Logo

Student Corner

मेराे पुस्तकालय

Written by: Sakrit Sigdel - 2030035, Grade II

Posted on: 23 February, 2021

मेरो घरमा धेरै किताबहरू राखिएका छन् । हामीले किताबहरू मिलाएर त्यसलाई पुस्तकालय बनाएका छौँ ।  त्यहाँ अंग्रेजी हिन्दी र नेपालीमा लेखिएका धेरै विषयका किताबहरू छन् । एकदिन बाबा र म मिलेर किताब राख्ने दराजबाट सबै किताबहरू झिक्यौँ । हामीले छुट्टाछुट्टै विषयका किताबहरू दराजको फरक-फरक कोठामा मिलाएर राख्याैँ । बाबाले दराजको एउटा कोठा खाली राख्नुभयो । त्यो कोठामा मेरा जति सबै किताबहरू राखिदिनुभयो । त्यहाँ सुरी र हजुरआमा , आमा,  भानुको मन्त्र, छिमेकी जस्ता धेरै नेपाली कथाका किताबहरूका साथै अंग्रेजी कथाका किताबहरू छन् । त्यहाँ बृहत् शब्दकोश र चित्रमा रङ भर्ने जस्ता धेरै किसिमका किताबहरू छन् । त्यस दिनदेखि मेरो घरमा छुट्टाछुट्टै किताबहरू भएको पुस्तकालय तयार भयो । मेरो छुट्टै पुस्तकालय भएकोले म खुसी भएँ र बाबा मामुलाई धन्यवाद दिए ।