Logo

Student Corner

Articles

सामाजिक सञ्जाल
- Prasanna Dhungel - 28021, Gra ... 13 September, 2022

सामाजिक सञ्जाल एक उपकरण हो । यसकf सुविधाहरूको कारण आजकल धेरै लोकप्रिय भइरहेको छ। फेसबुक, इन्स्टाग्राम, ट्वीटरजस्ता सामाजिक सञ्जालले मानिसहरूलाई दूरीमा एकअर्कासँग जडान गर्ने मौका दिइरहेका छन् । कसैले यसको सदुपयोग गर्छ भने कसैले गर्दैन । आजको समाजमा मानिसहरूले जे गर्न पनि सामाजिक सञ्जाल मै भर पर्छन् । जस्तै कुनै ठाउँबाट सामान वा खाना मगाउन, मनोरन्जनको लागि, देश वा विदेशमा घटेको घटना वा समाचार सुन्नको लागि आदि । सामाजिक सञ्जालको सकारात्मक पक्ष पनि छन्  र नकारात्मक पक्ष पनि छन् । पहिला हामी सकारात्मक पक्षबाट सुरु गरौँ ।

हामीले  सामाजिक सञ्जालको सकारात्मक पक्षतिर हेर्‍‍याैँ भने हामी धेरै फाइदाहरू पाउँन सक्छौँ । सबैभन्दा महत्त्वपूर्ण यो शिक्षाको लागि एक महान उपकरण हो। हामीले सामाजिक सञ्जालबाट धेरै कुराहरू सिक्न सक्छौँ र अनलाइन पनि पढ्न सक्छौँ । सामाजिक सञ्जालद्वारा हामीले विश्वभरिका समाचारबारे जान्न सक्छौँ । यसले मानिसलाई संसारभरिका समस्याहरूबारे सचेत गराउँछ । सामाजिक सञ्जालले गर्दा लामो दूरीमा बस्ने मानिसहरूको बीच कुरा गर्न पनि सकिन्छ । हामीले सामाजिक सञ्जालद्वारा अनलाइन किताब वा इबुकहरू पनि पढ्न सक्छौँ । सामाजिक सञ्जालको माध्यमबाट हामीले रोजगारीको राम्रो अवसर पनि प्राप्त गर्न सकिन्छ । अर्को फाइदा निश्चित रूपमा कम्पनीहरूलाई फाइदा पुर्‍याउँछ । सामाजिक सञ्जालद्वारा हामी विभिन्न सामानहरूको विज्ञापन पनि गर्न सक्छौँ ।

सामाजिक सञ्जालका यस्ता विभिन्न फाइदाहरू भए पनि सामाजिक सञ्जाललाई समाजको सबैभन्दा हानिकारक तत्त्वहरूमध्ये एक मानिन्छ। यदि सामाजिक सञ्जालको प्रयोगमा निगरानी गरिएन भने यसले नकारात्मक परिणाम निम्त्याउन सक्छ । आजकलका बालबालिकाहरू जहिले पनि  सामाजिक सञ्जाल नै हेरेर बस्छन्, यो पनि सामाजिक सञ्जालको एउटा नकारात्मक पक्ष हो । यसका धेरै नकारात्मक पक्षहरू छन्  तर हामीले यसको सदुपयोग गर्नुपर्छ ।


Read More
अनुशासनको महत्त्व
- Kristina Rai - 27006, Grade V ... 12 September, 2022

अनुशासन मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण गुणमध्ये एक हो । अनुशासन भनेको इमान्दार, मेहनती, उत्प्रेरित र जीवनभर सक्षम भएर रहनु हो । अनुशासन मानव जीवनको धेरै महत्त्वपूर्ण कुरा हो किनभने यसले व्यवहार कायम राख्न मद्दत गर्दछ । अनुशासनले नै लक्ष्य प्राप्त मदत गर्दछ । त्यसैले यसले हामीलाई सफलताको बाटो देखाउँछ । अनुशासनले जीवनमा व्यवस्थित रहनको लागि राम्रो आधार स्थापित गर्दछ । राम्रो अनुशासित भएको व्यक्तिले नै भविष्यमा सफलता प्राप्त गर्ने छ र जीवन सहज बनाउने छ। अझ विद्यार्थीका लागि त झन् अनुशासन धेरै महत्त्वपूर्ण हुन्छ ।

