Logo

Student Corner

Articles

मेराे घर
- Aamnaya Raj Dhungel - 33002, ... 05 December, 2023

 मेरो घर तीन तलाको छ । मेरो घरको तेस्रो तलासम्ममा अरु मानिसहरू बस्छन् । घरकोमाथि दुईवटा छाना छन् । मेराे घरमा धेरैवटा गमलाहरू छन् । मेरा घरमा धेरै कोठाहरू छन् । मेरो घरमा सुत्ने कोठा तीनवटा छन् । मेरो घरमा दुईवटा टि.भी छन् र तीनवटा बस्ने साेफा छन् । म मेरी दिदी, आमा, बाबा र हजुरआमासँग बस्छु । मेरो घरको आँगन सानो छ । आगनसँगै एउटा बगैँचा छ । बगैँचामा धेरै फूलहरू फुलेका छन् । मेरो घरमा सानो मन्दिर छ । खेल्ने कोठा छ र धेरै खेलौनाहरू छन् । मेरो घरको वरिपरि धेरै घरहरू छन् । म गौरीघाटको टोलमा बस्छु । मेरो घरमा भान्छाकोठा सफा छ । भान्छाकोठामा  कचौरा, गिलास, चम्चा, थालहरू आदि छन् । मेरो घरमा खानेकुरा राख्ने छुट्टै कोठा छ । मेरो घर छिर्ने ढाेका अगाडि एउटा ठुलाे मूल ढाेका पनि छ । हामी त्यही ढाेकाबाट भित्र बाहिर गर्छौँ मलाई मेरो घर राम्रो लाग्छ ।


 


Read More
मेरो गाउँघर
- Abhinya Ghimire - 34042, Grad ... 04 December, 2023

मेरो गाउँ ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा पर्छ । मेरो गाउँको नाम धुसेनी हो । गतवर्षकाे दसैँमा म गाउँ गएकाे थिएँ । मेरो गाउँको घरमा हजुरबा र हजुरबुबा हुनुहुन्छ । मलाई दुवैजनाले धेरै माया गर्नुहुन्छ । मेरो गाउँको सिरानमा चम्पादेवी माताको मन्दिर छ । जङ्गलको बिचमा रहेको मन्दिर धेरै सुन्दर र रमाइलो छ । हामी सबैजना मन्दिरमा दर्शन गर्न गयाैँ । मन्दिर छेउको जङ्गलमा धेरै थरीका चराहरू जस्तै: काग, परेवा, काेइली, चिबे, ढुकुर, कालिज र भँगेरा थिए । यसका साथै जङ्गली जनावरहरू जस्तै : मृग, बाँदर, घाेरल र चितुवा पनि थिए । मैले गाउँको जङ्गलमा चिलाउने, उत्तिस र पिपलका ठुला  ठूला रुखहरू पनि देखेँ । गाउँमा भएको जङ्गलमा मलाई धेरै रमाइलो भयो । जङ्गल घुमेपछि हामी घरमा आएर मिठो खानेकुरा खाएर रमाइलो गर्‍याैँ । दशमीको दिन हामी सबैले हजुरबुबा र हजुरआमाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिएर पिङ खेल्न गयाैँ । पिङ भएको ठाउँमा गाउँघरका सबैजना नयाँ कपडा लगाएर पिङ खेल्न आएका रहेछन् । हामी सबैजना मिलेर पिङ खेलेर रमाइलो गर्‍याैँ । मलाई मेराे गाउँघर रमाइलाे लाग्छ । 


 


Read More