Logo

Student Corner

Articles

बाेल्ने रुख
- Saphal Pokharel - 31052, Grad ... 29 January, 2024

एकादेशमा एउटा आँपकाे बगैँचा थियाे । आँप पाक्ने समय भएकाे हुनाले हाेला सबै आँपका रुखमा आँप लटरम्म पाकेका थिए । त्याे आँपकाे बगैँचा एउटा विद्यालयकाे नजिकै थियाे । विद्यालय छुट्टी भएपछि विद्यार्थी आँपघारीमा पसे । रुख चढ्न गाह्राे थियाे । रुख चढ्न नसकेपछि एउटा विद्यार्थीले भुइँबाट एउटा दाउराे टिपेर आए आँप गए झटाराे भन्दै रुखमा हान्याे । लठ्ठीले लागेर रुखकाे हाँगा भाँचियाे । अचानक रुखबाट राेएकाे आवाज आयाे । रुख बाेलेकाे सुनेर विद्यार्थीहरू छक्क परे । एकछिन त डराए पनि । विद्यार्थीले रुखसँग माफी मागे ।  विद्यार्थीले रुखसँग माफी मागेपछि आँपकाे रुख विद्यार्थीहरूदेखि खुसी भयाे। रुखले पाकेका आँप आफै भुइँमा झारिदियाे । विद्यार्थीहरू अत्यन्तै खुसी भए । सबैले आँप बाँडे र खुसी हुँदै खाए ।


 


Read More
डाक्टर सन्दुक रुइत
- Aryama bhattarai - 32027, Gra ... 26 January, 2024

डाक्टर सन्दुक रुइत नेपालको आँखाको ठुला डाक्टर हुन् । उहाँको जन्म ताप्लेजुङ जिल्लामा भएको हो । उहाँले झण्डै २ लाख जति आँखाको शल्यक्रिया गरिसक्नुभएको छ । आँखाको मोतिबिन्दुको उपचार गर्ने प्रविधिको आविष्कार गरेका सन्दुक रुइत आँखाको उपचारको लागि विश्वभर चर्चित हुनुहुन्छ । विश्वमा प्रसिद्धि कमाएका डाक्टर सन्दुक रुइतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सम्मानहरू प्राप्त गरिसक्नुभएको छ । उहाँले विश्वभर नेपालको नाम चम्किलो बनाउनु भएकाे छ । विश्वमा प्रसिद्ध कमाएका डाक्टर सन्दुक रुइतको नेतृत्वमा खोलिएको नेपालको तिलगङ्गा आँखा अस्पताल विश्वकै नमूना अस्पताल मानिन्छ । उहाँले आँखा नदेख्नेहरूका लागि अनुहारमा खुसी बाँड्ने अनि अन्धकार तोडेर जीवनमा उज्यालो छर्ने काम गर्नुभएकाे छ । । 


 


Read More
आँपकाे रुख
- Aariv Subedi - 31045, Grade V ... 25 January, 2024

एकादेशमा एउटा आँपको बगैँचा थियो । सबै रुखमा लटरम्म आप फल्थे । आँपको रुखमा चढ्न गाह्रो थियाे । एकदिन विद्यालय छुट्टी भएपछि केही विद्यार्थीहरू आँपधारीमा पसे । एउटा विद्यार्थीले आए आँप गए झटारो भनेर एउटा लठ्ठीले आँपकाे रुखमा प्रहार गर्याे । ल‌ठ्ठीले प्रहार गर्दा आँपको हाँगा भाँचियो । अचानक आँपको रुख रोएको आवाज आयो । आवाजमा रुखले गुनासो गरेको सुनियो । विद्यार्थीहरूले रुखसँग माफी मागे ।  रुखबाट आफैँ आँप भुइँमा झरे । विद्यार्थी खुसी भए । हामीले कहिल्यै नराम्राे काम गर्नुहुँदैन । जान अञ्जानमा गल्ती हुन पुगेमा माफी माग्नुपर्छ भन्ने शिक्षा हामीलाई यस कथाले दिएकाे छ ।


 


