Logo

Student Corner

तिहार

Written by: Ujjwol Dhakal - 33023, Grade II

Posted on: 30 January, 2023

नेपालीहरूको महान चाडमध्ये तिहार पनि एक रमाइलो चाड हो । तिहार प्रायजसो कात्तिक महिनामा पर्दछ । तिहार पाँच दिनसम्म मनाइन्छ । तिहारको पहिलो दिन कागपूजा, दोस्रो दिन कुकुरपूजा, तेस्रो दिन गाईपूजा, चौथो दिन गाेरुपूजा र अन्तिम दिन अथवा पाँचौँ दिन भाइटीका हुन्छ । तिहारमा बत्ती र फूलको झिलिमिली हुन्छ । तिहारमा दिदीबहिनीका हातबाट दाजुभाइले टीका लगाउने गर्दछन् र मिठा-मिठा खानेकुरा दिन्छन् । मलाई पनि मेरी दिदीले टीका लगाएर खानेकुराहरू दिनुहुन्छ । तिहार मलाई धेरै रमाइलो लाग्छ ।