Logo

Student Corner

लक्ष्मीपूजा

Written by: Shreenav Bohara - 35024, Grade II

Posted on: 31 May, 2024

 मलाई सबैभन्दा मन पर्ने लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजाको दिन गाईपूजा पनि गरिन्छ । लक्ष्मीपूजाको दिन हामी घर सफा गर्छौं । घर वरपर, ढोका, झ्याल पुछेर फूलको माला लगाउँछौँ । घरअगाडि विभिन्न रङहरू मिलाएर रङ्गोली बनाउँछौँ । हामी घरमा विभिन्न किसिमका बत्ती बालेर घरलाई झिलिमिली बनाउँछौँ । बेलुका भएपछि हामी लक्ष्मीपूजा गर्छौँ र हामी भैलो खेल्छौँ । त्यसैले मलाई लक्ष्मीपूजाको दिन अत्यन्त रमाइलो लाग्छ।