Logo

Student Corner

हाम्रो खानेकुरा

Written by: Aayash Subedi - 34037, Grade II

Posted on: 21 August, 2023

हामीले सबै किसिमकाे खानेकुरा मिलाएर खानुपर्छ । हामीले सधैँ सन्तुलित खाना खानुपर्छ । हाम्रो शरीरमा भिटामिनको कमी भएमा विभिन्न प्रकारका रोग लाग्न सक्छन् । हामीले विभिन्न राेगहरूबाट बच्न सन्तुलित आहार,सन्तुलित मात्रा र नियमित व्यायाममा विशेष ध्यान दिनु आवश्यक छ । सन्तुलित आहारले सबै उमेरका व्यक्तिहरू जस्तै बालबालिकादेखि वृद्धसम्म र गर्भवती सुत्केरी महिलाहरूलाई पनि स्वस्थ रहन मदत पुर्‍याउँछ । फलफूल र तरकारीहरूले हामीलाई भिटामिन दिन्छन् । हामीलाई बढ्नकाे लागि तागत चाहिन्छ । भात, राेटी आदिले तागत दिन्छन् । हामीले खानामा दुध, दही, अन्डा , माछा र फलफूल खानुपर्छ । हामीले दिनहुँ सफा र ताजा खानेकुरा खानुपर्छ ।