Logo

Student Corner

हाेली

Written by: Presley Bhattarai - 31020, Grade III

Posted on: 15 November, 2021

हाेली मलाई मन पर्ने पर्व हो । होली हामी पानीसँग खेल्छौँ । यो रङहरूको पनि पर्व हो । हाेली फागुनकाे पूर्णिमामा पर्दछ । हाेलीलाई फागुपूर्णिमा पनि भनिन्छ । होली रमाइलो पर्व हाे । यसलाई दुई दिनसम्म मनाइन्छ । पहिलो दिन पहाडी क्षेत्रमा मनाइन्छ भने दोस्रो दिन तराई क्षेत्रमा होली खेलेर मनाइन्छ । यस दिन सबै स्कुलहरू बन्द हुन्छन् । यो पर्वमा एकअर्कालाई रङ लगाएर खेलिन्छ । मेरो जन्मदिन पनि हाेलीकै बेलामा पर्छ । हामी होलीमा मिठाई खान्छाैँ । खानेकुरा पनि मिठा मिठा खाएर हामी राम्रा कपडा लगाएर नुहाएर बस्छौँ । होलीको दिन निकै रमाइलो हुन्छ । हामीले दिनभरि होली खेल्नु पनि हुँदैन । यसले चिसो लाग्ने सम्भावना बढ्छ । म लगाएत मेरा सबै साथीहरू यस दिन निकै रमाइलो मान्छन् । होली एउटा खुसीको पर्व हो ।