Logo

Student Corner

तिहार

Written by: Krishika Munankarmi - 33050, Grade II

Posted on: 01 March, 2023

तिहार हिन्दुहरूको महत्त्वपूर्ण चाड हो । तिहार पाँचदिनसम्म मनाउँछौँ । तिहारको पहिलो दिन कागतिहार हो । कागतिहारमा कागलाई खाना दिइन्छ । तिहारकाे दोस्रो दिन कुकुरपूजा गरिन्छ । तेस्रो दिन गाईपूजा गरी रातोमाटोले घर लिपेर घरमा फूलमाला लगाएर झिलिमिली बत्ती बालिन्छ र बेलुकी लक्ष्मीको पूजा गरिन्छ । चौथो दिन गोरुपूजा गरिन्छ । अन्तिम दिन भाइटीका हो । यस दिनमा दिदी बहिनीले दाजुभाइलाई टीका माला लगाएर पूजा गर्छन् । एकअर्कालाई उपहार र मिठाइ पनि दिन्छन् । तिहारमा देउसी भैलो पनि खेल्ने चलन छ ।