Logo

Student Corner

घरको खानेकुरा

Written by: Sanskaar Marasini Pradhan - 34048, Grade II

Posted on: 17 August, 2023

हामीले घरको खानेकुरा खानुपर्छ । घरको खानेकुराले हामीलाई स्वस्थ बनाउँछ र तागत दिन्छ । बजारको खानेकुराले हामीलाई तागत दिँदैन । बजारका खानेकुराहरू अस्वस्थ हुन्छन् । घरको खानेकुरामा धेरै चिल्लो र तेल हुँदैन । घरको खानेकुरा सस्तो पर्छ भने बजारका खानेकुराहरू महङ्गा हुन्छन् । हामीले घरमा बनाइएका खानेकुराहरूका साथसाथै ताजा फलफूल पनि खानुपर्छ । मेरो घरकाे करेसाबारीमा आरू, कर्कलाे, खुर्सानी, मेवा र किम्बु जस्ता थरीथरीका  फलफूल र  तरकारीहरू फलेका छन् । यी सबै खानेकुराहरूले मलाई स्वस्थ बनाउँछ ।