Logo

Student Corner

यसपालिको दसैँ

Written by: Siddhartha Chaulagain - 2029037, Grade III

Posted on: 02 March, 2021

मैले दसैँमा दुर्गा भवानीको पूजा गरेँ । मैले आमाबुबाबाट टीका र जमरा लगाएँ । मैले बहिनीलाई टीका र जमरा लगाई दिएँ । मैले दसैँमा चङ्गा पनि उडाएँ । म मामाघर गएँ । मामाघरमा हजुरबुबा, हजुरआमा, मामा, माइजू, दादा र दिदीहरूका हातबाट मैले टीका र जमरा लगाएँ । मलाई सबै जनाले टीका जमरा लगाई आशीर्वाद दिनुभयो । मैले सेलरोटी मासु तरकारी अचार आदि खाएँ । यसपालिको दसैँ मेराे रमाइलाेसँग बित्याे ।