अनुशासनले विद्यार्थीहरूलाई उनीहरूको अध्ययनका साथै उनीहरूको जीवनका अन्य क्षेत्रहरूमा केन्द्रित र उत्प्रेरित हुन सिकाउँछ । विद्यार्थी जीवनमा अनुशासनले सबै कुरा प्रति आकर्षित गरेको छ, । यस कारणले विद्यार्थीहरूले आफ्नो जीवनको प्रत्येक क्षेत्रमा सफलता प्राप्त गरेका छन् । एक  अनुशासित विद्यार्थीले आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्छ । त्यसैले विद्यार्थीको जीवनमा अनुशासनलाई सफलताको सबैभन्दा मुख्य स्रोत भनिन्छ ।   मानिस राम्रो अनुशासित भएमा जीवन सकारात्मक गाेरेटाेतिर माेडिन्छ । यसले विद्यार्थीलाई शान्त र संयमित रहन मद्दत गर्छ । त्यतिमात्र नभई  विद्यार्थीलाई ध्यान कायम राख्न र समस्याहरूसँग अगाडि बढ्न मद्दत गर्दछ । एक अनुशासित विद्यार्थीमा आत्म-नियन्त्रण गर्ने शक्ति हुन्छ । उचित अनुशासनले विद्यार्थीहरूलाई सबै कुराप्रति सकारात्मक मनोवृत्ति निर्माण गर्न मद्दत गर्छ । यसले उनीहरूलाई विस्तारै स्थिर रूपमा आफ्नो व्यक्तिगत विशेषताहरू सुधार गर्न मद्दत गर्दछ । अनुशासनले विद्यार्थीको शैक्षिक उपलब्धिहरूमा सकारात्मक प्रभाव पार्छ । सामाजिक स्वरूपअनुसार कुनै एक अनुशासित व्यक्तिलाई नै समाजले सम्मानित गर्दछ । यसरी अनुशासनमा रही कुनै विद्यार्थी अरू कोहीका लागि एक प्रेरणाको स्रोत पनि बन्न सक्छ । आफ्नो लक्ष्य हासिल गर्नको लागि सम्मानजनक व्यक्तित्व बनाउँछ ।  राम्रो अनुशासनले समाजप्रति सकारात्मक दृष्टिकोण उत्पन्न गर्दछ । 
अनुशासित व्यक्तिले सधैँ अरूको लागि राम्रो उदाहरण बनाउँछ। यसले आत्मविश्वास र ठुलो काम गर्न उत्सुकता ल्याउने गर्छ। अनुशासनले नै इमानदारी र गम्भीरताको अनुभूति ल्याउँछ । उचित अनुशासनबिना सुखी र सुरक्षित जीवन जिउन गाह्रो हुन्छ । हाम्राे  विकासको लागि उचित आत्म-नियन्त्रण, धैर्यता, सकारात्मक मनोवृत्ति, र कडा परिश्रम भविष्यका लागि धेरै महत्त्वपूर्ण छन्  ।अनुशासनले व्यक्तिगत समस्याहरूलाई सम्बोधन गर्न, शान्तिपूर्ण र सम्मानजनक समाजको विकास गर्न मद्दत गर्छ ।  त्यसैले अनुशासनमा बसेर जिउनु नै उचित छ ।

निष्कर्षमा भन्नुपर्दा अनुशासनले प्रत्येक व्यक्तिलाई नियन्त्रणमा राख्छ।  यसले व्यक्तिलाई जीवनमा प्रगति गर्न र सफलता हासिल गर्न प्रेरित गर्छ ।  यसबाहेक, सबैसँग अनुशासनको आफ्नै सम्भावना रहेको छ । अनुशासन नै सफलताको मुख्य स्रोत हो। 
 


Read More
समाज
- Sakshi Singh - 29027, Grade V ... 12 September, 2022

समाज हामी सबै मानिसकाे मन साझा घर हाे । हरेक कामका लागि हामी मानिसलाई समाज चाहिन्छ । समाजविना मानिसले केही गर्न सक्दैन । समाजमा  बस्ने मानिसमा आपसी  मेलमिलाप र सहयाेगकाे भावना हुनु आवश्यक छ । समाजमा राम्राे व्यवहार देखाएमा सबैले मन पराउँछन् तर समाजमा राम्रो व्यवहार नदेखाएमा हामी टिक्न कठिन हुन्छ ।  पुरुष वा महिला साँच्चै नराम्रो छ र नराम्रो छ भन्ने कुरा व्यक्तिकाे बाेलीचाली र व्यवहारबाट थाहा हुन्छ  ।  समाजमा हामीले एकअर्कालाई समस्या पर्दा  कुनै पनि कुरामा मद्दत गर्नुपर्छ तब हामी सहयोगी व्यक्ति हुनेछाैँ  जसबाट मानिसहरूले हामीलाई कुनै पनि अवस्थामा विश्वास गर्न सक्छन् ।  तपाईलाई केही समस्या भएको समयमा समाजका मानिसहरूले तपाईलाई पक्कै मद्दत गर्नेछन् ।  यसले तपाईंलाई राम्रो बनाउनेछ तपाईं एकअर्कासँग व्यावहारिक हुनुपर्दछ र त्यसपछि तपाईंले व्यक्तिको अगाडिभन्दा बढी राम्रोसँग थाहा पाउनुहुनेछ ।तपाईंले स्कुल, कलेज, घरमा देखाउनुहुने व्यवहार जसले तपाईंको व्यवहारमा तपाईं कस्तो हुनुहुन्छ भनेर पनि पहिचान गर्दछ।  समाज त्यो ठाउँ हो जहाँ सबै जातिको बसोबास एक वा दुई मात्र होइन धेरैजसो लिम्बू, क्षेत्री, राजपुत, गुरुङ, नेवारी, बाहुन आदि हुन्छन् । त्यसको मतलब यो होइन कि आफूजस्तै जातिलाई लैजाने हो ।  होइन हामीले यो गर्नु हुँदैन हामी सबैको नजिक हुनुपर्दछ जो तपाईको नजिक बस्छन्। हामीले जातिको आधारमा मानिसहरूलाई भेदभाव गर्नुहुँदैन । हामीले सबैसँग नजिक र ध्यान दिने हुनुपर्छ ।  यदि हामीले तिनीहरूसँग कुरा गर्नुभएन भने तिनीहरूले वास्तवमै नराम्रो र एक्लो महसुस गर्नेछन्  ।  त्यसैले  भेदभाव गर्ने कामकाे हामीले सबैसँग हस्तक्षेप गर्नुपर्छ र स्वच्छ र समुन्नत समाज बनाउनुपर्दछ ।


