Logo

Student Corner

कथा समीक्षाः पुलिस थाना

Written by: Sadagi Koirala - 31026, Grade IV

Posted on: 30 June, 2022

‘साझा पृथ्वी’ भन्ने पुस्तकभित्र रहेको पुलिस थाना भन्ने कथा रमाइलो कथा हो । यस पुस्तकभित्र धेरै कथाहरू छन् । साझा पृथ्वी पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ ।

कथावस्तु

‘पुलिस थाना’ कथामा हजुरबा राजेन्द्र र गृष्मा पुलिस थानामा जान्छन् । उनीहरूलाई एकजना अन्जान व्यक्तिले दिइएको पाेकाे प्रहरीलाई दिन्छन् । त्यसभित्र गैँडाको खाग हुन्छ । प्रहरीले पनि “कसले दिएको ? मान्छे चिन्न सक्छाैँ ?” भनेर केटाकेटीलाई सोध्छन् । केटाकेटीले भित्तामा टाँसेको फोटो देखाउँदै चोरको फोटो चिन्छन् । इन्स्पेक्टरले अरू पुलिसहरू बोलाएर भीमबहादुर भन्ने चाेर शिकारीलाई समात्न पठाउँछन् अनि हजुरबा गृष्मा र राजेन्द्रलाई प्रहरीले धन्यवाद दिन्छन् । अरू प्रहरीहरू भने भीमबहादुरलाई खोज्न निस्कन्छन् ।

पात्रहरू

 यस कथामा असल पात्रको रूपमा राजेन्द्र, गृष्मा, हजुरबुबा र पुलिसलाई देखाइएको छ भने खराब पात्रको रूपमा भीमबहादुरलाई रहेका छन् । भीमबहादुरले लोप हुन लागेका जङ्गली जनावरहरू मारेर त्यस छालाहरूबाट लुगा सिलाएर मानिसहरूलाई बेचेर पैसा कमाउने तथा गैँडाको खाग बेच्ने तस्करको रूपमा प्रस्तुत गरिएको छ ।

परिवेश

यस कथाकाे वातावरण पुलिस थाना वरिपरि नै रहेको छ ।

सिफारिस

 यस  कथाले हामीलाई ज्ञान दिएकाे छ । कथाहरु पढ्दा निकै रमाइलो पनि हुन्छ र जनावरको बारेमा पनि थाहा हुन्छ । जनावरलाई मार्नुहुँदैन उनीहरूको छाला तस्कर गर्ने काम राम्रो होइन । सबैले बाँच्न पाउनुपर्छ भन्ने सन्देश दिएको हुँदा मलाई यो कथा धेरै मन परेकोले यो पुस्तक सबैलाई पढ्न सिफारिस गर्दछु ।