Logo

Student Corner

मेरी बहिनी

Written by: Vedanga Aryal - 34018, Grade III

Posted on: 30 May, 2024

मेरी प्यारी बहिनी 

रुक्माङ्गी हो नाम 

खेल्ने खाने र हाँस्ने

रमाउने उनको काम

दादा दादा भन्छे 

भनेको नभए रुन्छे

भनेको सबै भए

रमाई रमाई खेल्छे

माम खाने भन्दै 

कचौरा बोकी हिँड्छे

पानी पिउने भन्दै

गिलास बोकेर हिँड्छे

जामा लाउँछु भन्दै

तल माथि गर्छे

जामा लगाएपछि

घुम्न जाने भन्छे 

मोजालाई मोजु भन्छे 

पन्जालाई पन्जु भन्छे

मोजु पन्जु लगाएर

दादाको चप्पर लगाउँछु भन्छे॥