Read More
स्वास्थ्यको महत्त्व
- Aarav Yadav - 28025, Grade VI ... 09 September, 2022

शारीरिक र मानसिक रूपमा स्वस्थ शरीरको अवस्थालाई स्वास्थ्य भनिन्छ। राम्रो स्वास्थ्य सफलताको कुञ्जी हो। यो त्यस्तो चीज हो जुन न किनिन्छ न बेचिन्छ तर मर्मत गरिन्छ। जो बिरामी छ त्यो ओछ्यानमा सीमित रहन्छ।

स्वास्थ्य जीवनको धेरै महत्त्वपूर्ण पक्ष हो। मानिसको शारीरिक र मानसिक स्वास्थ्यले मानिसको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । जीवनमा रोगको अनुपस्थितिले मानिसलाई  लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न सक्षम बनाउँछ। जब व्यक्ति स्वस्थ हुन्छ, उसले उत्पादनशील रूपमा काम गर्न सक्छ। एक बिरामी व्यक्तिलाई जीवनको आनन्द लिन, बाहिर निस्कन र प्रकृतिको सौन्दर्यको साँच्चै कदर गर्न गाह्रो हुन्छ। स्वस्थ व्यक्तिहरूले काममा राम्रो प्रदर्शन गर्छन् र जीवनमा फस्टाउँछन्। कमजोर स्वास्थ्य भएको व्यक्तिलाई आफ्नो भन्नु केही हुँदैन। स्वस्थ रहनुका धेरै फाइदाहरू छन्, जसमा चुनौतीपूर्ण परिस्थितिहरूबाट निको हुन सक्ने क्षमता, कठिनाइसँग समायोजन गर्ने, जीवनमा सन्तुलन खोज्ने र सुरक्षित र सुरक्षित महसुस गर्ने क्षमता समावेश छ। उत्कृष्ट स्वास्थ्य कायम राख्नको लागि पर्याप्त निन्द्रा लिनुपर्छ र चाँडै उठ्नुपर्छ। भनिन्छ, चाँडै उठ्ने र सुत्नेले मानिसलाई धनी, बुद्धिमान र स्वस्थ बनाउँछ। यदि ऊ स्वस्थ रहन चाहन्छ भने
उसले यो आज्ञा पालन गर्नुपर्छ। थप रूपमा, नियमित व्यायामले उत्कृष्ट स्वास्थ्यमा योगदान पुर्‍याउँछ। व्यायामले शारीरिक तन्दुरुस्ती कायम राख्छ र व्यक्तिको ऊर्जा र जीवन शक्ति बढाउँछ। हिड्नु र दौडनु दुवै प्रभावकारी व्यायामको उपाय हाे ।

व्यक्तिले स्वस्थ आहार कायम गर्न, सफा खाना खाने, र आफूलाई सफा र सफा राख्न आवश्यक छ। उत्कृष्ट स्वास्थ्यको विशेषता भनेको सरसफाइ हो । हामीले स्वस्थ जीवनशैली जिउनको लागि कम फास्ट फूडहरू उपभोग गर्नुपर्छ किनभने तिनीहरू अस्वस्थ छन् । स्वस्थ रहन ताजा फलफूल र हरियो पातदार तरकारी खानुपर्छ। अत्यधिक धुम्रपान र मद्यपान गर्नेहरूले धुम्रपान र मद्यपान कम गर्नुपर्छ वा छोड्नुपर्छ किनभने यी स्वास्थ्यका लागि हानिकारक हुन्छन्। यो आधुनिक युगमा मानिसहरू धेरै यान्त्रिक भएका छन् र मेसिनमा निर्भर भएका छन्, उनीहरू निष्क्रिय र अल्छी भएका छन् । शारीरिक गतिविधि राम्रो स्वास्थ्यको लागि धेरै छ।

राम्रो स्वास्थ्य कायम राख्न वरपरको वातावरणले महत्त्वपूर्ण भूमिका खेल्छ। वरपर सफा राख्नुपर्छ। प्रदूषणमुक्त वातावरण नै रोगबाट बच्ने एकमात्र उपाय हो ।


Read More
रक्सीकाे मात
- Suprabh Acharya - 27014, Grad ... 08 September, 2022

रातकाे झन्डै ९ बजेकाे थियाे । बाहिरकाे माैसम सफा थियाे, निलाे आकाशमा पुर्णिमाकाे जुन चम्किरहेकाे थियाे । जुनकाे उज्यालाेमा कतैबाट चिच्याएकाे आवाज आयाे, “आमा……… ” । साना केटाकेटी चिच्याएर राेइरहेकाे आवाज आयाे । वरिपरि छिमेकबाट एक हुल महिला, पुरूष, युवाहरू दगुर्दै थिए । काेही भन्दै थिए, “आज पनि धाेकेर आयाे क्यार, भकुराेजस्ताे छ , यिनीहरूकाे घरकाे कलहले हामी छिमेकलाई पनि सन्ताेष दिएन ।  ती साना केटाकेटीले सधैँ त्याे आमा कुटेकाे देख्दा तिनीहरूकाे दिमाखमा बाउ प्रति कस्ताे विचार आँउदाे हाे ? कस्ताे निर्दही रहेछ । ”

