Logo

Student Corner

Articles

हाेली
- Sambid Dhakal - 2029031, Grad ... 28 February, 2021

हाेली रङै रङको चाडपर्व हो। होलीमा पिच्कारीमा पानी र रङ हालेर खेल्न सकिन्छ। मलाई होली खेल्न रमाइलो लाग्छ ।  हाेलाीलाई फागु पूर्णिमा पनि भनिन्छ। हाेली एक अर्कालाई पानी र रङ छ्यापेर मनाइन्छ तर हामीले नचिनेको मान्छेलाई छ्याप्नु हुँदैन। हामीले आफ्ना साथीहरूसँग मात्रै हाेली मनाउनुपर्छ। हाेली मलाई मन पर्ने दोस्रो पर्व पनि हो । याे चाड वर्षमा एकचोटि मात्रै आउँछ। त्यसैले हामीले होलीमा धेरै रमाइलो गर्नुपर्छ। होलीमा म साथीहरूसँग रमाइलो हुने गरी खेल्छु । हाेलीलाई  हिन्दूको लोकप्रिय चाड पनि भनिन्छ। म होली खेल्ने बेलामा हाेलीकै लुगा लगाउँछु । अघिल्लाे वर्ष कोरोनाका कारण मैले हाेली धेरै खेल्न पाइनँ। यसपालि पनि मैले होली खेल्न नपाउने सम्भावना छ किनभने कोरोनाका संक्रमितहरू अझै छन् र अझै पनि कोराेना फैलिरहेको छ ।


Read More
मेराे पुस्तकालय
- Sakrit Sigdel - 2030035, Grad ... 23 February, 2021

मेरो घरमा धेरै किताबहरू राखिएका छन् । हामीले किताबहरू मिलाएर त्यसलाई पुस्तकालय बनाएका छौँ ।  त्यहाँ अंग्रेजी हिन्दी र नेपालीमा लेखिएका धेरै विषयका किताबहरू छन् । एकदिन बाबा र म मिलेर किताब राख्ने दराजबाट सबै किताबहरू झिक्यौँ । हामीले छुट्टाछुट्टै विषयका किताबहरू दराजको फरक-फरक कोठामा मिलाएर राख्याैँ । बाबाले दराजको एउटा कोठा खाली राख्नुभयो । त्यो कोठामा मेरा जति सबै किताबहरू राखिदिनुभयो । त्यहाँ सुरी र हजुरआमा , आमा,  भानुको मन्त्र, छिमेकी जस्ता धेरै नेपाली कथाका किताबहरूका साथै अंग्रेजी कथाका किताबहरू छन् । त्यहाँ बृहत् शब्दकोश र चित्रमा रङ भर्ने जस्ता धेरै किसिमका किताबहरू छन् । त्यस दिनदेखि मेरो घरमा छुट्टाछुट्टै किताबहरू भएको पुस्तकालय तयार भयो । मेरो छुट्टै पुस्तकालय भएकोले म खुसी भएँ र बाबा मामुलाई धन्यवाद दिए ।


Read More