Logo

Student Corner

गोलभेँडा उत्पादन प्रक्रिया

Written by: Yug Shrestha - 33034, Grade III

Posted on: 22 August, 2023

गोलभेँडा उत्पादन गर्न न्यानो हावापानी चाहिन्छ । यसलाई बलौटे  दोमट तथा मलिलो माटो चाहिन्छ । यसको बिउबाट पालुवा पलाउन करिब १२ देखि १५ दिन लाग्छ । गोलभेँडा बिरुवा राम्रोसँग सप्रिन घाम लाग्ने र पानी नजम्ने ठाउँ चाहिन्छ । समय समयमा पानी, मल हाल्ने र गोडमेल गर्ने गरेमा दुई महिनापछि यसको फूल फुल्न थाल्छ । यसै फूलबाट गोलभेँडा फल फल्छ । बिरुवा ठुलो हुँदै जाँदा यसलाई अड्याउन लट्ठी वा डाेरीकाे आवश्यकता पर्दछ । रोपेको तीन महिनापछि गोलभेँडा पाकेर रातो भएपछि यसलाई हामी टिप्न सक्छौँ । हामी गोलभेँडालाई सलाद, तरकारी वा अचारको रूपमा खान सक्छौँ ।