काेलाहल भएकाे घरमा एकै छिनमा सबै छिमेकी भेला भए । एक जना महिला घाेप्टाे परेर राेहिरहेकी थिइन् । उनकाे नजिकै छाेराछाेरी पनि घुँक्क घुँक्क गरिरहेका थिए । अर्काे कुनामा एउटा पुरूष खुट्टा लरबराउँदै बुढीलाई कराइरहेकाे थियाे, “कहिलै मिठाे बनाउने पनि हाेइन, राम्राे मुख गर्ने पनि हाेइन, घरमा बस्या छ काम काज केही छैन, यसलाई मारिदिन्छु।” यत्तिकैमा समाजकाे गन्ने मान्ने जस्ताे देखिने एक पुरूषले त्यसलाई नै गाली गर्दै थिए, “तँ चै के काम गरेर आएकाे हँ ? दिनभरि काम न काजसँग बसेर तास खेल्नु र रक्सी धाेक्नु, अनि बेलुका घर आएर स्वास्नी कुट्नुबाहेक तैले चैँ के काम गरेकाे छस् र ठुलाे धाक देखाउँछस् ? तासमा हार्याे अनि घरमा आएर जहान परिवारमाथि जाइ लाग्याे, याे भन्दा के नै जानेकाे छ हँ तैले चाँहि ? कमाइ धमाइ छैन । दिनहुँ गाउँमा हाे-हल्ला मचाएकाे छ, महिलामाथि हिँसा गरेकाे छ, पुलिस बाेलाएर थुनाइदिन्छु अनि चाल पाउलास् ।”  

यति भनेकाे सुनेपछि अलि अघिसम्म के के न पुरूषार्थ गरे भन्ने त्याे पुरूष टाउकाे निउराएर सिँढीमा थचक्क बस्याे । ती महिला सुङ्क, सुङ्क गरिरहेकी थिइन् । केटाकेटी आमाकाे वरिपरिबाट घरी रक्सीले मातेकाे बाउलाई हेर्थे भने घरी कुटाइ खाकी आमालाई । विचरा ती अबाेधहरू न त आमालाई नराेऊ भन्न सकिरहेका थिए न त बाउलाई हाम्री आमा किन कुटेकाे भनेर प्रश्न नै गर्न । लाग्थ्याे उनीहरू बाउले आमा कुटेकाे पिडाले उनीहरूकाे भित्र लागेकाे राप आमाकाे न्यानाे बात्सल्यले बुझाउन खाेजिरहेका थिए ।

रात बढ्दै गएकाे थियाे । छिमेकका महिलाहरू एक झुण्डमा कुरा गर्दै थिए । भन्दै थिए कि,-  “खै के के हाे कानुन बनेकाे छ रे महिला हिंसा र घरेलु हिंसाका कानुन पनि छन् रे भन्छन्, खै कानुन ? दिनहुँ हामीजस्ता महिला यसै गरी आफ्नाे लाेग्नेबाट कुटाइ खाएकाे खाएकै छाैँ । उजुर गर्न गए पनि हुने केही हाेइन । पुलिसले घटना दर्ता गर्न नि मान्दैन । गरिहाले पनि मिलमिलाप गर, मिल भन्छ । अनि फेरि मिलाे, कुटाइ खायाे । यस्ता देशका कानुनले हामीलाइ केही हुने वाला छैन । झन् बरू घरकाे समस्या बाहिरकालाइ सुनाउने मात्र हुने क्या ।” अर्कीले भन्दै थिइन्,  “आ… म भए त के काे कुटाइ सहेर बस्थे पारपाचुके गरेर मज्जाले आधा अशं खाएर बस्थे । यी भाउजू पनि हुतिहारा, दिन दिनै कुटाइ खाकिछन् बसेकी छन् । यसरी हामी महिलाले जे पनि सहेकाले यी पुरूष भनाउँदाले हेपेका ।”

अलिपर पुलिसकाे गाडीकाे साइरन बज्याे । सबै जनाकाे ध्यान त्यतैतिर तानियाे । सिँढीमा रक्सीले लर्वराएकाे त्याे पुरूष पनि केही झस्कियाे । यत्तिकैमा झगडा परेकाे घरकाे बाहिर पुलिसकाे गाडी आएर राेकियाे । असइ सहितकाे पुलिसकाे टाेली सरासर घर भित्र पस्याे र रक्सीले मातेकाे पुरूषलाई च्याप्प समात्याे र भन्याे  “ हवलदार साहेब गाडीकाे ढाेका खाेल्नुस् यसकाे रक्सीकाे मात अब ठानामा सेलाउनुपर्छ । पुरूष भएर महिलामाथि पुरूषत्व देखाउने यस्तालाई ठिक पार्न हामीले पनि जानेकाे छ । हिड साले मामाघर ।”
पुलिसले रङ्कसीले मातेकाे पुरुषलाई गाडीमा लिएर जान्छन् । सबैकाे दृष्टि त्यतै तानिन्छ ।


Read More
कालोपाटी पुस्तक समीक्षा
- Aarjan Khadka - 29003, Grade ... 08 September, 2022

