Logo

Student Corner

Articles

गणतन्त्र दिवस
- Bilakshyan Banjara - 35006, G ... 27 May, 2024

नेपालमा गणतन्त्र घोषणा भएको मितिलाई गणतन्त्र दिवस भनिन्छ । गणतन्त्रमा जनताका छोराछोरीले स्वतन्त्र रुपमा बोल्न, सरकारको गलत कामको विरोध गर्न पाउँछन् । नेपालमा गणतन्त्र आएको १५ वर्षभन्दा धेरै भयो । गणतन्त्रमा जनताका छोराछोरी राष्ट्रप्रमुख हुने शासनतन्त्र हो । नेपालमा २०६२ /६३ मा जनआन्दोलन भएको थियो । संविधानसभाको पहिलो बैठकपछि २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणा भएपछि नेपालमा भएको शाहवंशको राजतन्त्र अन्त्य भयो। नेपालमा गणतन्त्र पछि पहिलो राष्ट्रपति रामवरण यादव हुनुभयो । दोस्रो पटक विद्यादेवी भण्डारी हुनुभयो । हाल रामचन्द्र पौडेल नेपालका राष्ट्रपति हुनुहुन्छ ।


Read More
बुद्ध जयन्ती
- Ayansh Pandey - 35005, Grade ... 23 May, 2024

बुद्ध जयन्ती भगवान बुद्धको जन्मदिनको अवसरमा मनाइने एउटा पवित्र पर्व हो । यो पर्व हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन पर्दछ । भगवान बुद्धलाई हामी गौतम बुद्ध पनि भन्ने गर्दछौँ । विश्वभरि शान्तिका दूत भनेर चिनिने गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । बुद्धको जन्मस्थान दर्शन गर्न विश्वभरिबाट बुद्ध धर्मका अनुयायीहरू आउने गर्दछन् ।  मानव सुख, अहिंसा, अनुशासन, उपदेशहरूका कारण उनी विश्वभरि चिनिन सफल भएका हुन् । उनले बुद्ध धर्मको स्थापना गरेका थिए । उनको उपदेशबाट प्रभावित भएर बुद्ध धर्मका अनुयायी बनेका चेलाहरू आज पनि विश्वभर फैलिएका छन् । नेपाललाई बुद्धको देश भनेर विश्वमा चिनिन्छ । जुन हाम्रो लागि गौरवको विषय हो । बुद्ध जयन्तीको दिन लुम्बिनीमा बुद्धका अनुयायीहरूको भिड लाग्ने गर्दछ ।


Read More
बुद्ध जयन्ती
- Bibhuti Pathak - 34044, Grade ... 22 May, 2024

बुद्ध जयन्ती विश्वका धेरै देशमा मनाइने एउटा पवित्र चाड हो। प्रत्येक साल वैशाख शुक्ल पूर्णिमाको दिनमा भगवान बुद्धको सम्मान स्वरूप यो चाड मनाइन्छ । गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हाे । बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम रहन गएको हो । उनी राजाका छोरा भएर पनि सबै सुख छोडी घरबार त्यागेर भारतकाे बाेधगयामा पुगेर त्यहाँ तपस्या गरे । तपस्या गर्दै गर्दा उनले बुद्धत्त्व प्राप्त गरे । उनले संसारमा दुः खकाे कारण भनेकाे मान्छे आफैँ हाे । संसारमा आफ्नाे भन्नु केही छैन भन्ने बुझेँ । बुद्धलाई विश्वभरि एसियाको ज्योति भनेर चिनिन्छ । गौतम बुद्धको जन्म राजा शुद्धोधन र महारानी मायादेवीको पुत्रको रूपमा नेपालको रूपन्देही जिल्लाको कपिलवस्तुमा भएको थियो। उनकाे मृत्यु पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भारतकाे कुशीनगरमा भएकाे थियाे । गौतम बुद्धलाई केही हिन्दु पुराणहरूमा भगवान विष्णुका दश अवतार मध्येका एक अवतार मानिएकाे छ । हामीले बुद्धकाे उपदेशलाई कहिल्यै बिर्सनु हुँदैन ।


Read More
मेरो मन पर्ने किताब
- Pranish Pandey - 34022, Grade ... 20 May, 2024

मलाई मन पर्ने किताब विज्ञान हो । यो युग विज्ञानको युग हो । विज्ञानले हाम्रो जीवनमा धेरै काम सजिलो बनाएको छ । भात पकाउने राइस कुकर, टेलिफाेन, टेलिभिजन, माेबाइल, कम्प्युटर आदि सबै विज्ञानको देन हो । विज्ञान मानव जीवनको लागि वरदान साबित भएको छ । विज्ञानले गर्दा विश्वको विकास भएको छ । विज्ञानले गर्दा संसारमा घटेका घटनाहरू तुरुन्तै थाहा पाउन सकिने भएकाे छ । वैज्ञानिकहरू चन्द्रमामा पनि पुगिसके । विज्ञानले हामीलाई हरेक क्षेत्रमा सहयाेग गर्छ । विज्ञानको नकारात्मक आविष्कार बम हाे । हामीले विज्ञानको आविष्कारलाई सही ढङ्गले उपयाेग गर्नुपर्छ । विज्ञानले आविष्कार गरेका वस्तुहरूलाई सिर्जनात्मक रूपमा प्रयाेग गरेमा यसबाट हामीलाई फाइदैफाइदा हुन्छ । 


Read More