Logo

Student Corner

Articles

मेरो देश नेपाल
- Saksham Budathoki - 34056, Gr ... 03 June, 2024

मेरो देशको नाम नेपाल हो। नेपाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको छ । नेपाल एसिया महादेशमा पर्छ। हाम्रो देशको सिमाना भारत र चीनसँग जोडिएको छ। काठमाडौँ हाम्रो देश नेपालको राजधानी हो। मेरो देश विश्वभर पर्यटकीय देश भनेर चिनिएको छ। मेरो देश प्रकृतिको अनुपम भण्डार हो। नेपाल धार्मिक र ऐतिहासिक सम्पदाको धनी छ । नेपालमा धेरै खोलानाला, ताल, झरना, उपत्यका र हिमालहरू छन् । नेपाल बुद्धको जन्मभूमिको रूपमा पनि प्रसिद्ध छ। नेपाल भूपरिवेष्ठित देश हो। यहाँ बहुसंख्यक जाति, भाषा, धर्म र संस्कृति भएका मानिसहरू बसोबास गर्छन्। नेपालमा कोशी, गण्डकी र कर्णाली जस्ता ठुला नदीहरू छन्। नेपाल जलस्रोतकाे धनी देश हाे । नेपालको लोकप्रिय खाना दाल, भात, तरकारी, गुन्द्रुक र ढिँडाे आदि हुन् । मलाई मेरो देशको माया लाग्छ।


Read More
बुद्ध जयन्ती
- Bilakshyan Banjara - 35006, G ... 29 May, 2024

बुद्ध जयन्ती वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यस दिन बुद्धको जन्मदिन हो । बुद्धको जन्म लुम्बिनीको कपिलवस्तु जिल्लामा भएको थियो । राजा शुद्धोदन र मायादेवीका पुत्रकाे रूपमा उनको जन्म भएको थियो । उनको नाम सिद्धार्थ गौतम राखिएको थियो । उनको जन्मपछि उनकी आमाको मृत्यु भएकाले उनको हेरचाह सानीआमाले गरेकी थिइन् । बुद्ध सानैदेखि शान्त स्वभावका थिए । उनी २९ वर्षको उमेरमा दरबार छोडी बाहिर भिक्षु बन्न दरबार, परिवार, सम्पत्ति र सम्पूर्ण कुरा छोडेर भारतको बोधगयामा गई ध्यान गरेर बुद्धत्त्व प्राप्त गरी विश्वलाई ज्ञान दिए । उनलाई एशियाकाे तारा भनेर चिनिन्छ । बुद्धलाई अहिंसाको प्रतीक मानिन्छ । बुद्धलाई बौद्ध र हिन्दु धर्ममा भगवानका रूपमा मानिन्छ र बुद्ध जयन्तीमा पूजा आराधना गरिन्छ । उनको मृत्यु ८० वर्षको उमेरमा भएको थियो ।


Read More
गणतन्त्र दिवस
- Aarshika Poudyal - 34041, Gra ... 28 May, 2024

गणतन्त्र भन्नाले जनताद्वारा चुनिएर आएको जनप्रतिनिधिले राज्यको प्रमुख भएर शासन व्यवस्था चलाउनुलाई भनिन्छ । राष्ट्रप्रमुख, राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री आदि सबै जनताद्वारा निर्वाचित भएका हुन्छन् । नेपालमा वि.सं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन हो। नेपालमा हरेक वर्ष जेठ १५ गते राष्ट्रिय पर्वको रूपमा गणतन्त्र दिवस मनाइन्छ । गणतन्त्रले  पुरानो राज्य व्यवस्थालाई हटाएकाे छ । नेपालको प्रथम राष्ट्रपति रामवरण यादव हुन् भने हालको राष्ट्रपति श्री रामचन्द्र पौडेल हुन् । यो वर्ष हामी सत्रौँ गणतन्त्र दिवस मनाउँदैछौँ । यो दिन सातवटै प्रदेशमा दीप प्रज्ज्वलन, खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाइन्छ । त्यसैगरी काठमाडौँको टुँडिखेलमा नेपाल सैनिकले राष्ट्रप्रमुखको उपस्थितिमा विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाउने गरिएको छ।


Read More