परिचय:
कालोपाटी बालउपन्यासका लेखक कपिलमणि ज्ञवाली हुन् । यो कउपन्यासकाका चित्रकार समित श्रेष्ठ हुन् । कालो पाटी एडुकेशनल पब्लिसिङ हाउसबाट प्रकाशन गरिएको हो । यो उपन्यासमा सुनैनाको भाइसँगै स्कुल जाने र पढ्ने चाहनाले उसका आमा-बुवाको पुरानो सोच र विचारमा परिवर्तन ल्याएको कुरा देखाइएको छ ।

पात्रहरू:
कालोपाटीको मुख्य पात्र सुनैना हुन् । यस उपन्यासका अरू पात्रहरू सुनैनाका आमा-बुबा, सबिता र शशिधर, भाइ संयोग, स्कुलका शिक्षक हर्क बहादुर, रामबहादुर र हरिलाल सर, उसका साथी शालिनी र सुमना रहेका छन् । यस उपन्यासकी असल पात्र सुनैना, स्कुलका शिक्षकहरू र सुनैनाका आमा-बुवा हुन् । सुनैनाले राम्रोसँग पढेर डाक्टर बनेर बिरामीहरूको सेवा गरिन् । उसका शिक्षकहरूले आमा-बुबालाई पटक पटक छोरीलाई स्कुल पठाउनुपर्छ भनेर सम्झाएकोले उनीहरू पनि असल पात्र हुन् । सुनैनाका आमा-बुबा कथाको पहिलो भाग तिर खराब पात्र जस्तो देखिए पनि उनीहरूले आफ्नी छोरीलाई पढाएर सफल बनाउन सफल भएकाले उनीहरू पनि असल पात्रकाे भूमिकामा देखिएका छन्  । यो कृतिमा खराब पात्र कोही पनि छैनन् ।

कथावस्तु:
सुनैना आफ्नो आमा-बुवा र भाइसँग बस्थी । उसको भाइको छैटी हुँदा मेरो चाहिँ किन नगरेको भनेर काकीसँग सोधी तर काकीको जवाफ सुनेर ऊ आमालाई सोध्न गई तर आमाले पनि उसको मनको कुरा बुझ्नुभएन । उसका आमा-बुबालाई गाउँका धेरैले छोरीलाई पनि स्कुल पठाउन भनेका थिए तर घरको काममा मद्दत गर्न कोही नहुने भएकोले स्कुल नपठाएको कुरा उसको बुबाले गर्नुभयो । उसको काम भनेको भाइलाई स्कुलको लागि तयार गरिदिने, पुर्‍याउने र ल्याउने थियो । उसलाई पनि स्कुल जान एकदमै रहर थियो । एकदिन उसले आफ्नी साथी सुमनालाई बाटोमा भेटी र उसले भनेका कथाहरू सुनेर उसले आफ्नो आँसु रोक्न​ सकिन । भाइलाई स्कुल पुर्‍याउन गएकी  ऊ रुँदै घर फर्की । अर्को दिन बुबा स​हर जान​ लाग्नुभएको बेला सुनैनाले बुबालाई पर्खिन इशारा गरी र एकछिन पछि ऊ रुन​ थाली । त्यसपछि उसले आफू स्कुल जान मन लागेको कुरा बुबासँग​ गरी  । उसलाई पनि त्यही दिन भर्ना गरियो । उसको दिमाग एकदमै छुरा छ भन्दै उसका शिक्षकहरूको उसको प्रशंसा गरिरहेका थिए । ऊ पनि खुसी हुँदै भाइसँग घर फर्किँदै थिई तर ऊ लडेर घुडाँमा चोट लाग्यो । उसको कालो पाटी पनि फुट्यो । घर पुगेपछि त्यही कुराको चिन्ता लिँदै ऊ निदाई तर नराम्रो सपना देखेर ऊ रुन थाली । उसलाई बुवा-आमाले अबदेखि नपढाउने भन्ने कुरा सपना देखेको र रुन थालेको कुरा उसले बताई  तर उसलाई बुवा-आमाले धेरै पढाएर महान् मान्छे बनाउने भन्नुभयो । ऊ कहिले प्रथम त कहिले दोस्रो हुन्थी । उसको मिहिनेत​ र परिश्रम देखेर सबै प्रसन्न थिए । एसईई परीक्षामा सबैभन्दा बढी जिपिए ल्याई प्रथम भएकी थिई र पत्रकारको टोली सदरमुकामबाट विद्यालयमा आयो र सुनैनाको अन्तर्वार्ता लिए अनि उसले शिक्षक-शिक्षिकाहरू, साथीभाइ र आमाबुबाको योगदानको प्रशंसा गरी । केही वर्षपछि ऊ नेपालको ठुलो अस्पताल, वीर अस्पतालमा डाक्टर भ​ई र दीनदुःखी एवम् गरिब बिरामीहरूको सेवामा विशिष्ट योगदान दिएको कारणले ‘सर्वोत्कृष्ट डाक्टर’ को उपाधिले उसलाई सम्मान गरियो ।

परिवेश:
कालोपाटी उपन्समामा सुनैनाको घर, सुनैना र उसको भाइ पढ्ने स्कुल, वीर अस्पताल स्थलगत परिवेशको रुपमा आएका छन् । यो कथामा भएका सबै घटना पन्ध्रदेखि बिस वर्षको समयभित्र घटेको अनुमान गर्न सकिन्छ ।

