न्वारन गरिन्छ। बच्चाले उसको औपचारिक नाम प्राप्त गर्दछ । बच्चा ६ महिनाको भएपछि आमाको दुध बाहेकठोस पदार्थको खुवाउनको लागि अन्नप्राशन वा भातखुवाइ गरिन्छ। बच्चा किशोर अवस्थामा पुगेपछि केटा भए ब्रतबन्ध गरिन्छ र उसले  जनै लगाउँछ भने केटीहरूलाई  गुन्युचोलो लगाइदिइन्छ। जब केटाकेटीहरू ठुला  हुन्छन्, तब उनीहरूको विवाह गरिन्छ । विवाहपश्चात् दुलही दुलाहाको घरमा जाने परम्परा रहेको छ । मानिसहरूको मृत्यु भएपछि धार्मिकस्थल वा नदीमा शवलाई दाहासंस्कार गरिन्छ भने १३ दिनसम्म आफन्तहरूले नुन नखाई चोखो खाएर अन्तिम संस्कार सम्पन्न गरिन्छ। हाम्रो समुदायमा विभिन्न चाडपर्वहरू मनाइन्छ। दशैँ मुख्य चाड हो। यस चाडमा ठुलाले सानालाई टीका लगाइदिने र आशीर्वाद दिने गर्दछन् भने मिठोमिठो खानेकुराहरू खाने  पनि गरिन्छ।  त्यसैगरी तिहार दोस्रो  ठूलो  चाड हो, जुन  चाडमा देउसी र भैलो खेलेर रमाइलो गरिन्छ भने दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका  लगाइदिन्छन् । त्यसैगरी जनैपूर्णिमा, तीज, कुशेऔंसी, साउने संक्रान्ति ,माघेसंक्रान्ति, मातातिर्थ औंसी, शिवरात्रि जस्तो चाडहरू पनि मनाइन्छ ।