Logo

Student Corner

Articles

अनुशासन
- Ruhjen Jung Khadka - 32014, G ... 05 February, 2024

अनुशासन भनेको हाम्रो शरीर, दिमाग र आत्मालाई नियन्त्रणमा राख्नु हो । हामीले नियमपालन गर्नु नै अनुशासन हाे । अनुशासन भनेको परिवारका अभिभावक, शिक्षक र ठुलाहरूको आदेशको पालना गरी सबै कार्यहरू ठिकसँग गर्नु पनि हाे । अनुशासन सफलताकाे प्रतीक हाे । अनुशासनबिना मानिसले जीवनमा केही गर्न सक्दैन तर अनुशासनको बाटो हिँड्ने मानिसले जीवनमा सफलताको शिखर छुन सक्छ। अनुशासन नै सफलताको मार्ग हो । मानव जीवनलाई सफल र उन्नत बनाउन शिक्षासँगै अनुशासनको अधिक महत्त्व हुन्छ। जीवनमा विजय प्राप्त गर्नु भनेकै अनुशासित जीवन जिउनु हाे । हामीले प्रकृतिमा पनि अनुशासनको उदाहरणहरू देख्न सक्छौँ। जस्तै: सूर्य प्रत्येक दिन ठिक समयमा उदाउँछ र ठिक समयमा अस्ताउँछ। चन्द्रमा ठिक समयमा उदाउँछ। बिहान र साँझ ढिलाइ हुन्न । नदी सधैँ बग्दछ । त्यसै गरी हावा, पानी, बादल, पहाड, आगाे, रुख आदि सबै आआफ्ना नियमअनुसार चलेका हुन्छन् । हामीले अभिभावक, शिक्षक र आफूभन्दा ठुला मानिसहरूले भनेकाे  कुरा मान्नुपर्छ। कोही पनि मानिसले जन्मदै अनुशासन सिकेको हुँदैन । ऊ ठुलो हुँदै गएपछि वा असल खराब छुट्याउन सक्ने भएपछि अनुशासन सिक्दै जान्छ । अनुशासित व्यक्तिलाई सबैले मन पराउँछन् ।


Read More
डियरवाक सिफल नाइट
- Pranav Pandey - 31016, Grade ... 02 February, 2024

म डियरवाक सिफल स्कुलमा पढ्छु । यस विद्यालयमा धेरै प्रतियाेगिता हुन्छन् । तीमध्ये डियरवाक सिफल नाइट पनि एक हाे । डियरवाक सिफल नाइटलाई अभिभावक दिवस पनि भन्न सकिन्छ । यो नाइट गर्नुभन्दा पहिला सबै क्लब जस्तैः सङ्‌गीत, आर्ट, थिएटर, याेग र डान्स क्लवले के गर्ने भनेर तयारी गरेका हुन्छन् । त्यसपछि रिहर्सल हुन्छ । जसमा एक दिन पहिले कुनै विद्यार्थीले कतै गल्ती गरे कि भनेर हेरिन्छ । गल्ती गरेमा सच्याउन लगाउनुहुन्छ । सबैको राम्रो भएपछि सबैजना कक्षातिर लाग्छन् । डियरवाक सिफल नाइटमा सबै क्लबका छुट्टा छुट्टै कोठा हुन्छन् । क्लब अनुसार त्यही कोठामा जानुपर्छ । म म्युजिक क्लवमा थिएँ । डियरवाक सिफल नाइटका दिन हामी सम्पूर्ण विद्यार्थीहरू सगरमाथा हलमा गयाैँ । सबैभन्दा पहिला हामीले म्युजिकको तयारी गर्याैँ । म्युजिकको तयारी गर्दा स्टेज बाहिर एमसी र फिल्लर राखिएको हुन्छ । म्युजिको तयारी गर्दा हाम्रो गीत पानी पर्यो सररको एमसीकाे पालाे आयो । त्यसपछी हामीले गीत गाएर खाजा खान गयौँ । सबै साथीहरूले आआफ्नाे प्रस्तुति देखाउनुभयाे । कार्यक्रम ४ः४५ मा सुरु भएर ७ः०० बजे सकिएकाे थियाे । हाम्राे प्रस्तुति देखेर हाम्रा बुबाआमा अत्यन्तै खुसी हुनुभयाे । यसरी डियरवाक सिफल नाइट कार्यक्रम अत्यन्तै रमाइलाे भयाे ।


