Logo

Student Corner

पुस्तक समीक्षा: अप्पु डट कम

Written by: Sambid Dhakal - 30028, Grade IV

Posted on: 02 February, 2022

परिचयः
प्रस्तुत अप्पु डट कम बालउपन्यास हो। यसलाई कपिल लामिछानेले लेख्नुभएको हो। यसलाई जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो। यस बालउपन्यासमा आठवटा भागहरू छन्  तर  उपन्यास चाहिँ एउटै हो। यस  उपन्यासमा मनमोहक चित्रहरू पनि छन् । यो  उपन्यास सुरुमा त धेरै रमाइलो छ  तर पछिपछि  मलाई यो उपन्यासले भावुक बनाएको छ। यस उपन्यास मलाई निकै मन पर्यो।

पात्रहरूः                                                                
यस उपन्यासमा धेरै पात्रहरू छन् जस्तै अप्पु , सुमु ,  सुरक्षाकर्मी,  पसले, हाकिम, बाबुचा,  बाँदर , चिडियाखानाका जनावरहरू आदि । यस उपन्यासको मुख्य पात्र अप्पु हाे ।  यस उपन्यासमा कुनै पनि खराब पात्रहरू छैनन् र यस उपन्यासमा सबैजना असल पात्र नै हुन् ।  मलाई मनपर्ने पात्र अप्पु हाे किनभने अप्पु जे पनि बन्न सक्छ।    

कथावस्तुः
सुमुलाई गीतसङ्गीत खुब मन पर्छ। ऊ आफ्नाे लामाे गर्धन हल्लाएर गीतसँगीतमा नाच्ने र रमाउने गर्थ्याे । ऊ अनुकाे वाकम्यानबाट गीतसँगीत सुन्ने गर्थ्यो ।उसले आफैँ वाकम्यान किन्ने विचार गरेकाे थियाे । विस्तारै वालगीत बन्द गएपछि ऊ निरास भयाे । त्यसैबला उसकाे मुखमा मासुकाे डल्लाे झुन्डिएकाे थाहा पाउँछ । त्यसपछि ऊ नै अप्पु भएकाे कुरा उसले थाहा पाउँछ र उनीहरूले मित लगाउँछन् ।  सुमुकाे चुच्चाे छाडिदिएपछि अप्पुले विभिन्न रूपमा आफूलाई परिवर्तन गर्छ । त्यसपछि उनीहरू स्वयम्भु घुम्न जान्छन् । उनीहरूलाई त्यहाँ प्रहरीले एकछिन राेकिन भन्छन् तर उनीहरू दाैडिँदै गएर सुनधारामा पुग्छन् । उनीहरूलाई निकै भाेक लाग्छ र त्यहाँ उनीहरूले माे माे खान्छन् । त्यसपछि उनीहरू धरहरामा जान्छन् । त्यहाँ अप्पुले उनीहरूलाई आफ्नाे रूप फेरेर देखाउँछ । त्यहाँ मानिसकाे भिड देखेर प्रहरी आउछन् र बन्दुक पड्काउँछन् । प्रहरीले उसलाई चिन्दैनन् । किनभने त्यतिबेलासम्म रूप फेरेर चिडियाखानातिरै पुगेकाे हुन्छ । एकदिन बाबुचा घुम्न गएकाे बेलामा एकाएक चिडियाखानाकाे हाकिम आउछन् । त्यतिबेला अप्पु नै बाबुचा बन्छ र बाबुचाकाे जागिर बचाइदिन्छ । एकपटक अप्पु, सुमु, बाबुचा र अनुले सगरमाथा आराेहण गर्ने याेजना बनाउछन् तर बाबुचाले एक दिनभन्दा बढी समय दिन नभ्याउने कुरा गर्छ तर अप्पुले एकैदिन घुमेर आउन सकिने याेजना सुनाउँछ । त्ससपछि सबैजना जाने तयारी गर्छन् । त्याे थाहा पाएपछि ललितपुरबासी, प्रहरी, प्रशासन सबैले सम्मानसाथ बिदाई गर्छन् । त्यसपछि अप्पु हेलिकप्टर बन्छ र त्यसमा साथीहरूलाई राखेर सगरमाथा पुर्याउँछ । उनीहरू सगरमाथाकाे चुचुराेमा पुगेर नेपालकाे, अफ्रिकाकाे झन्डा गाड्छन् । सगरमाथामा पनि उसले चमत्कार गर्छ । उनीहरू चिडियाखाना फर्कन्छन् । त्यसपछि अप्पुले आफू घर जाने कुरा सुनाउँछ । याे कुरा सुनेर उसका साथीहरू दुखी हुन्छन्  तर अप्पुले आफ्ना साथीहरूकाे चित्त फर्कन्छ।

परिवेशः
यस उपन्यासमा  अनुकाे घरको कोठा, चिडियाखाना, बाटोघाटो, कोठा छेउको पोखरी, स्वयम्भू, सरस्वती मन्दिर, आनन्दकुटी, गीता मन्दिर, चक्रपथ,सुनधारा, माउन्टेन माेमाे हाउस, धरहरा, सगरमाथा, ललितपुर आदि स्थलगत परिवेशका रूपमा आएका छन् । यस उपन्यासमा मुख्य परिवेशकाे रूममा चिडियाखाना आएकाे छ । यसमा हुन नसक्ने खालका प्रसङ्गहरू पनि आएकाे कारणले गर्दा धेरैजसाे काल्पनिक परिवेशकाे प्रयाेग गरिएकाे छ ।

निष्कर्ष तथा सिफारिसः
अप्पु डट कम एउटा काल्पनिक उपन्यास हाे । यसमा अप्पुले धेरै रूप बदलेर जहाँ पनि पुग्ने जे पनि बन्न सक्ने हुँदा याे अत्यन्त रमाइलाे रहेकाे छ । अत्यन्त राेचक भएकाे कारणले पढ्न सुरु गरेपछि नसकिँदासम्म छाेड्न मन लाग्दैन । त्यसैले याे उपन्यास मैले मेरा साथी र भाइबहिनीलाई पढ्नका लागि सिफारिस गर्दछु ।