Logo

Student Corner

Articles

मेरो भाइ
- Yug Shrestha - 33034, Grade I ... 30 November, 2023

 मेरो सानो भाइ छ । उसको नाम शिभान्त श्रेष्ठ हो । भाइ एक वर्षको भयो । भाइलाई धेरै कुरा गर्न मन पर्छ । भाइ हँसिलाे र चकचके छ । ऊ बामे पनि सर्छ । भाइ उभिन पनि कोसिस गर्छ । ऊ माेबाइल नहेरी पटक्कै खाना खान मान्दैन । भाइ रोटी, हलुवा, भात खान मन पराउँछ । आजकाल लिटो पनि खान्छ । दुध, भात, आलु उसको मन पर्ने खाना हो । ठुलो मान्छे जसरी नक्कल गर्छ । बाहिर हेर्न जान मन पराउँछ । बाहिर हेर्न जाने भनेपछि धेरै खुसी हुन्छ । बाहिर जान पाएन भने धेरै रुन्छ र कराउँछ । उसलाई पानीमा खेल्न असाध्यै मन लाग्छ । ऊ चरा र कुकुर देखेर खुसी हुन्छ । हामीलाई चराको नक्कल गरेर हसाउँछ । मेरो भाइ चिनेको मानिससँग मात्र जान खोज्छ । अरुले उसलाई लिन खोजेमा  नमानेर ठुलो स्वरमा चिच्याउँछ । धेरै रमाइलो किसिमको छ मेरो भाइ ऊ साहसिक पनि छ 

। उसले खेलौना पनि खेल्छ । उसलाई बलहरू पनि खेल्न मन पर्छ । मलाई मेरो भाइ मन पर्छ । भाइले पनि मलाई मन पराउँछ ।


 


Read More
सिफल नाइट
- Sujeev Sapkota - 33056, Grade ... 29 November, 2023

सिफल नाइट २०८०/०४/१९ गते सम्पन्न भएको थियो । मलाई सिफल नाइटमा धेरै रमाइलो भएको थियो । कार्यक्रममा मेरा बुबा, भाइ र आमा आउनुभएको थियो । मैले कार्यक्रममा गीत गाएँ, नाचेँ र संस्कृत श्लोकहरू पनि वाचन गरेँ । मैले कविता पनि वाचन गरेको थिएँ । त्यहाँ सुरुमा राष्ट्रिय गानाबाट कार्यक्रम सुरुवात भएको थियो । त्यसपछि इधा, म र सरुनसँग कक्षा चारका दाइदिदीहरू मिलेर स्वस्तिवाचन गर्‍याैँ ।  गीतहरू सबै सकिएपछि कविता वाचन पनि भयो अनि नाच्ने बेला आयो र हामीले रमाइलोसँग नृत्य गर्‍याैँ । नाटक पनि निकै रमाइलो भयो । अन्त्यमा हामीले आफ्नो पोसाक फेरेर घर गयौँ र हाम्रा बाबाममी र हामी त्यस दिन धेरै खुसी भएका थियौँ ।


 


Read More
हाम्रो देश नेपाल
- Eedha Bista - 33045, Grade II ... 27 November, 2023

हाम्रो देशको नाम नेपाल हो । हाम्रो राष्ट्रिय जनावर गाई हो । हाम्रो राष्ट्रिय चरा डाँफे हो । हाम्रो राष्ट्रिय रङ सिम्रिक हो । हाम्रो राष्ट्रिय खाना दालभात, तरकारी हो । हाम्रो देश नेपाल सानो छ । हाम्रो देशको लामो नदी कर्णाली हो । हाम्रो देशको ठुलो नदी कोसी हो । नेपालको छिमेकी देश चीन र भारत हुन् । नेपालको राजधानी काठमाडौँ उपत्यका हो । हाम्रो देशको राष्ट्रिय गीत व्याकुल माइलाले लेखेका छन् । नेपालमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । सगरमाथा नेपालमा रहेकाे विश्वकै अग्लो हिमाल हाे । संसारभरि सगरमाथालाई ‘माउन्ट एभरेस्ट’को नामले चिनिन्छ । हाम्रो देश नेपाल चीन भारतको बिचमा छ । नेपालको उत्तरमा चीन र नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ । हाम्रो देश नेपाल दुई देशबिचको सानो तरुल हो । हाम्रो देश नेपाल सानो देश भएपनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । हाम्रो देश नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छन् । हिमाली भागमा अग्ला अग्ला हिमालहरू पर्दछन् । संसारको दशवटा अग्ला हिमालहरूमध्ये आठवटा नेपालमा पर्दछन्  जस्तैः सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्हाेत्से, चाेयु, मनास्लु, धवलागिरि, अन्नपूर्ण हुन् । नेपालको पहाडी भागमा वनजङ्गल र थुप्रै नदीनालाहरू पर्दछन् । यिनै वनजङ्गल र नदीनालाहरूले गर्दा नेपाललाई “हरियो वन नेपालको धन” भन्ने उखान गरिन्छ । नेपालको तराई भागमा थुप्रै अन्नहरू उत्पादन हुन्छन् । नेपाललाई “चार जात छत्तिस वर्णको साझा फूलबारी” भनेर पृथ्वीनारायण शाहले भनेका हुन् । नेपाललाई भगवान गौतम बुद्ध जन्मेको ठाउँ भनेर चिनिन्छ । नेपाललाई शान्तिको देश मानिन्छ । नेपालमा विभिन्न जातजाति, भाषाभाषी र विभिन्न धर्मावलम्बीका मानिसहरू मिलेर बसेका छन् ।

 


 


Read More