सिफारिस वा निष्कर्ष:
म यो पुस्तकलाई सिफारिस गर्छु किनभने यो पुस्तकले हामीलाई छोरा र छोरीमा भेदभाव गर्नुहुँदैन​ र उनीहरूलाई बराबर पढाएर महान् मान्छे बनाउनुपर्छ भन्ने सिकेँ । 


Read More
Summary- Kira Kira
- Tanishq Shakya - 28011, Grade ... 08 September, 2022

Lynn, Katy’s sister, is Katy's role model. When they were young, Lynnn taught Katy the word "Kira Kira," which meant glittering in Japanese. Whatever they liked, they used to address it as "Kira Kira. Lynn’s dream was to live in a house near the seashore. She had also saved up some money for it. Lynn used to write a diary, and Katy used to read it. Katy admired Lynn and pointed to her as her best friend. Time passed, and they had to leave their house and live with their uncle. At that time, Lynn and Katy had a little brother, and Lynn now has a best friend. Katy did not like Lynn’s best friend, as Lynn now spent most of her time with her new best friend. One day, Lynn felt sick and got admitted to the hospital. Lynn and Katy used to fight, as Lynn did not spend much time with Katy anymore. Lynn got better but, as time passed, she got sick again. Katy used to visit Lynn with her mother, and at the hospital she met a girl she quickly became friends with. Katy moved to her new house with her family except Lynn because she was still in the hospital. Katy was very happy that Lynn’s dream was fulfilled. They lived in a new house near the seashore. The afternoon they moved into their new house, Katy wanted to tell Lynn that her dream was fulfilled, but at that moment, Katy got the worst news: Lynn had sadly passed away. Katy was very sad about Lynn’s death, especially because they had a huge fight before Lynn’s death. Every time Katy looked at the ocean, she would remember her sister Lynn and hear her sister say "Kira Kira."
 


Read More
मेरो जीवनी
- Eshanee Manandhar - 28004, Gr ... 07 September, 2022

मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शिक्षा हो। शिक्षालाई देशको भविष्यका रूपमा लिन सकिन्छ । दुर्गम ठाउँमा बालबालिका विशेष गरी केटीहरूलाई विद्यालय पठाउँदैनन् । बरु उनीहरूले ती बालबालिकाहरूलाई कारखाना, पसल आदिमा काम गर्न बाध्य पार्छन्  तर त्यहाँ अन्य विद्यार्थीहरू पनि छन् जसले राम्ररी तथा उचित शिक्षा पाएका छन् र उनीहरूले उचित शिक्षा नपाएका बालबालिकाहरूको भविष्य बदल्न सक्छन् । ती सबै मानिसहरूमध्ये म पनि विद्यार्थी हुँ र भविष्यमा अन्य विद्यार्थीहरूसँग म अन्य बालबालिकाहरूको भविष्य परिवर्तन गर्न र मेरो देशको विकास गर्न सक्छु भन्ने आशा गर्दछु ।  म पनि देशको लागि फरक कार्य  तथा  प्रणालीहरूमा विकास गर्ने आशा गर्दछु । उदाहरणका लागि: शिक्षा प्रणाली, खाद्य प्रणाली आदि । 

मेरो जन्म २०६८-०४-२७ विक्रम संवत् काठमाडौं जिल्लामा भएको थियो । यो वर्ष २०७९ मा म हाल १२ वर्षकी भएँ । म एक मायालु परिवारमा २ मायालु आमाबुबा, विकास मानन्धर र इन्दिरा मानन्धरको साथ जन्मेकी थिएँ। मेरो कान्छो भाइ इशान मानन्धर, म भन्दा ५ वर्षपछि जन्मिएको हो । भाइ जन्मिएपछि मेरो जीवन निकै रमाइलो तथा राम्रो भयो  र ऊजस्तो भाइ पाएकोमा म खुसी छु । म मेरो सानो भाइसँग धेरै झगडा गर्छु । म उसँग धेरै झगडा गरे पनि म उसलाई धेरै माया गर्छु । म र मेरो भाइ उत्तिकै मेहनती छ । ऊ  कान्छो भएकाले प्रायः मैले गाली पाउँछु  अनि सानैमा आमाबुबाको गाली पाएमा चाहिँ म  रुन्थें  तर आजकल म मेरो भाईसँग झगडा गरेपछि म उसँग बोल्दिन । मलाई थाहा छ म उभन्दा जेठी छु तर उसले पनि आफ्नो गल्तीको लागि गाली खानुपर्छ । जब मेरो भाइ मेरो जीवनमा आयो, खुसी पनि आयो । मेरो भाइले मेरो हेरचाह गर्छ र मैले नि उसको हेरचाह गर्दछु । उसले मलाई सधैँ सान्त्वना दिन्छ, उसले मलाई जिस्काउँछ, उसले मलाई आवश्यक पर्दा मद्दत  पनि गर्छ ।

