Logo

Student Corner

ऋतु

Written by: Livana Karmacharya - 30013, Grade IV

Posted on: 22 November, 2021

हाम्रो देश नेपालमा छ वटा ऋतुहरु हुन्छन्। नेपालमा दुई महिनाको एउटा ऋतु हुन्छ। त्यसैले१२महिनाको छ वटा ऋतुहरु हुन्छन्।यी ऋतुहरुको नाम हुन् , वसन्त ऋतु,गृष्म ऋतु,वर्षा ऋतु, शरद ऋतु, हेमन्त ऋतु र शिशिर ऋतु। चैत्र र वैशाख महिनामा वसन्त ऋतु पर्छ। यो ऋतुमा जाडो  महिना सकिसकेको हुन्छ र मौसम धेरै राम्रो हुन्छ। यो ऋतुमा बोट विरुवाहरूमा नयाँ पालुवा पलाउँदछ र विभिन्न थरिका फूलहरू फुल्दछन्।यहि ऋतुमा हाम्रो राष्ट्रिय फूल लालीगुराँस पनि फुल्दछ गृष्म ऋतु,यो जेठ र असार महिनामा पर्दछ। यो ऋतुमा धेरै नै गर्मी हुन्छ। यो ऋतुमा किसानहरूको खेतिवाली लगाउने पनि समय हो। वर्षा ऋतु साउन र भदौमा पर्छ।यो ऋतुमा धेरै पानी पर्दछ। यो ऋतुमा पनि खेतीवालीको नै काम भइरहेको हुन्छ।शरद ऋतु असाेज र कात्तिक  महिनामा पर्दछ। यो ऋतुमा पानी पर्न कम भइसकेको हुन्छ।यो ऋतुमा धेरै चाडपर्व पर्ने गर्दछन्। जस्तै, दशैं तिहार जस्ता महान् चाडपर्वहरू पर्दछन्। हेमन्त ऋतु मङ्सिर र पुस महिनामा पर्दछ।यो ऋतुमा  किसानहरले अन्न बाली भित्र्याउने काम गर्दछन्। शिशिर ऋतु माघ र फागुन महिनामा पर्दछ। यो ऋतुमा जाडो बढेर धेरै चिसो हुने गर्दछ। यो ऋतुमा देशको विभिन्न स्थानमा हिउँ पर्दछ, भने कुनै ठाउँमा सितलहर पनि हुने गर्दछ।