Logo

Student Corner

Articles

होली
- Reyansh Basnet - 32030, Grade ... 13 February, 2024

 होली हिन्दुहरूको प्रमुख रमाइलो पर्व हो । यो पर्व विशेष गरी रङहरूसँग खेलेर मनाइने भएकोले यसलाई रङहरूको पर्व पनि भनिन्छ । होली हरेक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । होली नेपालको पहाडी क्षेत्रमा एक दिन अगाडि र तराईमा एक दिनपछि मनाइन्छ । नेपालको विभिन्न ठाउँमा होली उत्सव फरक फरक तरिकाले मनाइन्छ । 

होली पर्व सत्ययुगका दैत्यराज हिरण्यकश्यपु र उनकी बहिनी हाेलीका माथि प्रल्हादकाे विजय भएकाे दिनमा मनाइन्छ । असत्यमाथि सत्यकाे जितकाे रूपमा यो पर्व मनाइन्छ  ।  नेपालमा धेरैजसो ठाउँहरूमा एकआपसमा विभिन्न किसिमका रङहरू लगाएर खेलिन्छन् । यस पर्वमा पानीमा रङ घोलेर अथवा सादा पानी बेलुनमा भरेर  एकअर्कामा हानेर खेल्ने चलन पनि छ । होलीमा म र भाइ पिच्कारीले हानाहान गर्छौं । मलाई होली चाड मन पर्छ किनकि मलाई यो पर्व धेरै रमाइलो लाग्छ ।


Read More
इन्द्रजात्रा
- Rajshree Shrestha - 32050, Gr ... 09 February, 2024

चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वका रूपमा मान्ने र विभिन्न देवीहरूको पूजाआजा गरी भोज खाएर बाजा बजाएर रमाइलो गर्ने दिनलाई भनिन्छ । नेपाल अनेकतामा एकता भएको एउटा सुन्दर राष्ट्र हो । यहाँ हरेक जातजातिका आआफ्नै चाडपर्व रहेका छन् । त्यस्ता चाडपर्वहरूमा इन्द्रजात्रा एक महत्वपूर्ण नेवारी चाड हो । यो चाडलाई नेवारी भाषामा येँया पुन्हि पनि भन्ने गरिन्छ । हरेक वर्ष इन्द्रजात्रामा लिङ्गाे(ध्वजा) उठाइन्छ । इन्द्रजात्रामा पूजा गरिने रथ तीन वटा हुन्छन् । यसमा कुमारीदेवी, भैरव देउता र गणेश भगवानलाई राख्ने गरिन्छ। रथहरूलाई काठमाडौँको वसन्तपुरबाट असन र नरदेवी अनि अन्य ठाउँहरू घुमाइन्छ । रथहरू तानिने समयमा मानिसहरू नाचगान गर्दै, बाजा बजाउँदै हिँड्ने गर्दछन् । रथको साथमा लाखेकाे नाच नचाइन्छ । यसका साथै यस पर्वमा मिठा परिकारहरू पनि खाने गरिन्छ ।


Read More