मलाई बारम्बार धेरै प्रकारका रोग लाग्ने भएकाले बाल्यकालमा धेरै पटक अस्पताल पनि गएको थिएँ । म एक प्रकारको बच्चा हुँ जो हरेक दिन विद्यालय जान चाहन्छ । म ज्ञानी छु र पढाइमा रुचि राख्छु तर विभिन्न खेल गतिविधिहरूमा अलि नराम्रो छु । मलाई विद्यालय मन परे पनि म अलि अल्छी छु । कहिलेकाहीँ, म मेरो काम समयमै पेस गर्दिनँ जसले गर्दा विद्यालयमा मेरो अङ्क कम हुन्छ । कक्षा १ देखि, म धेरै अल्छी हुन थालेकी छु, र अहिलेसम्म म त्यो बानीमा हटेको छैन तर म अझै सक्रिय हुन कोसिस गर्दैछु। केही समय बितेपछि, मैले आफूलाई वैज्ञानिक कुराहरूमा बढी चासो राखेँ र जति उमेर बढ्दै गयो, विज्ञानप्रति मेरो रुचि झन्-झन् बढ्दै गयो। मलाई संगीत, नृत्य र कलामा पनि रुचि छ । मेरो बाल्यकाल राम्रो  थियो। म मेरो परिवारसँग बस्न खुसी छु , मेरो परिवारले मेरो हेरचाह गर्‍यो, मैले हरेक बालबालिकालाई पाउनु पर्ने हरेक अधिकार पाएँ । शिक्षाको लागि, म ४ फरक विद्यालय गएँ । प्ले समूहको लागि म "रमाइलो संसार" मा गएँ, प्राथमिक तहमा मैले "स्मार्ट वन्डर" र "सनी बन्नी मोन्टेसरीमा पढेँ। कक्षा १ देखि म सिफल माध्यमिक विद्यालयमा पढ्दै छु । मलाई भूतजस्ता असाधारण चीजहरूबाट धेरै डर लाग्छ । म सानैदेखि, कुनै न कुनै रूपमा मैले भूत जस्तै चीजहरू वास्तविक हो भनेर विश्वास गर्न थालेँ । मलाई उनीहरूको डर छ  र अहिलेसम्म, म अझै पनि ती चीजहरूमा विश्वास गर्दै छु तर मलाई थाहा छ कि असाधारण गतिविधिहरू केवल मेरो कल्पनामा अवस्थित छन् यथार्थमा होइनन् । 

मैले पनि मेरो देश नेपालका धेरै ठाउँ घुमेकी छु । आफन्त भएकाले त्यहाँका धेरै व्यक्तिहरूसँग मेरो राम्रो सम्झना छ। मैले धेरै ठाउँहरू घुमेकी छु तर मलाई केही ठाउँहरू मात्र याद छन् । मैले चितवन, पोखरा, मनकामना, नुवाकोट आदि घुमेकी छु, पोखराको एउटा तालमा डुबेकी छु, चितवनमा हात्तीमा सवार गरेको  छु, नुवाकोटमा शान्त सूर्य अस्ताएको देखेकी छु, मनकामनामा पहिलोपटक केबलकारमा बसेकी छु   । त्यसैले मसँग ती ठाउँहरूसँग मिठाे साइनाे जाेडिएकाे छ ।
मेरो जीवनकाे रमाइलाे पल भनेकाे कक्षा ५ सम्म थियाे । कक्षा ५ को अन्तिम दिनदेखि विश्वमा नयाँ भाइरस देखा पर्‍याे । त्यस भाइरसको नाम “कोविड-१९ “राखिएको थियो । याे भाइरसबाट मानिसहरू प्रभावित हुने र मर्ने बारे धेरै कुराहरू मैले सुनेकी थिएँ। मलाई त्यति डर लागेन । त्यसपछि मेरो बुबा, म र मेरो भाइबाहेक मेरो परिवारका सबै सदस्यहरूलाई भाइरस लाग्याे । त्यसैले, सुरक्षित हुनको लागि, मेरो परिवारले हामीलाई मामाघरमा बस्ने निर्णय गर्‍याे । म मेरो परिवार सङ्क्रमित भएको बारे सोचेर रोएँ। त्यसबेला मलाई पनि ज्वरो आएको थियो । मेरो दिमागमा धेरै नकारात्मक विचारहरू आएका थिएँ  र मलाई लाग्यो कि म मर्छु । तर, काकाले मलाई अस्पताल ल्याउनुभयो । केहि दिनपछि, म ठिक भएँ र मेरो परिवार पनि ठिक थियो । म घर फर्किएँ र परिवारका सदस्यहरूलाई अँगालो हालेँ । यो मेरो जीवनको सबैभन्दा  कठिन पलमध्ये एक थियो । कोरोनापछि, मैले धेरै इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गरेको पाएँ जुन मेरो स्वास्थ्यको लागि धेरै हानिकारक छ। धेरै इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गर्ने र हेरेकोमा मेरा आमाबाबुले मलाई सधैँ गाली गरिरहनुहुने छ, किनकि मेरो बाल्यकालमा मलाई धेरै खतरनाक आँखाको रोग लागेको थियो । त्यसैले, म अझै पनि यसको धेरै प्रयोग गरिरहेको छु त्यसैले म यसलाई नियन्त्रण गर्दैछु र मलाई आशा छ कि म यो गर्ने छैन।

