Logo

Student Corner

माेबाइल

Written by: Ritvik Singh Bhandari - 31039, Grade III

Posted on: 27 January, 2022

माेबाइल फाेन मानिसका लागि अत्यावश्यक वस्तु भइसकेको छ । मोबाइलबाट एक अर्कासँग कुरा गर्न सक्छौँ । यसमा एक अर्काको फोटो हेरेर पनि कुरा गर्न मिल्छ । मोबाइलबाट फोटो खिच्न, गेम खेल्न, समाचार हेर्न, टिकटक बनाउन, फेसबुक चलाउन, युटुब हेर्न, गीत सुन्न आदि कामहरू गर्न सकिन्छ । मोबाइल धेरै फाइदाजनक छ, तर मोबाइलका बेफाइदा पनि छन् जस्तैः मोबाइल धेरै चलाउँदा आँखा र हात दुख्ने हुन्छ । गेम खेल्दा दिमागमा असर पर्न सक्छ । त्यसैले हामीले मोबाइल फोनलाई सही तरिकाले राम्ररी चलाउनुपर्छ ।