Read More
आमा
- Aaron Singh - 32035, Grade IV ... 23 January, 2024

आमा एक मात्र त्यस्ताे अभिभावक हुनुहुन्छ जसले हामीलाई जन्म दिनुहुन्छ र हाम्राे  हेरचाह गर्नुहुन्छ । बच्चालाई खुवाउने, नुहाउने, लुगा लगाउने जिम्मा आमाको हुन्छ । आमा हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् । जसले हामीलाई नौ महिनासम्म पेटमा राखेर जन्म दिनुभएको हो । आमा भगवानकाे अर्काे रूप हुन् । हाम्रो पहिलो शिक्षक आमा हुनुहुन्छ । उहाँले हामीलाई राम्राे शिक्षा दिनुहुन्छ । उहाँले हामीलाई समाजकाे असल नागरिक बनाउनुहुन्छ । आमाले हामीलाई बोल्न, खेल्न, हिँड्न सिकाउनु भएको हो । आमाले हाम्रो मनको चाहना बुझेर पूरा गरिदिनुहुन्छ । आमाले दुःख गरी हामीलाई खाना र हाम्राे लागि महत्त्वपूर्ण सामग्री ल्याउनुहुन्छ । आमा हामी सबैको जीवनमा एउटा महत्त्वपूर्ण महिला हुनुहुन्छ ।आमाले दिनरात आफ्ना बच्चाहरू र परिवारका अन्य सदस्यहरूकाे हरेक इच्छाकाे ख्याल राख्नुहुन्छ । आमाले परिवारकाे देखभाल गर्ने, खाना पकाउने, घरको सरसफाइ गर्ने, घर सिँगार्ने काम गर्नुहुन्छ । आमाले हामीलाई निःस्वार्थ माया गर्नुहुन्छ । त्यसैले हामीले आमालाई माया र सम्मान गर्नुपर्छ ।


 


Read More
प्राकृतिक स्रोत
- Shubha Shree Malla - 31030, G ... 22 January, 2024

प्राकृतिक स्रोत भनेको प्रकृतिमा पाइने कुरा हुन् । प्राकृतिक स्रोतहरूमा प्रकाश, हावा, पानी, बोटबिरुवा,  माटो, ढुङ्गा, खनिज र  इन्धनहरू पर्छन् । हामी मानिस पनि प्रकृतिका उपज हाैँ । मानिसहरूलाई जीवित रहन केही प्राकृतिक स्रोतहरू चाहिन्छ। मानिसहरू आफ्नो जीवन राम्रो बनाउन अरूलाई प्रयोग गर्छन् । पृथ्वीमा हरेक ठाउँमा प्राकृतिक स्रोतहरू रहेका  छन् । केही देशमा धेरै तेल, कुनै देशमा हिरा पाइन्छ भने कुनै देशहरूमा प्रशस्त माटो र बाक्ला जङ्गलहरू छन् तर थोरै खनिजहरू छन् । सबैभन्दा धनी देशहरू प्रायः सबैभन्दा धेरै प्राकृतिक स्रोतहरू भएका देशहरू हुन् । तिनीहरू धनी छन् किनभने तिनीहरूले आफ्नो प्राकृतिक स्रोतहरू अन्य देशहरूलाई बेच्ने गर्छन् । मानिसहरूलाई बाँच्नको लागि आवश्यक पर्ने धेरै कुराहरू प्राकृतिक स्रोतहरूमा पाइन्छ । सूर्यको किरण, पानी र हावा जस्ता नवीकरणीय स्रोतहरू प्रयोग गर्न सकिँदैन तर अझै पनि धेरैलाई डर लाग्ने कुरा के हो भने मानिसले संसारको प्राकृतिक सम्पदा नष्ट गरिरहेको छ । मानिसले खेतीपाती गर्दैनन् । वनजङ्गल फडानी गरिरहेका छन् ।  त्यहाँ उपलब्ध जनावरहरू पनि दिनानुदिन हराउँदै गएका छन् । दैनिक कारखानाहरूले हरेक दिन ठुलो मात्रामा तेल प्रयोग गर्छन् किनभने यसले हावा, पानी र माटोलाई प्रदूषित गर्ने विषाक्त रसायनहरू पनि छोड्छ । त्यसैले एक जीवित प्राणीको रूपमा हामीले प्राकृतिक स्राेतलाई सुरक्षित राखेर संरक्षण गर्न आवश्यक छ । हाम्राे देश नेपालमा विभिन्न प्रकारका प्राकृतिक स्राेतहरू पाइन्छन् । हिमाल, पहाड, खाेला, नदी, झरना, ताल, हरिया वनजङ्गल आदि प्राकृतिक स्राेतहरूले नेपाललाई  सुन्दर बनाएका छन् । प्राकृतिक स्राेतहरूकाे संरक्षण गर्नु हामी सबैकाे कर्तव्य हाे ।


 


Read More