Logo

Student Corner

Articles

मेरो देश नेपाल
- Aaron Singh - 32035, Grade II ... 02 February, 2023

मेरो देश नेपाल विश्वको मानचित्रमा आकारमा सानो देखिए पनि प्राकृतिक सौन्दर्यको लागि विश्वमै प्रसिद्ध छ । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा तथा गौतम बुद्धको जन्मभूमिको रूपमा नेपाललाई चिनिन्छ । नेपाल दक्षिण एसियाको एउटा सानो देश हो । हाम्रो छिमेकी राष्ट्र भारत र चीन हो । नेपाललाई ७ प्रदेश र ७७ जिल्लाहरूमा विभाजन गरिएको छ । यहाँ धेरै खोलानाला ताल र झरनाहरू छन् । मेरो देश सौन्दर्यको खानी हो । जलसम्पदाकाे हिसाबले नेपाल धनी देश हो ।  विभिन्‍न प्राकृतिक सम्पदाले भरिएको मेरो देश भन्‍न पाउँदा मलाई गर्व लाग्छ । मेरो देश नेपालमा विभिन्‍न धर्म, संस्कृति, भाषा, जाति र कला भएका मानिसहरूको थलो हो । यहाँ अनेकौँ मठ, मन्दिर, गुम्बा र मस्जितहरू छन् जसले हाम्रो देश नेपाललाई विश्वमै चिनाएको छ । भनिन्छ नेपाल मन्दिरै मन्दिरको देश हो । नेपालमा विभिन्‍न पवित्र तीर्थस्थलहरू छन् । नेपाललाई वीर गोर्खालीको देश भनेर पनि चिनिन्छ । मेरो देश मेरो गौरव हो । त्यसैले हामी सबैले मिली देशको उन्‍नति र विकास गर्नमा सहयोग गर्नुपर्छ । जसले गर्दा अझ गौरव बढ्छ । म नेपाली हुन पाएकोमा अत्यन्त खुसी र गर्व गर्छु ।
 


Read More