Logo

Student Corner

Articles

मेरो देश
- Afreen Ansari - 32032, Grade ... 24 February, 2023

मेरो देशको नाम नेपाल हो । मलाई मेरो देश मन पर्छ । नेपालमा धेरै संस्कृतिहरू छन् । जस्तै नेवार, बाहुन, क्षेत्री, लिम्बु, शेर्पा आदि छन् । नेपालमा सात वटा प्रदेशहरू छन् । प्रदेश १ को नाम अहिलेसम्म राखिएको छैन । प्रदेश २ को नाम मधेस प्रदेश हो । प्रदेश ३ को नाम बाग्मती प्रदेश हो । प्रदेश ४ को नाम गण्डकी प्रदेश हो । प्रदेश ५ को नाम लुम्बिनी प्रदेश हो । प्रदेश ६ को नाम कर्णाली प्रदेश हो । प्रदेश ७ को नाम सुदूरपश्‍चिम प्रदेश हो । नेपालमा ७७ जिल्लाहरू छन् । नेपालमा धेरै हिमालहरू पनि छन् । जस्तै; चन्द्रागिरि र अरु धेरै छन् । नेपालमा हिमालहरू धेरै छन् । जस्तै; सगरमाथा, कञ्‍चनजङ्घा, लोत्से, मकालु,  मनास्लु, धौलागिरी, अन्‍नपूर्ण, हिमालचुली र अरु धेरै हिमालहरू छन् ।
 


Read More
मेरो दसैँ
- Shivyana Poudel - 34036, Grad ... 22 February, 2023

दसैँ नेपालीहरूको ठूलो चाड हो । दसैँमा नयाँ लुगा लगाएँ । दसैँमा जमरा र टीका लगाएँ । म मामाघर गएँ । मेरो मामाघर इटहरी हो । इटहरीमा दसैँकाे मेला हेर्न गएँ । दसैँमा मिठा मिठा खानेकुरा खाएँ । दसैँमा आफूभन्दा ठुलाबाट आशीर्वाद लिएँ । दसैँमा पिङ खेलेँ । मलाई दसैँ एकदमै मन पर्छ । दसैँमा मेरो धेरै पैसा भयो । दसैँमा सबै आफ्नो मान्छेहरूसँग भेट भयो । इटहरीमा रहेको मुक्तिघाट मन्दिर र त्रिवेणी रिसाेर्ट घुम्न गएँ । यसपालिको दसैँ धेरै नै रमाइलो भयो । २०७९ सालको दसैँको बिदापछि पाठशाला खुल्ने भएकाले इटहरीबाट काठमाडौँ आउँदा भने केही नरमाइलो लागेको अनुभव गरेँ ।
 


Read More