Logo

Student Corner

दसैँ बजार घुमघाम

Written by: Shiwanshu Kuikel - 2029034, Grade III

Posted on: 01 March, 2021

म दसैँमा बुबाआमासँग चाबहिल बजार गएँ । बजारमा धेरै भिड थियो बजारमा मलाई बुबाले पाइन्ट र सर्ट किनिदिनुभयो ।  बहिनीलाई पनि जामा किनिदिनुभयो । मैले बजारमा खेलाैँना पनि किनेँ । मैले त्यहाँ चटक पनि हेरेँ । बजार रमाइलो र झिलिमिली थियो । मलाई त्यहाँ आइसक्रिम र मःम खान मन लाग्यो । बुबाले मलाई आइसक्रिम पनि खुवाउनुभयो । बजारमा बुबाले तरकारी पनि किन्नुभयो । हामीले करिब तीन घन्टाजति बजार घुम्दा धेरै रमाइलो भयाे । हामीलाई घरमा चाहिँने अरू सामानहरू पनि किनेर हामी घर फर्कियौँ ।