Logo

Student Corner

सामाजिक सञ्जाल

Written by: Prasanna Dhungel - 28021, Grade VII

Posted on: 13 September, 2022

सामाजिक सञ्जाल एक उपकरण हो । यसकf सुविधाहरूको कारण आजकल धेरै लोकप्रिय भइरहेको छ। फेसबुक, इन्स्टाग्राम, ट्वीटरजस्ता सामाजिक सञ्जालले मानिसहरूलाई दूरीमा एकअर्कासँग जडान गर्ने मौका दिइरहेका छन् । कसैले यसको सदुपयोग गर्छ भने कसैले गर्दैन । आजको समाजमा मानिसहरूले जे गर्न पनि सामाजिक सञ्जाल मै भर पर्छन् । जस्तै कुनै ठाउँबाट सामान वा खाना मगाउन, मनोरन्जनको लागि, देश वा विदेशमा घटेको घटना वा समाचार सुन्नको लागि आदि । सामाजिक सञ्जालको सकारात्मक पक्ष पनि छन्  र नकारात्मक पक्ष पनि छन् । पहिला हामी सकारात्मक पक्षबाट सुरु गरौँ ।

हामीले  सामाजिक सञ्जालको सकारात्मक पक्षतिर हेर्‍‍याैँ भने हामी धेरै फाइदाहरू पाउँन सक्छौँ । सबैभन्दा महत्त्वपूर्ण यो शिक्षाको लागि एक महान उपकरण हो। हामीले सामाजिक सञ्जालबाट धेरै कुराहरू सिक्न सक्छौँ र अनलाइन पनि पढ्न सक्छौँ । सामाजिक सञ्जालद्वारा हामीले विश्वभरिका समाचारबारे जान्न सक्छौँ । यसले मानिसलाई संसारभरिका समस्याहरूबारे सचेत गराउँछ । सामाजिक सञ्जालले गर्दा लामो दूरीमा बस्ने मानिसहरूको बीच कुरा गर्न पनि सकिन्छ । हामीले सामाजिक सञ्जालद्वारा अनलाइन किताब वा इबुकहरू पनि पढ्न सक्छौँ । सामाजिक सञ्जालको माध्यमबाट हामीले रोजगारीको राम्रो अवसर पनि प्राप्त गर्न सकिन्छ । अर्को फाइदा निश्चित रूपमा कम्पनीहरूलाई फाइदा पुर्‍याउँछ । सामाजिक सञ्जालद्वारा हामी विभिन्न सामानहरूको विज्ञापन पनि गर्न सक्छौँ ।

सामाजिक सञ्जालका यस्ता विभिन्न फाइदाहरू भए पनि सामाजिक सञ्जाललाई समाजको सबैभन्दा हानिकारक तत्त्वहरूमध्ये एक मानिन्छ। यदि सामाजिक सञ्जालको प्रयोगमा निगरानी गरिएन भने यसले नकारात्मक परिणाम निम्त्याउन सक्छ । आजकलका बालबालिकाहरू जहिले पनि  सामाजिक सञ्जाल नै हेरेर बस्छन्, यो पनि सामाजिक सञ्जालको एउटा नकारात्मक पक्ष हो । यसका धेरै नकारात्मक पक्षहरू छन्  तर हामीले यसको सदुपयोग गर्नुपर्छ ।