Read More
होली
- Akshita Bhattarai - 32039, Gr ... 01 February, 2024

नेपालमा वर्षैभरि थुप्रै चाडपर्व मनाइन्छ । जस्तैःदसैँ, तिहार, ल्हाेसार, जनैपूर्णिमा, गाईजात्रा आदि । मलाई सबै चाडपर्व राम्रो लागे पनि फागु चाहिँ धेरै मन पर्छ । फागु पर्व वसन्त ऋतु सुरु हुने समयमा पर्दछ । यो पर्व धार्मिक र मनोरञ्जनका लागि मनाइन्छ । पौराणिक कथाअनुसार हिरन्यकश्यप नामको दैत्य राजा आफ्नो छोरा प्रल्हाद विष्णु भगवानको भक्त भएकोले रिसाउँछन् । उनले आफ्नो बहिनी होलिकालाई प्रल्हादलाई मार्न लगाएको कुरासँग यो पर्व सम्बन्धित छ । होलिकालाई आगोले नपोल्ने वरदान भएतापनि विष्णुको शक्तिले प्रल्हाद बाँचेर होलिका जलेर नष्ट हुन्छिन् । यसैको खुसीयालीमा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । वसन्तको आगमनको बेला नेपाल तथा भारतमा यो पर्व मनाइन्छ । फागु पर्व परम्परागत तरिकाले फागुन महिनाको शुक्ल पक्षको दोस्रो हप्तामा मनाइन्छ । तर आजकाल पूर्णिमा परेको दिनमा मनाउने चलन छ । यो दिन नेपालमा सार्वजनिक बिदा हुन्छ । यो चाडमा मानिसहरूले एक अर्कालाई अबिर रङ लगाउने,रङ्गीन पानी छ्याप्ने र होलिका दहन जस्तो क्रियाकलाप गरी मिठा खानेकुरा खाएर मनाउँछन् । जाडो महिना सकिने बेला भएकोले सबैतिर रङ्गीन वातावरण हुने र पानीसँग खेल्न पाउने भएर मलाई यो चाड मन पर्छ । तर आजकाल रङमा केमिकल मिसावट हुने र यसले स्वास्थ्यलाई हानि पु‍‍‍‍‍‍‍‍‍‍र्‍‌याउने भएर म चाहिँ पानी भरेको बेलुन र पिचकारीसँग खेलेर रमाइलो गर्छु । मेरो बाबा र आमा पनि मसँग होली खेल्ने भएकाेले मलाई यो चाड मन परेको हो । 


 


Read More
मेरा रुचि र बानी
- Praneesha Shrestha - 31017, G ... 31 January, 2024

मेरो नाम प्रनिशा श्रेष्ठ हो । म कक्षा ५ याङ्ग्रामा अध्ययन गर्छु । मलाई  नृत्य गर्न, गीत गाउन, चित्र बनाउन, पियानाे बजाउन रुचि लाग्छ । म सबैलाई  सहयाेग गर्छु । घरमा म मेरा आमा र बाबालाई  सकेकाे सहयाेग गर्छु । विद्यालयमा म मेरा साथीहरूसँग पढ्छु र खेल्छु । मैले मेराे कक्षाकार्य र गृहकार्य समयमा नै पूरा गर्छु । म मेरा  आमाबुबाले भन्नुभएको कुरा मान्छु । म मेरो भाइलाई उसको गृहकार्य सकाउन सहयोग गर्छु । म मेरो साथीहरूसँग झगडा गर्दिनँ । म सबैजनासँग राम्ररी बाेल्छु । म ठुलालाई सम्मान र सानालाई  आदार गर्छु । म मेरो शिक्षकले भन्नेको कुरा मान्छु । म मेरो कक्षाकार्य समयमा पूरा गर्छु । म मेरा कामहरू राम्ररी गर्छु । म समयमा सुत्ने र समयमा नै उठ्ने गर्छु ।


Read More
कृष्ण जन्माष्टमी
- Sanidhya Tripathi - 32033, Gr ... 30 January, 2024

कृष्ण जन्माष्टमी  मेरो सबैभन्दा रमाइलो दिन हो । यो दिन कृष्ण भगवानको खास दिन हो । कृष्णाष्टमीमा हामी घुम्न जान्छाैँ । कृष्ण जन्माष्टमी भगवान् विष्णुकाे आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाइने वार्षिक पर्व हो। कृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान् श्री कृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । कृष्ण जन्माष्टमीमा मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ। जन्माष्टमीमा पाटनकाे मङ्गलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठुलो मेला लाग्छ। भारतमा समेत विभिन्न समुदायका हिन्दु धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन्। हामी त्यस दिन मन्दिर जान्छाैँ । भगवानको दर्शन गर्छौं र मिठा मिठा खानेकुरा खान्छाैँ । कृष्णाष्टमी हामी तिथिअनुसार मनाउँछाैँ । यो दिन केटाहरू कृष्ण बन्छन् । केटीहरू राधिका बन्छन् । यो दिनमा हामी कृष्णलाई मन पर्ने कामहरू जस्तै: बाँसुरी बजाउने र  दही खाने गर्छाैँ ।  


Read More
बाेल्ने रुख
- Saphal Pokharel - 31052, Grad ... 29 January, 2024

एकादेशमा एउटा आँपकाे बगैँचा थियाे । आँप पाक्ने समय भएकाे हुनाले हाेला सबै आँपका रुखमा आँप लटरम्म पाकेका थिए । त्याे आँपकाे बगैँचा एउटा विद्यालयकाे नजिकै थियाे । विद्यालय छुट्टी भएपछि विद्यार्थी आँपघारीमा पसे । रुख चढ्न गाह्राे थियाे । रुख चढ्न नसकेपछि एउटा विद्यार्थीले भुइँबाट एउटा दाउराे टिपेर आए आँप गए झटाराे भन्दै रुखमा हान्याे । लठ्ठीले लागेर रुखकाे हाँगा भाँचियाे । अचानक रुखबाट राेएकाे आवाज आयाे । रुख बाेलेकाे सुनेर विद्यार्थीहरू छक्क परे । एकछिन त डराए पनि । विद्यार्थीले रुखसँग माफी मागे ।  विद्यार्थीले रुखसँग माफी मागेपछि आँपकाे रुख विद्यार्थीहरूदेखि खुसी भयाे। रुखले पाकेका आँप आफै भुइँमा झारिदियाे । विद्यार्थीहरू अत्यन्तै खुसी भए । सबैले आँप बाँडे र खुसी हुँदै खाए ।


 


Read More