Logo

Student Corner

मेराे गाउँ

Written by: Pranav Pandey - 31016, Grade IV

Posted on: 28 June, 2022

म मेराे बिदामा गाउँ गएकाे थिएँ । गाउँ पुग्‍न हामीलाई करिब ४ घण्टा लाग्याे । म, आमा, बुबा, हजुरबुबा र हजुरआमा गाउँ गएका थियाैँ । बिच बाटामा हामीले पकाैडा, सेल र समाेसा खायाैँ र फलफूल पनि किन्याैँ । अरनीकाे हाइवे हुँदै हामी गाउँ पुग्याैँ । पहिला भाइकाे घरमा गएर ऊसँग म कुदेँ र एकछिन माेबाइल खेलेँ । हामी गाउँमा केही दिन बस्याैँ । मेराे गाउँ हरियाली थियाे । त्यहाँ मैले जङ्‍गल, राता सेता घरहरू, खेतबारी, बाख्रा, राँगाे, गाई आदि देखेँ । हरियाली भएकाले त्यहाँ ताजा हावा आउँथ्याे । त्यहाँ एउटा मन्दिर पनि रहेछ । गाउँका सबै मानिसहरू पूजा गर्न त्यहीँ जान्थे । गाउँमा एउटा पँधेराे पनि रहेछ । गाउँमा खाना पकाउन दाउराकाे चुलाे प्रयाेग गरिन्थ्याे । त्यहाँका मानिसहरू टपरी चाहिँदा नजिकैकाे वनबाट ल्याएर बनाउँदा रहेछन् । मलाई मेराे गाउँ धेरै मन पर्छ ।  काठमाडाैँ फर्किने बेलामा म र मेरी बहिनीले चेहेरे खाेलाकाे चिसाे पानीमा खेल्याैँ । त्यसपछि हामी गाडीमा बिस्तारै काठमाडाैँ फर्कियाैँ । मलाई मेराे गाउँ फेरि जान मन लागेकाे छ ।