Logo

Student Corner

मेरो दसैँ

Written by: Shivyana Poudel - 34036, Grade I

Posted on: 22 February, 2023

दसैँ नेपालीहरूको ठूलो चाड हो । दसैँमा नयाँ लुगा लगाएँ । दसैँमा जमरा र टीका लगाएँ । म मामाघर गएँ । मेरो मामाघर इटहरी हो । इटहरीमा दसैँकाे मेला हेर्न गएँ । दसैँमा मिठा मिठा खानेकुरा खाएँ । दसैँमा आफूभन्दा ठुलाबाट आशीर्वाद लिएँ । दसैँमा पिङ खेलेँ । मलाई दसैँ एकदमै मन पर्छ । दसैँमा मेरो धेरै पैसा भयो । दसैँमा सबै आफ्नो मान्छेहरूसँग भेट भयो । इटहरीमा रहेको मुक्तिघाट मन्दिर र त्रिवेणी रिसाेर्ट घुम्न गएँ । यसपालिको दसैँ धेरै नै रमाइलो भयो । २०७९ सालको दसैँको बिदापछि पाठशाला खुल्ने भएकाले इटहरीबाट काठमाडौँ आउँदा भने केही नरमाइलो लागेको अनुभव गरेँ ।