Logo

Student Corner

मेरो विद्यालय

Written by: Aarshika Poudyal - 34041, Grade II

Posted on: 28 November, 2023

मेरो विद्यालयकाे नाम सिफल स्कुल हो । मेरो विद्यालय सिफल चउर नजिकै छ । यस विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । यस विद्यालयको प्रधानाध्यापकको नाम विजयकुमार श्रेष्ठ हो ।  मेरो विद्यालयमा बास्केटबल, टेबलटेनिस, तेक्वान्दो, फुटबल जस्ता खेलहरू खेलाइन्छ । मेरो विद्यालयमा थरी थरीका पुस्तकहरू पढ्नको लागि एउटा ठूलो पुस्तकालय पनि छ । मेरो विद्यालयका कक्षाकोठाहरूको नाम नेपालको विभिन्न प्रसिद्ध हिमालको नामहरूबाट नामाकरण गरिएको छ । जस्तैः मकालु, चाेयु, ल्हाेत्से, कञ्चनजङ्घा, नीलगिरि इत्यादि । मलाई मेराे विद्यालय मन पर्छ ।