Logo

Student Corner

मेरो भाइ

Written by: Yug Shrestha - 33034, Grade III

Posted on: 30 November, 2023

 मेरो सानो भाइ छ । उसको नाम शिभान्त श्रेष्ठ हो । भाइ एक वर्षको भयो । भाइलाई धेरै कुरा गर्न मन पर्छ । भाइ हँसिलाे र चकचके छ । ऊ बामे पनि सर्छ । भाइ उभिन पनि कोसिस गर्छ । ऊ माेबाइल नहेरी पटक्कै खाना खान मान्दैन । भाइ रोटी, हलुवा, भात खान मन पराउँछ । आजकाल लिटो पनि खान्छ । दुध, भात, आलु उसको मन पर्ने खाना हो । ठुलो मान्छे जसरी नक्कल गर्छ । बाहिर हेर्न जान मन पराउँछ । बाहिर हेर्न जाने भनेपछि धेरै खुसी हुन्छ । बाहिर जान पाएन भने धेरै रुन्छ र कराउँछ । उसलाई पानीमा खेल्न असाध्यै मन लाग्छ । ऊ चरा र कुकुर देखेर खुसी हुन्छ । हामीलाई चराको नक्कल गरेर हसाउँछ । मेरो भाइ चिनेको मानिससँग मात्र जान खोज्छ । अरुले उसलाई लिन खोजेमा  नमानेर ठुलो स्वरमा चिच्याउँछ । धेरै रमाइलो किसिमको छ मेरो भाइ ऊ साहसिक पनि छ 

। उसले खेलौना पनि खेल्छ । उसलाई बलहरू पनि खेल्न मन पर्छ । मलाई मेरो भाइ मन पर्छ । भाइले पनि मलाई मन पराउँछ ।