मेरो विद्यालय "सिफल माध्यमिक विद्यालय" ले हामी विद्यार्थीहरूलाई अङ्ग्रेजी र नेपाली उपन्यास वा कथाका पुस्तकहरू दिने नियम बनाएको छ । म त्यो विद्यालयमा कक्षा १ देखि पढिरहेकी छु , यति सानै उमेरमा किताबहरू पढ्ने मौका पाएँ र यसले मेराे सिर्जनात्मक र समीक्षात्मक शक्ति बढाएकाे छ । मैले विभिन्न पुस्तक र उपन्यासका धेरै लेखकहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने मौका पनि पाएँ । मेरो विद्यालयले मेरो जीवनमा धेरै अवसरहरू दिएको छ जुन धेरैजसो अन्य विद्यार्थीहरूले पाएका छैनन् । मेरो विद्यालयले आफ्ना विद्यार्थीहरूका लागि धेरै अतिरिक्त क्रियाकलापहरू गरेको हुनाले ७ वर्षको उमेरदेखि, म ती गतिविधिहरूमा भाग लिइरहेी  छु । जसले  मेरो आत्मविश्वास बढाएकाे छ । यो सानो उमेरमा हामीलाई यस प्रकारका अवसरहरू दिनुभएकोमा म मेरो विद्यालयलाई धेरै आभार प्रकट गर्दछु ।
बाल्यकालमा नै मैले धेरै अवसरहरू पाएकी छु । यसमा मैले केही गुमाएँ  र केही सदुपयाेग गरेँ ।  ती अवसरहरू मेरा लागि साँच्चै महत्त्वपूर्ण छन् किनकि मेराे भविष्यलाई उज्ज्वल बनाउन मद्दत गरेका छन् । म साँच्चै मेरो जीवनको आनन्द लिन्छु । सायद मेरो जीवनमा केही चुनौतीहरू आएका थिए । ती चुनौतीहरूको सामना गर्दा मैले धेरै रिसाएको वा दुखी  हुने महसुस गरेको हुन सक्छ तर मेरो जीवनमा धेरैजसो समयहरूमा म खुसी थिएँ र म खुसी छु भन्ने सम्झन्छु । मेरो जीवन मेरो लागि धेरै मूल्यवान छ। अन्य धेरै बालबालिकाले आफ्नो पूर्ण अधिकार पाएका छैनन् तर मैले चाहिने सबै अधिकार पाएकी छु। मेरो एउटा सपना शिक्षक बन्ने हो किनकि मलाई पढ्न नपाएका बालबालिकाहरूलाई शिक्षा दिन सकूँ भन्ने आशा छ । जसले गर्दा संसारको नकारात्मक सोचलाई परिवर्तन गरेर सकारात्मक बनाउन सकूँ । म अझै पनि मेरो जीवनमा थप हुने अवसरहरूको लागि पर्खिरहेकी छु। मलाई आशा छ कि म मेरो जीवन मेरा प्रियजनहरूसँग शान्तिसँग सफल भएर  बिताउन सक्छु। 
 


Read More
The Night To Be Forgotten
- Aayotrie Chaudhary - 27019, G ... 07 September, 2022

It's a cruel world for us merfolk, for, it is us that have to stay underneath the crashing waves fearing the stories we heard about the humans above, but I am not worried, all those stories are just fairy tales. My favourite one however, is not about humans, my favourite one is called ‘The Curse of Neptune’ Let me begin the story….

Neptune is a mermaid,a beautiful one in fact, she has stunning features,but most stunning of all, the bright blue scales on her tail. Oh how she longed to see her tail in the direct light and not just in the light that filtered in through crashing waves above. One night, her curiosity struck again, she swam up to the surface while everyone else was asleep. When she reached the surface the first thing she noticed was the giant red thing in the sky. It was the moon. She turned to look back at her scales shrugging the redness of the moon off, maybe the moon had always been red? Then her eyebrows shot up as she saw the tail, it was no longer a simmering blue color, instead it was a deep red color. Neptune started to panic before reassuring herself that it was just reflecting the moonlight. She decided to swim back home, she had scared herself enough for one night. She, however, did not look at her own face in the reflection of the water,if she had, maybe, things wouldn’t have gone so wrong.

The next day bodies had to be buried. So many buildings and coral had been destroyed, and there were bodies everywhere, all that was left, a single…bright…blue….scale. Now legend says that in the year of the 50th anniversary, on the day of the red moon, another beast will emerge as the descendant of this monster who had wiped out an entire village of merfolk in just one night.

Soon it will be the red moon and I’m honestly, extremely excited for it! After all that story is, well, a story. My friend Avisa doesn’t really understand what the whole fuss is about even though I’ve probably told her ‘The Curse of Neptune’ a thousand times. She did, however, say she would stay up with me to see the red light filter in, that’s why we’re best friends, not because she said she’ll stay up with me.but because she lets me believe in what I want to believe. When it reaches the night of the red moon I can hardly wait! Just as we’re about to go outside and see the red moon my eyes slowly start to drift close. Then I woke up. The night feels like a blur at first, I can hardly remember the night, the only thing that rests in my memory is fuzzy images. Then it hits me, I groan, I had missed seeing the red moonlight filter in. I take the time to look around and what I see horrifies me. I leave immediately, but the images of what I had seen in the village still pester me. The destruction, the blood, and the lifeless bodies of people I had known, finally the last image comes to my brain, Avisa’s already cold, dull, face. I shake my head and try to shake away the tears too, but they just keep coming. At that moment of time, I realized I couldn't go back. Now I start to swim away from the place I had called home my entire life, I decided I will never speak of that night again.
 


Read More