Logo

Student Corner

चिन्ता नगर

Written by: Shreevaani Dhungel - 29044, Grade V

Posted on: 02 February, 2022

भगवानकाे नाम लिएर अगाडि बढ
के गर्ने भनेर चिन्ता नगर
हिम्मत र लक्ष्यका साथ हिँड
बिचमा जेसुकै भए पनि नछाेड
कुनै दिन घाम त कुनै दिन पानी
एकैनास जीवन छैन है नानी
सिङ्गाे सागर तरेर पनि डुब्नै पर्ने 
सूर्यले त्यसाे भनेर के उदाउनै छाेड्ने?
मुस्कुराउन जीवनमा नछाेड
दुखमा जीवनकाे गन्तव्य नमाेड
अडिग भइ लक्ष्य समात
सुखमा पनि कत्ति नमात
घाम पानीकाे दिन भए झैँ
सुख र दुखकाे जीवन हाे 
जसरी पानी परेपछि मुस्कुराउँछ दिन
चिन्ता नगर हाम्राे पनि आउँछ त्याे दिन