Logo

Student Corner

स्याउ

Written by: Medhanshi Bhattarai - 33035, Grade III

Posted on: 16 August, 2023

स्याउको बिरुवा तयार गर्न सबैभन्दा पहिला हामीलाई स्याउका दानाहरू चाहिन्छन् । हामीले ती दानाहरू फल स्याउबाट लिन सक्छौँ । एउटा स्याउबाट आएको दानाहरूलाई सर्वप्रथम हामीले तयार गरिएको जमिनमा राेप्छाैँ । त्यसमा अलिकति मल र थोरै पानी हालेर केही दिनसम्म निरन्तर राख्छाैँ  र ती दानाहरू फुट्छन् । त्यसबाट साना बिरुवा निस्कन्छन् । ती बिरुवालाई हामीले लगभग दुई हप्तासम्म पानी हालेर राखेपछि तिनीहरू अलि ठुला हुन्छन् । ती बिरुवाहरूलाई सार्न छुट्टै ठाउँमा मल र माटो हालेर तयार गरिन्छ । ती ठुला भएका स्याउका बिरुवालाई एक एक गरी खल्डाे बनाएर सारिन्छ । खाल्डो बनाएर जमिनमा सारिएका  बिरुवाहरू सप्रदै तयार हुन्छन् । नेपालमा स्याउ मुख्यगरी चिसो हावापानी भएको हिमाली ठाउँमा जस्तैः जुम्ला मुस्ताङमा रोपिन्छ । माटाेमा रोपेको तीन वर्षपछि स्याउका बोटहरूले फल दिन थाल्दछन् । यसरी फलाएका स्याउ खानेबेला भएपछि टिपिन्छ र बजारसम्म बिक्री वितरणका लागि पनि लगिन्छ ।