Logo

Student Corner

मेरो परिवार

Written by: Shambhabi Joshi - 33020, Grade II

Posted on: 21 February, 2023

मेरो नाम साम्भवी जाेशी हाे । हाम्राे घरमा छ जनाकाे परिवार छ ।  हाम्राे घर चाबहिलमा छ । मेरो परिवारको सबैभन्दा जेठाे सदस्य मेरी हजुरआमा हुनुहुन्छ । मेरो परिवारमा हजुरआमा, बुबा, आमा, काका, भाइ र म बस्छाैँ । म सिफल स्कुलमा कक्षा दुईमा पढ्छु । मेरो भाइ डिज्नील्यान्ड स्कुलमा पढ्छ । मेरो बुबा र काका नोकरी गर्नुहुन्छ । मेरो परिवारमा सबैजना मिलेर बस्नु हुन्छ र मिलेर काम गर्नुहुन्छ । हामी पनि मिलेर खेल्छौँ । हामी परिवारमा सबैले एकअर्कालाई सहयोग गर्छौँ । हाम्रो परिवार सुखी र खुसी छ ।