Logo

Student Corner

Articles

मेरी हजुरआमा
- Uddhati Bhattarai - 32040, Gr ... 28 February, 2023


मेरी हजुरआमाको नाम गीता तिम्सीना हो । मेरी हजुरआमा ६० वर्ष पुग्नुभयो तर एकदम राम्री देखिनुहुन्छ र मलाई धेरै माया गर्नुहुन्छ । कहिलेकाहीँ खेलौना, लुगाफाटा र चकलेट किनीदिनुहुन्छ । मेरो पढाइको बारेमा पनि सोधिरहनुहुन्छ । म बिरामी हुँदा धेरै चिन्तित हुनुहुन्छ । अहिले हजुरआमालाई सन्चो छैन । उहाँ उपचारको लागि अमेरिकामा हुनुहुन्छ । अहिले उहाँको स्वास्थ्यमा धेरै राम्रो सुधार आएको छ । हरेक दिन हामी फोनमा कुरा गर्छौं । कुरा गर्दा उहाँ निकै खुसी देखिनुहुन्छ । चाँडै निको भएर नेपाल फर्किने कुरा गर्नुहुन्छ । म त्यो दिनको प्रतिक्षामा छु ।
 


Read More