Logo

Student Corner

समय

Written by: Aaron K.C - 31004, Grade III

Posted on: 12 November, 2021

मानव जीवनमा समयको निकै ठुलो महत्त्व रहेको हुन्छ । हामीले सबै काम समयमा नै गर्नुपर्छ । समयले कसैलाई पनि पर्खिदैँन । गइसकेकाे समय पनि कहिल्यै फिर्ता आउँदैन । त्यसैले हामीहरू समयसँगै चल्नुपर्छ । बिहान सबेरै उठेर हातमुख धुने, गृहकार्य गर्ने, खाना खाने, विद्यालय जाने, विद्यालयमा पढ्ने, खेल्ने र घरमा सुत्ने जस्ता सबै कामहरू समयमा नै गर्नुपर्छ । समयलाई पालना गर्ने मानिस सधैँ सफल हुन्छ ।