Logo

Student Corner

मेरो परिवार

Written by: Prarthana Niraula - 33047, Grade II

Posted on: 23 February, 2023

हाम्राे परिवार ठुलाे छ । मेरो घरमा आठ जना सदस्य हुनुहुन्छ । हामीहरू सबैजना मिलेर बस्छाैँ । मेरो घरमा बुबा, आमा, हजुरबुबा, हजुरआमा, काका, काकी, भाइ र म बस्छौँ । मेरो बुबा कार्यालयमा काम गर्नुहुन्छ । मेरी आमा गृहिणी हुनुहुन्छ । मेरा आमाबुबा धेरै राम्रा हुनुहुन्छ । मेरो घरको वातावरण एकदमै शान्त र राम्रो छ । मेरो घर सफा पनि छ । मेरी आमा बिहान उठेर भगवानको पूजा गर्नुहुन्छ । मलाई मेरा आमा र बुबा प्रति गर्व छ । मेरो परिवार संसारको सबैभन्दा प्यारो र सुखी परिवार हो ।